कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या
सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण विद्यालयका चार वटा कक्षा कोठामा भल पसेपछि पठनपाठनमा समस्या भएको हो ।
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
सोही राजमार्गको कालीकोट तिलागुफा नगरपालिका–६ टिमुरे, गाल्जे र पिलिलगायतका ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । साँझसम्म सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागार्इंले जानकारी दिनुभयो ।
कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध
यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ । निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट उडान हुनसकेको छैन । वर्षाका कारण नेपालगञ्जबाट हवाई उडान हुन नसकेको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो ।
घर भत्कियो, पठनपाठन बन्द
विगत तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण एउटा घर भत्किएको छ भने अरू घर जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्ष
रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध
हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।
पुल बनाउने ठेकेदार दुई वर्षदेखि बेपत्ता, जनतालाई सास्ती
कालीकोटको फुगाढमा बेलिबज बगाएको चार वर्ष भयो । पुनः पुल निर्माणका बिकोई बिल्डर्स प्रालि काठमाडौँसँग पुल निर्माणका लागि दुई वर्ष अगाडी सरकारले सम्झौता गरेपछि ठेकेदार सम्पर्क विहीन भएपछि जनताले सास्ती खेप्नु बाध्य भएका छन् ।
स्वदेशी वस्तुको उपयोग, निर्देशिका बनेको दस वर्षपछि कार्यान्वयन हुँदै
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माण गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका तयार गरेको १० वर्षपछि बल्ल कार्यान्वयन हुने भएको छ । मन्त्रालयले २०७१ सालमा सो निर्देशिका तयार गरेको थियो । निर्माण भएको १० वर्षसम्म निर्देशिका कार्यान्वयनमा आउन सकेको थिएन । मन्त्रालयले यस वर्षदेखि उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । मन्त्रालयले सरकारी तथा निजी क्षेत्रमा स्वदेशी तथा स्थानीय वस्तुको उपयोग गर्नेबारे सरोकारवाला पक्षहरूको सहभागितामा सचेतना कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउन आग्रह गरेको
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।
पैदल मार्ग
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको पैदल मार्ग ।
हुम्लामा तीन दिनदेखि उडान अवरुद्ध
हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अबरुद्ध हुँदै आएको छ। हुम्ला आउने इनरुट र सिमकोट विमानस्थल क्षेत्रको मौसम खराव हुँदा हवाई सेवा अबरुद्ध भएको हो।
कर्णाली प्रदेशको बजेट पारित
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।
अपाङ्गतामैत्री कार्यालय नहुँदा सेवाग्राही मर्कामा
जिल्लास्थित सरकारी कार्यालय अपाङ्गतामैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिन त्यसलाई ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन असहज भएको हो ।
कर्णाली नदीमा काठेपुल निर्माण हुँदा यातायात सञ्चालनमा सहज
नाम्खा गाउँपालिका–३ को खगालगाउँ जाने कर्णाली नदीमाथि लागत साझेदारीमा काठेपुल निर्माण गरिएको छ । नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका वस्तीहरुमा सडक सञ्जाल जोड्न कर्णाली नदी माथि काठेपुल निर्माण गरिएको हो ।
भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचना
जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचनाहरु । विसं. २०८० कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भई भूकम्प गएको थियो ।
पूर्वाधार निर्माणको गति सुस्त
कर्णाली प्रदेश सरकार गठन भएको छ वर्ष पुगिसकेको छ । त्यसयता पटक पटक सरकार परिवर्तन भए । तीन जना मुख्यमन्त्री बने यद्यपि प्रदेशको पूर्वाधार विकासको गति भने निकै सुस्त देखिएको छ । सडक पूर्वाधारकै पहुँचमा कर्णाली कमजोर छ । सङ्घीयतापछिका सरकारले सडकमै उल्लेख्य विकास गर्न सकेको देखिँदैन । प्रदेश सरकार गठन भएयता कर्णालीमा साढे तीन हजार किलोमिटर सडक निर्माण भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ को जेठ १५ सम्म कुल तीन हजार पाँच सय किमी सडक निर्माण भएको जानकारी दिनुभयो । यसमा सडक मर्मत, ग्राभेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्र्याक खोल्ने र कालोपत्रे गर्नेलगायतका काम भएका छन् । यो अवधिमा ११
रारामा डुबेर एकको मृत्यु
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगर नगरपालिका वडा नं ५ कार्की बडा गाउँ बस्ने २१ वर्षीय शिशिर रावल रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जानकारी दिएको छ ।
डोजरले खोस्यो रोजगारी
विकासे काममा डोजर प्रयोग गर्दा जिल्लाका युवायुवतीको रोजगारी खोसिएको छ । स्थानीयको आयस्रोत नभएपछि जिल्लाका मजदुर गरिखाने कामदारको घरमा घरखर्च चलाउन समस्या भएको छ ।
छारेखण्ड सडकमा यातायात सुचारु
कर्णाली कोरिडोरको छारे खण्डको सडकमा दैनिक बाह्र घण्टा यातायातका साधन सञ्चालनमा आएका छन् । नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले (सुनाखाडा) बिहीबार बिहानबाट यातायात सुचारु गरेको हो ।
भूकम्प पीडितका अस्थायी टहरा पहिरोको जोखिममा
रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१४ को बाँकेडाँडा गाउँका भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छ ।
मुसीकोटका ज्येष्ठ नागरिक सङ्गठित
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका ज्येष्ठ नागरिकहरू सङ्गठित भएका छन् । मुसीकोट नगरपालिका १ खलङगामा भएको ज्येष्ठ नागरिकहरूका लागि बनेका ऐन कानुन सम्बन्धीको अन्तरक्रिया पश्चात् नगरपालिकास्तरीय ज्येष्ठ नागरिक समिति गठन गरेर सङ्गठित भएका हुन् ।
प्रकोपसम्बन्धी सचेतना जगाउँदै सशस्त्र प्रहरी
बर्खा मौसम सुरु भएसँगै प्रकोपका घटना बढ्न सक्ने भएकाले क्षति न्यूनीकरण तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले समुदाय र विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल ४७ नं. गुल्म रुकुमपश्चिमले आठबिसकोट नगरपालिकामा र चौरजहारीस्थित एक विद्यालयमा जल उत्पन्न प्रकोपसम्बन्धी सचेतना तथा अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । आठबिसकोट नगरपालिकाको सहयोगमा तीन दिने अनुशिक्षण सञ्चालन भएको छभने चौरजहारी नगरपालिका–५ स्थित माध्यमिक विद्यालय खहरेमा एकदिने कार्यक्रम गरिएको छ । जल उत्पन्न प्रकोप न्यूनीकरण तथा नियन्त्रणका लागि विद्यालय र समुदायस्तरमा सचेतनाका कार्यक्रमहरू सुरु गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकार र विद्यालयको सहकार्यमा यो कार्यक्रम निरन्तर अगाडि बढाइने छ ।
सुक्खा पहिरो जाँदा सवारीसाधनलाई सास्ती
कर्णाली कोरिडोर अन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा यातायातका साधनलाई गुड्न सास्ती हुने गरेको छ । दैनिक सुक्खा पहिरो झरिरहँदा यो सडकखण्डमा मालवाहक सवारीसाधनलाई गुड्न असजिलो हुने गरेको हो । सुर्खेतबाट सामान ढुवानी गर्दै आउनुभएका ट्रकचालक जानबहादुर मगरले खच्चामा सडक बिग्रिएका कारण आफूहरूले निकै सास्ती खेप्नु परिरहेको बताउनुभयो । उहाँले सुक्खा पहिरो खसेको समय सडक बन्द हुने र पानी परे हिलाम्मे सडकमा यातायातका साधन सञ्चालन गर्न कठिन हुने भएका कारण समस्यै समस्या भोग्नु परिरहेको गुनासो गर्नुभयो ।
हिलाम्मे सडक, यात्रुलाई पीर
पश्चिम सुर्खेतका बासिन्दाले बर्सेनि बाटोघाटोको समस्या भोग्दै आइरहेका छन् । जिल्लाको पश्चिमी भेगमा सडकको सहज पहुँच छैन । केही गाउँठाउँमा जोडिएको सडक पनि कच्ची र जीर्ण छन् । बर्खाको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको पीडा यहाँका बासिन्दाले भोग्दै आइरहेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर हो तर जिल्लाभित्रकै ठाउँ बाटाघाटा नपुग्दा निकै दुर्गम भएका छन् ।
कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत
कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर–८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले बताएका छन् ।