• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री ओलीसमक्ष मन्त्रालयका सचिवहरुद्वारा ब्रिफिङ

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूले सिंहदरबारमा मन्त्रालयबारे ब्रिफिङ गर्नुहुँदै । तस्विरः सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलो पटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लाग्नुभएको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाज बारेमा जानकारी गराउने कार्यक्रम छ ।