• ७ पुस २०८१, आइतबार

सामाजिक र सांस्कृतिक रूपान्तरण आवश्यक छ : अध्यक्ष दाहाल

blog

काठमाडौँ, साउन १७ गते । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रूपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवम् सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरूलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताउनुभयो । कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस सुरु गर्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरूमा पनि जटिल समस्या रहेको बताउनुभयो ।