बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रिय विद्युत् प्रसारण लाइनमा थपिए साढे चार हजार घरधुरी
मरिण गाउँपालिका–२, सिन्दुरे दोभानका नरबहादुर अस्थानीले विगत १० महिनादेखि आफ्नो घरमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुलीबत्ती बाल्दै आउनुभएको छ । गत असोजमा उक्त गाउँ राष्ट्रिय
बाइस पत्रकारको ‘महिला आन्दोलनको सहखोजी’
बाइस महिला पत्रकारले महिलाका विविध पक्ष समेटेर तयार पारेको कृति ‘महिला आन्दोलनको सहखोजी’ मङ्गलबार सार्वजनिक गरिएको छ । दी स्टोरी किचेनद्वारा राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो । महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सो पुस्तकमा देशभरका भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक, विविध जाति, परम्परा, स्थितिमा रहेका महिलाबारे लेखेर नेपाली महिलाको अवस्थालाई छर्लङ्ङ पारेको बताउनुभयो ।
डेढ वर्षपछि समितिलाई पूर्णता
प्रतिनिधि सभाको कार्यकाल डेढ वर्ष पूरा भएपछि सङ्घीय संसद्को एक संयुक्त समितिले पूर्णता पाएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मङ्गलबार औपचारिक रूपमा पूर्णता पाएको हो । संयुक्त समितिमा माथिल्लो सदनले यसअघि नै सदस्य तोके पनि प्रतिनिधि सभाले सदस्य मनोनयन गरेको थिएन । सदस्य नतोकिँदा समिति गठनसमेत हुन सकेको थिएन । १५ सदस्यीय संयुक्त समितिमा प्रतिनिधि सभाबाट १२ र राष्ट्रिय सभाबाट तीन सदस्य रहने व्यवस्था छ । सङ्घीय संसद् र प्रतिनिधि सभाका अन्य समिति २०८० वैशाखमै गठन भएका थिए । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०८० को नियम २८ (२) बमोजिम मङ्गलबार प्रतिनिधि सभाले समिति सदस्यको नाम तोकेको हो ।
संसद् भवन निर्माण ढिला भएकोप्रति असन्तुष्टि
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । निर्माणाधीन भवन अनुगमनका लागि जानुभएका उहाँले थपिएको समयभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
‘महिला आन्दोलनको सहखोजी’ पुस्तक विमोचित
महिलाबादी दृष्टीकोणबाट परिवर्तनका लागि भएका आन्दोलनमा सहभागी महिलाको जीवन भोगाइ, संघर्ष र योगदानका कथाहरुको सङ्गालो ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक लोकार्पित भएको छ ।
युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा
प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति-कम्पनी) लाई कारबाही गरेको छ ।
संसदीय समितिको सभापतिमा थापा निर्विरोध
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बुधबार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।
सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनका रूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्ने बताउनुभएको छ ।
‘सुधारको प्रयास माथिल्लो तहबाटै सुरु हुनुपर्छ’
गोरखापत्र संस्थानले सम्पादक, विभागीय प्रमुख तथा शाखा प्रमुखहरुका लागि ‘गोरखापत्र ः गर्दै–सिक्दै’ शृङ्खला अन्तर्गत कार्यसम्पादन व्यवस्थापन प्रणाली विषयक गोष्ठी आयोजना गरेको छ ।
सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु
आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको छ ।
बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
सांसदहरूले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दुधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समावेशी प्रतिनिधित्व संविधानमा लेखेर नहुँदो रहेछ...
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल समावेशी नभएकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा
प्रतिनिधि सभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो ।
थोत्रा बस सञ्चालनमा रोक लगाउन माग
नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ ।
विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छः सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपालको समृद्धिमा चीन शुभेच्छुक : राजदूत सोङ
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीन सरकारले नेपालको आर्थिक विकास र समृद्धिका लागि शुभेच्छुक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उपसभामुखमाथि मानव तस्करीको आरोप लागेकोबारे सभामुखको धारणा माग
नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गर्नुभएको छ ।
सरकारका सचिवहरूलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरुलाई २६ बुँदे निर्देशन दिनुभएको छ ।
विद्यार्थी विदेश पलायन रोक्न उच्च शिक्षाको व्यवस्था गर्छौँ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताउनुभएको छ ।
खोला बस्तीमा पस्दा ३० घर डुबानमा
सूर्यविनायक नगरपालिका-५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।
जुवा खेलाएको अभियोगमा नौ जना पक्राउ
प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजारसहित नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।