पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी
उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ ।
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उहाँले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताउनुभएको हो ।
न्यून बजेटले योजना सक्न उपभोक्तालाई सास्ती
सङ्घिय सरकारको सहयोगमा सिन्धुली जिल्लाको मरिण गाँउपालिका–७ महादेवस्थानमा तीन वर्षदेखि महादेवस्थान खानेपानी योजना निर्माणाधीन अवस्थामा छ ।
बकैया गाउँपालिकामा ई–हाजिरी लागू
मकवानपुरको बकैया गाउँपालिकाले डिजिटल हाजिरी सुरु गरेको छ । गाउँपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएर ई–हाजिरीमा ल्याप्चे लगाउन सुरु गरेको हो ।
आज आकाशमा उल्का वर्षाको रमाइलो देखिने
बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिनेछ । आकाश खुला रहेको अवस्थामा जुनसुकै स्थानबाट मिथुन उल्का वर्षा देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो ।
नौ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आईएमई बैंकको घोषणा
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताउनुभएको छ ।
जाडोमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मौसमी फलफूल खानु उत्तम: डा. सुवेदी
जाडो महिनामा बालबालिकालाई विभिन्न स्वास्थ्य समस्या निम्तने गर्दछन् । बालबालिकालाई धेरै देखिने स्वास्थ्य समस्या भनेको घाँटी दुख्ने, रुघा/खोकी लाग्ने, टाउको दुख्ने, आँसु बगिरहने,पखाला लाग्ने,पेट दुख्ने, वान्त हुने, खानेकुरा नपच्ने जस्ता समस्या देखिन गर्छ ।
श्रम बजारका समस्या समाधानका लागि मन्त्री भण्डारीद्वारा सामुहिक प्रयासमा जोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।