• १२ साउन २०८१, शनिबार

पोतेले रङ्गिएको बजार (फोटो फिचर)

blog

काठमाडौँको इन्द्रचोकमा पोते किनमेल गर्दै ग्राहक । तस्बिर: केशब गुरुङ

काठमाडौँ, साउन ८ गते ।  साउन महिनामा विशेषगरी हिन्दु धर्मावलम्बी महिलाले हरियो चुरा, पोतेलगायतका शृङ्गारका सामग्री लगाउने परम्परा छ । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी, चुरा र पोते हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।

साउन लागेसँगै बजारमा हरियो चुरा, पोते र हातमा मेहन्दी लगाउनेको उपत्यकाको असन, इन्द्रचोकको बजारमा यस्तो दृश्य देख्न सकिन्छ। साउन महिना देवताका पनि देवता महादेव शिवको महिनाका रूपमा लिइन्छ । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यस अवधिलाई विशेष रूपमा लिइन्छ। 

साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवम् कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्यको एवम् पहेँलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो । चुरा पोते र कपडासँगै साउन महिनामा हातभर मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।