• ७ पुस २०८१, आइतबार

विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छः सांसद सुवाल

blog

पाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल

काठमाडौँ, साउन १५ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन जरुरी भएको उल्लेख गर्नुहुँदै सांसद सुवालले सो व्यवस्था भए न्युन ज्याला, खराब कार्यस्थललगायत अन्य विषयमा हुने हडताल र सङ्घर्षलाई सम्बोधन गर्न सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुवालले धनीहरुको सम्पत्ति सामाजिकीकरण गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।