हिलोमा रस्साकस्सी र दौड प्रतियोगिता
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को अवसरमा रुकुम पश्चिममा हिलोमा रस्साकस्सी र दौड प्रतियोगिता सम्पन्न गरिएको छ ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
गुठिचौर-४ बालविवाह मुक्त वडा घोषणा
जुम्लाको गुठिचौर गाउँपालिका बालविवाह मुक्त वडा घोषणा भएको छ । वडा पालिकाले आफ्नो विभिन्न तयारीका साथ वडा घोषणा गरेको हो ।
जुम्लाकोट गाउँ
जुम्लाको तिला गाउँपालिका–८ मा रहेको जुम्लाकोट गाउँ
बालबालिकामा पनि मानसिक स्वास्थ्य समस्या
कर्णाली प्रदेशमा वयस्कका साथै बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या रहेको पाइएको छ । एन्जाइटी र डिप्रेसनलगायत विभिन्न कारणले वयस्कका साथै बालबालिकामा मानसिक स्वास्थ्यको समस्या देखिएको हो । प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना र अवस्थाका विषयमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
ग्रामीण सडक जीर्ण
एक वर्षअघिको बर्खाको पानीले क्षति पु¥याएका ग्रामीण भेगका सडक अझै पनि बन्न सकेका छैनन् । जाजरकोट सदरमुकाम खलङ्गादेखि गाउँपालिका तथा नगरपालिकामा जोडिएका सडक पहिरोले अवरुद्ध छन् । सर्वसाधारणलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकामदेखि बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र छेडागाड नगरपालिका जाने सडक अवरुद्ध भएका छन् ।
नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै
जुम्लाको तिला गाउँपालिका-९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ ।
पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
भारी वर्षा भएपछि ठाउँ–ठाउँमा गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले कालीकोट र दैलेखको सीमानामा पर्ने दहीखोला, कालिखोलामा पहिरो जाँदा कालीकोट–दैलेख सडक खण्ड अवरुद्ध भएको हो ।
मध्यपहाडी रुकुमखण्डकाे यातायात सुचारु
मध्यपहाडी राजमार्गको रुकुमखण्डमा आएको पहिरोले अवरुद्ध भएको यातायात सुचारु भएको छ ।
कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।
स्वास्थ्यकर्मीले तलब पाएनन्
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा काजमा कार्यरत स्वास्थ्यका कर्मचारी लामो समयदेखि तलबविहीन भएका छन् । सङ्घीय संरचनामा गएपछि तीन तहका सरकारबिच समन्वय अभावका कारण उहाँहरूले तलब पाउनुभएको छैन । नगरपालिकाभित्रका २५ स्वास्थ्यकर्मीले एक वर्षदेखि तलबभत्ता पाएका छैनन् । तलब नपाएपछि कर्मचारीले गुनासो गर्न थालेका छन् । रकम निकासा नहुँदा नगरपालिकामा कार्यरत २५ स्वास्थ्यकर्मीले एक वर्षदेखि तलबभत्ता पाउन नसकेका हुन् ।
सदरमुकाममा ‘टाउन प्लानिङ’ गरिने
चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ६७ करोड १० लाख ३४ हजार १०९ रुपियाँ बराबरको बजेट ल्याएको छ । बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजनाको सहकार्यमा हालसम्म बन्न नसकेको जुम्ला सहरको टाउन प्लानिङ गर्ने योजना अगाडि सारिएको छ । प्रतिघर बिमा कार्यक्रमलाई नमुना बनाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । नगरपालिकाले सडकमा दायाँबायाँ अनिवार्य वृक्षरोपण गर्ने भएको छ । नगर सभामा प्रस्तुत बजेटमा नगरवासीका लागि यातायात सुविधा अन्तर्गत नगर बस सञ्चालनमा ल्याउने उल्लेख छ । लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि सुधारगृह स्थापना गरिने छ ।
जीर्ण काठेपुलमा जोखिमपूर्ण वारपार
सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा निर्माण भएको जीर्ण काठेपुलमा जोखिम मोलेर वारपार गर्न यातायातका साधन बाध्य भएका छन् । सो खोलामा पक्की पुलको निर्माण सम्पन्न हुन सकेको छैन । दुई वर्षअघि निर्माण गरिएको काठेपुल जीर्ण हुँदा यातायातका साधन सोही पुल तर्न बाध्य हुँदै आएका हुन् । सिमकोटबाट नाम्खा गाउँपालिका–६, लिमीतर्फ जाँदै गरेका चालक जोर बोहराले पुल पूरै हल्लिने अवस्थामा रहेको बताउनुभयो । जीर्ण काठेपुलमा बोलेरो जिप चलाउनु आफ्नो बाध्यता भएको उहाँको भनाइ छ । उहाँले पुलमाथि राखिएका काठ हल्लिने भएका कारण निकै डर मानेर पुल तर्नु परिरहेको जनाउनुभयो ।
पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध
मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । बिहीबार बेलुका रुकुमपश्चिमको मुसिकोट नगरपालिका ८ किटनीमा पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।
कर्णाली प्रदेश सभा बैठक अनिश्चित
कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाएपछि सदन नियमित हुन सकेको छैन ।
नाम्खा गाउँपालिकाको बजेट ३५ करोड
उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८१/०८२ को वार्षिक बजेट ३५ करोड गाउँ सभाबाट पारित भएको छ । उक्त गाउँपालिकाको एघारौँ गाउँ सभाद्वारा सो बजेट पारित गरिएको हो ।
बाल केन्द्रित अभियान चलाउन जनशक्ति तयार
सबै खाले जोखिमबाट प्रभावित भएका बालबालिकाको उद्धार, राहत र व्यवस्थापनका लागि अभियान चलाउन जनशक्ति तयार भएको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते
रुकुमपश्चिममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्यार्पु ताल
रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल । स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ ।
दुर्गमका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्य चौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ ।
सडकबिचको पोल हटाउन सुरु
ढलान भएको सदरमुकाम सिमकोटको सडकबिचमा गाडिएको बिधुतका पोलहरू हटाउने काम सुरु भएको छ । बजारको सौन्दर्यकरणमा बाधा पुगेको र यातायातका साधन सञ्चालनमा समस्या भएपछि सिमकोट गाउँपालिकाको अगुवाइमा पोलहरू हटाउन थालिएको हो ।
छाराको बजेट ६० करोड
जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले बुधबार भएको १५ औँ नगर सभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले आर्थिक वर्ष २०८१–८२ का लागि ६० करोड २६ लाख ७१ हजार नौंसय २९ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
पाँच बजेपछि गाउँ प्रवेशमा रोक
नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीको तिलगाउँमा बेलुका ५ बजेपछि स्थानीयले बाहिरबाट आउने जोकसैलाई पनि घर प्रवेशमा रोक लगाउने गरेको पाइएको छ । गाउँवासीले व्यक्तिगत सुरक्षाको कारण देखाउँदै सो समयपछि घर प्रवेशमा रोक लगाउने गरेका हुन् । चार दिनअगाडि तिलगाउँ पुगेका कर्मचारी तुलबहादुर तामाङले साँझ ७ बजे हिल्साबाट तिल गाउँ पुगेको भए पनि स्थानीयले बास बस्न नदिएको गुनासो गर्दै सामुदायिक भवनमा बस्नु परेको बताउनुभयो । उहाँसहित चार जनाको समूह हिल्साबाट तिलगाउँ बास बस्ने गरी गएको थियो ।
जाजरकोट–जुम्ला सुरुङमार्ग अध्ययन
जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्गको प्रिफिजिबिलिटी (पूर्वसम्भाव्यता) अध्ययनको काम सकिएको छ । करिब एक वर्ष लगाएर आयोजनाको ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको सडक विभागले जनाएको छ । २०८० साल जेठमा सुरुङमार्ग निर्माणका लागि प्रिफिजिबिलिटी अध्ययनको काम सुरु गरिएको हो । २०७८ सालमा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रुकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै रिपोर्ट तयार गरेको थियो ।