प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी ओलीबिच भेटवार्ता भएको छ ।
कांग्रेस सभापतिद्वारा तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको छ ।
किन ८१ प्रतिशत नर्स अनुत्तीर्ण भए ?
स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने
मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन हुने भएको छ ।
‘हिंसा प्रतिकारका लागि बलियाे बन्नुपर्छ’
आर्थिक वर्ष २०७९/८० मा महिला आयोगमा उजुरी भएका ९०२ उजुरीमध्ये ८१८ वटा घरेलु हिंसाका छन् । पछिल्लो साउनदेखि असोजसम्म आयोगमा १६८ वटा घरेलु हिंसा र अरू हिंसाका १३ वटा उजुरी परेका छन् ।
गायक भुजेलको नयाँ साङ्गीतिक सौगात ‘तिमी आइदेऊ’ सार्वजनिक
युवा गायक दीपक भुजेलले नयाँ साङ्गीतिक सौगात ‘तिमी आइदेऊ’ सार्वजनिक गर्नुभएको छ । प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र सङ्गीत स्वयम् गायक भुजेलकै रहेको छ ।
बसाइसराइ रोक्न तीन वटै सरकार सजक हुनुपर्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइसराइ रोक्नका लागि तीन वटै सरकार सजक हुनु पर्ने बताउनुभएको छ ।
वेश्यावृत्तिमा लगाउने स्पा सेन्टरका सञ्चालक पक्राउ
रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
सांसद महराको धनमाल चोरी
काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रिय सभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।