• १२ असोज २०८१, शनिबार

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

blog

पहिरोले क्षति भएको माइक्रोबस ।

मुरारी अधिकारी

धादिङ, साउन २१ गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेको हो । 

पहिरोले १५ यात्रु सवार सो माइक्रोबसका सात जना घाइते भएका छन् । 

पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अवरुद्ध बनेपछि राजधानी काठमाडौँ जाने आउने सवारीसाधन रोकिएका छन् ।