• १६ भदौ २०८१, आइतबार

सुनको मूल्य तोलाको एक लाख ५० हजार

blog

काठमाडौँ,  साउन २१ गते । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु. एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु. एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु. तीन सयले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु. तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु. एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । रासस