फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान
फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ ।
तथ्यमा आधारित भई विपद् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले दीर्घकालीन विकास र मानव सुरक्षाका लागि तथ्य र वास्तविकतामा आधारित भई विपद् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
खार्पुनाथको बजेट ३७ करोडभन्दा बढी
खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । सोमबार सञ्चालन भएको १५औँ गाउँ सभामा उपाध्यक्ष ज्ञानबहादुर सिंहले ल्याउन भएको बजेट पारित गरिएको हो ।
बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीयवासी
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरूको दैनिकी बनेको छ ।
मार्सी धानको हरियाली
जुम्लाको सिंजा उपत्यकाअन्तर्गत कनकासुन्दरी गाउँपालिका–८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।
कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार प्राथमिकतामा
यही असार १० भित्र स्थानीय तहहरूले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने प्रावधान अनुरूप कर्णाली प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाहरूले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका छन् । सोमबार कर्णालीका विभिन्न स्थानीय तहमध्ये धेरै जसोले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत गरेका पालिकाहरूले मुख्यतः शिक्षा, स्वास्थ्य, पुनर्निर्माण र कृषि तथा आयआर्जनलाई प्राथमिकता दिएका छन् ।
पहिलो पटक कानुन कार्यान्वयनको अवस्था मापन गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले पहिलो पटक कानुन कार्यान्वयनको अवस्था मापनको लागि उत्तर–विधायिकी परीक्षण सुरु गरेको छ। प्रदेश सरकारको सामाजिक विकास समितिले कर्णाली प्रदेश स्वास्थ्य ऐन, २०७८ को उत्तर–विधायिकी परिक्षण सुरु गरेको हो।
गोरखापत्रकर्मी लामिछाने सम्मानित
गोरखापत्र दैनिकका मुसीकोट (रुकुमपश्चिम) समाचारदाता राजु लामिछाने सम्मानित हुनुभएको छ । उहाँलाई जिल्ला समन्वय समिति, चौरजहारी नगरपालिका र आठविसकोट नगरपालिकाले पुरस्कारसहित छुट्टाछुट्टै कार्यक्रममा सम्मानित गरेका हुन् ।
सिमकोट गाउँपालिकाको बजेट ४९ करोडभन्दा बढी
सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोडभन्दा बढी बजेट ल्याएको छ । सोमबार नवौँ गाउँ सभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रममा हुम्लाका गाउँपालिकाले कृषि पर्यटक र आयआर्जनलाई प्राथमिकता दिएको छ ।
शिक्षक सरुवा विवाद : १४ महिनापछि शिक्षकलाई स्वागत
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ९ का एक शिक्षक १४ महिनापछि विद्यालयमा पुनर्स्थापित हुनुभएको छ । जनप्रभात माध्यमिक विद्यालय श्रीकोटमा शिक्षक लोकबहादुर दर्जी १४ महिनापछि हाजिर हुनुभएको हो ।
मुगुका दुई स्थानीय तहको बजेट सार्वजनिक
जिल्लाका चारवटा स्थानीय तहमध्ये दुई वटाले मात्र आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ५१ लाख दुई हजार ९६ रुपियाँ प्रस्ताव गरिएको छ ।
सरकारको प्राथमिकतामा ‘आयोजना बैङ्क’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ‘आयोजना बैङ्क’ निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्ने भएको छ । प्रदेश सरकार स्थापना भएदेखि आयोजना बैङ्क निर्माणको बहस चलेको हो तर कार्यान्वयनमा भने आउन सकेको थिएन । अब भने ऐन निर्माण गरेर कार्यक्रम छनोट गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
सदरमुकाममा खानेपानीको समस्या
जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोटमा खानेपानीको अभाव भएको छ । खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले टाढा टाढाबाट बोकेर ल्याएको पानीबाट प्यास मेट्नु परेको छ । सिमकोट तल्लो बजार क्षेत्रका स्थानीय व्यापारी राजन चन्दले धारामा पानी आउन छोडेको महिना दिन भएको बताउँदै टाढाको कुवाबाट खानेपानीको व्यवस्था गर्नु परेको गुनासो राख्नुभयो । तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी नआउने र पानी आए पनि डेढ घण्टा मात्र आउने भएकाले लाम लागेर पानी थाप्नु परिरहेको अवस्था छ । पानी थाप्ने पालोको विषयलाई लिएर झैझगडा तथा कुटाकुटसमेत भएको उहाँको स्मरण छ ।
मठ र पातुखोला बजार
रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ मठ र पातुखोला बजार आसपासको दृश्य ।
अन्तरजातीय विवाह गर्नेलाई एक लाख
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने एक जोडीलाई एक लाख नगदसहित सम्मान गरेको छ ।
अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर
पार्वती गौतम शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गर्नुभयो । पार्वती अहिले सफल उद्यमी हुनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ मा व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
जिल्लाका चार वटा गाउँपालिकाका छनौटमा परेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । ती विद्यार्थीहरूलाई एक वर्षका लागि पुग्ने पोसाक तथा शैक्षिक सामग्री निःशुल्क सहयोग गरिएको हो ।
कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । उनीहरुलाई पोषणयुक्त आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
हाकिमविहीन अस्पताल, सेवा प्रभावित
कालीकोटको स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल अहिले प्रमुखविहीन छ । प्रमुख नहुँदा दैनिक रूपमा दिइने सेवा प्रभावित बनेको छ । भएका कर्मचारीलाई जिम्मेवारी नदिँदा दैनिक कामकाजमा समस्या भएको हो ।
रैथाने बाली बारीमै बिक्री
चार वर्षअघिसम्म बिक्री हुन नसकेर सके खाने, नसके त्यसै खेर जाने कर्णाली प्रदेशका रैथाने बाली अहिले बारीबाटै धमाधम बिक्री हुन थालेका छन् । मानव स्वास्थ्यका लागि लाभदायक रैथाने बाली आम्दानीको राम्रो स्रोत हुन थालेका छन् । अहिले यहाँका कृषक खेतबारीबाटै रैथाने बाली बिक्री हुन थालेको बताउँछन् । रैथाने बालीमा फापर, कोदो, सिमी, चिनो, कागुनो, जौलगायत पर्दछन् । मुगुको छायानाथ रारा नगरपालिका–८, ढोटुकी ४० वर्षीय रामदेवी रावलले पहिले गुजारा गर्ने तरिकाले सामान्य तरकारी खेती गर्नु हुन्थ्यो तर अहिले फापर, कोदो, जौ र सिमी लगाएर उहाँ मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । रैथाने बाली लगाएपछि उत्पादन पनि ह्वात्तै बढेको उहाँले बताउनुभयो ।
इन्धनको मूल्य घट्यो भाडा घटेन
यातायातका साधनका लागि इन्धनको मूल्य घटेको भए पनि भाडा नघटेको पाइएको छ । नियमनकारी निकायबाट भाडाको पुनरावलोकन नहुनु र यातायात व्यवसायीले आफू खुसी भाडा तोक्ने गरेको कारण भाडा घट्न नसकेको हो ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार
कर्णाली प्रदेश सरकारले यस वर्षको मनसुनजन्य विपत्लाई ध्यानमा राख्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ तयार पारेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिले कार्ययोजना तयार पारेको हो । बस्ती स्थानान्तरणसम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने जिम्मेवारी अनुसार मन्त्रालयले विपत् प्रतिकार्य योजना तयार पारेर लागु गरेको हो । कर्णाली प्रदेशमा नौवटा विषयगत क्षेत्र सक्रिय रहेको र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
टुक्रे योजना कटौती गरी बजेट कार्यान्वयन गरिने
कर्णाली प्रदेश सरकारले पुँजीगत खर्च बढाउन टुक्रे योजनालाई कटौती गरेर बजेट कार्यान्वयनमा जोड दिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयन जनमुखी र पारदर्शी बनाउन योजना पूर्ण रूपमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरेको हो । आगामी आर्थिक वर्षको बजेट खर्च बढाउन मन्त्रालयले चार वटा नीति अवलम्बन गर्ने जनाएको छ । विकास बजेट कार्यान्वयन गर्न चार नीतिको प्रभावकारी कार्यान्वयन गरिने मन्त्रालयका शाखा अधिकृत विद्याप्रसाद उपाध्यायले बताउनुभयो । आगामी आव २०८१/८२ बाट उक्त नीति कार्यान्वयन गरिने छ । पहिलो नीतिका रूपमा कार्यविधि तर्जुमालाई राखिएको छ ।
नमुना कृषक बने पूर्वलडाकु
समाजमा रहेको शोषण, दमन र अन्यायलाई सधैँका लागि अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिनुभयो, नौमुले गाउँपालिका–६ का धनबहादुर तारामीमगर । तत्कालीन नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै माओवादी लडाकु भएर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कमान्डर प्रकाण्डलगायत नेताको सुरक्षाको जिम्मेवारी सम्हाल्नुभयो । सेना समायोजन गर्दा योग्य ठहरिएपछि मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गर्नुभयो । नेपाली सेनाले सञ्चालन गर्ने तालिम गर्दागर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्किने निर्णय गर्नुभयो । स्वैच्छिक अवकाश आएपछि भारतका विभिन्न ठाउँमा रोजगारी गर्न पुगेका उहाँलाई भारतमा गर्ने दुःख आफ्नै देशमा गर्ने हुटहुटी चल्यो । कृषि पेसामै भविष्य देखेका उहाँले ‘तारामी आधुनिक नर्सरी कृषि तथा