कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
आगलागी हुँदा एक घर जलेर नष्ट
मुगुको एक होटेलमा आगलागी हुँदा घरका सरसामानसहित ३ तलाको घर जलेर नष्ट भएको छ ।शुक्रबार राती करिब १० बजेको समयमा तीन तलाको कच्ची घरमा एक्कासि आगलागी हुँदा छायाँनाथ रारा नगरपालिका वडा नं ३ लामाचौरमा होटेल व्यवसाय गर्दै आउनु भएका लाल चन्द भण्डारीको पुरै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
असार ४ बाट जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने
हुम्लामा जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने भएको छ । आगामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्कीका खेल हुम्लामा सञ्चालन हुने भएका कारण यो प्रतियोगितालाई मध्यनजर राख्दै जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुन् लागेको हो ।
दुर्गम कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला
जुम्ला–सिञ्जा क्षेत्रको हिमा गाउँपालिका–१ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गाउँपालिकाको समन्वय तथा साझेदार संस्थाहरूको सहयोगमा प्रयोगशाला स्थापना गरिएको प्रधानाध्यापक खम्बा शाहीले जानकारी दिनुभयो ।
खानेपानी माग्दै गाउँपालिका घेराउ
खानेपानीको सङ्कट बढ्दै गएपछि पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका बासिन्दाले खानेपानी माग गर्दै गाउँपालिकामा धर्ना दिएका छन् । उनीहरूले पालिका केन्द्र गुटुस्थित चौकुने गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । रेक्चाका सबै जसो घरधुरीबाट पिठिउँमा गाग्रीसहितको डोको र हातमा पर्चा, पम्प्लेट लिएर पालिका घेराउ गरिएको हो । पालिका केन्द्रदेखि रेक्चा गाउँ करिब चार किमी टाढा छ । अग्लो डाँडामा रहेको उक्त ठाउँमा बर्सौंदेखि खानेपानी अभाव छ । पानी अभावले त्यहाँका कैयौँ परिवार बस्ती छाडेर पालिका केन्द्र तथा तराई झरेका छन् ।
बेमौसमी सिमी उत्पादनले तरकारी समस्या हट्यो
सोरु गाउँपालिका-८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ ।
ठुलोभेरी र सानीभेरी नदीको सङ्गमस्थल रिम्ना दोभान
जाजरकोट र रुकुमपश्चिमको सिमानामा पर्ने ठुलोभेरी र सानीभेरी नदीको सङ्गमस्थल रिम्ना दोभान ।
सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी पक्राउ
जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत एक जना कर्मचारी पक्राउ परेका छन् ।
३७ वर्ष बित्दा पनि बनेन गीताचौर-रावतकोट सिँचाइ आयोजना
तत्कालीन गाउँ विकास समिति (रावतकोट, वडालम्जी, भैरीकालीकाथुम, बाँसी, रानीवनका) किसानहरुलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको गिताचौर-रावतकोट सिँचाइ आयोजना निर्माण सम्पन्न हुन सकेको छैन ।
गाउँपालिकाद्वारा पुल महाशाखालाई ज्ञापन पत्र
कालीकोटको महावै गाउँपालिका जोड्ने तिला नदीको पान्तडीमा चार वर्षसम्म पुल निर्माण कार्यको अझै सुरुवात नभएपछि गाउँपालिका कानुनी प्रक्रियामा गएको छ ।
केरुङबाट पाँच हजार क्विन्टल चामल ढुवानी सुरु
काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनु पर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । दुई दिन अगाडी काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीडेटको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो ।
दस वर्षमा पाँच प्रतिशत काम
रुकुमपश्चिममा एउटा पुल निर्माणको ठेक्का सम्झौता भएको करिब १० वर्ष भयो । काम हालसम्म मुस्किलले पाँच प्रतिशत मात्र भएको छ । त्यसैले सो तोडिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले जिल्लाको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुल निर्माणको ठेक्का पाएको सपना सैलुङ जेभी ललितपुरसँगको सम्झौता रद्द गरेको हो ।
चित्रका माध्यमबाट सुनौलो सपनाको यात्रा
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेका पुष्पा खत्रीको विद्यालयको पढाइ पूरा नहुँदै बिहे भयो । अनि पढाइ छुट्यो । एसएलसी परीक्षा दिएपछि छुटेको पढाइ फेरि निरन्तर हुन्छ भन्ने सोच पनि बनाउनुभएको थिएन । पढाइ छाडेको झन्डै आठ वर्षपछि उहाँले फेरि पढ्न थाल्नुभयो र कक्षा ११ र १२ पास पनि गर्नुभयो । पढाइसँगै उहाँले दैनिक सानो काम गरेर पनि थोरै रकम बचत गर्ने बानीको विकास गर्नुभयो । अर्का स्थानीय लक्ष्मी बिसीसँग दुई वर्ष पहिले एउटा मात्र बाख्राको पाठो थियो । अहिले बढेर पाँच वटा बाख्रा भएका छन् । पहिले किनेर खानुपर्ने तरकारी बाख्राको मल प्रयोग गरी आफ्नै करेसाबारीमा उत्पादन गर्दै खानलाई पुगेको छ । तरकारीमा खर्च गर्ने रकम उहाँले बचत गर्न थाल्नुभएको छ ।
लागुऔषध कारोबारमा बढी जसो युवा
पछिल्लो समय कर्णाली प्रदेशमा लागुऔषध कारोबार बढ्दो क्रममा छ । प्रत्येक वर्ष कारोबार बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन् । वीरेन्द्रनगरमा लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवकयुवतीको संलग्न रहेको प्रहरीले जनाएको छ । पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि बोकेर ल्याउने गरेका छन् ।
सुन भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
पहेंलो धातुको मालालाई सुनको भनी ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ। बुधबार प्रहरीले भारत उत्तर प्रदेश घर भएका ७१ वर्षीया प्रभादेवी र ४२ वर्षीय रामनारायण सुलेङीलाई पक्राउ गरेको हो।
जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुभएको छ ।
कलात्मक सिसमहल मन्दिर निर्माण
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ सोलाबाङमा कलात्मक सिसमहल मन्दिर निर्माण भएको छ । शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले सिसैसिसाका कलात्मक आकृतिहरूसहितको मन्दिर निर्माण गरेको हो ।
सङ्घीयतापछिको परिवर्तन, सडक सञ्जाल विस्तार
कर्णाली प्रदेश सरकारले साढे १० महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ भने कर्णाली प्रदेशका गाउँ गाउँमा नयाँ सडक बन्ने क्रम जारी रहेको छ । विकासमा पछि परेको यो प्रदेशले सङ्घीयता कार्यान्वयनमा आएपछि सडक पूर्वाधारका कामलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक वर्षको अन्तिममा ७८.९५ किलोमिटर सडक कालोपत्रे भएको थियो । हालसम्मको प्रगति हेर्दा असार मसान्तसम्ममा गत वर्षको हाराहारीमा सडक कालोपत्रे हुने आकलन गरिएको छ ।
छोरीको सुरक्षा जीवनभरि कार्यक्रम परिमार्जन गरिँदै
छोरीको जीवन सुरक्षाका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जन गरिने भएको छ । सो कार्यक्रम आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको हो । आव २०७८/७९ बाट भने छोरीको बैङ्क खातामा पैसा जम्मा हुन छोडेको छ तर पनि आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा समेत उक्त योजनालाई परिमार्जनसहित कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ ।
विदेशबाट फर्किएर बिउ उत्पादनमा
रोजगारीका लागि साउदी अरब पुगेका दुल्लु नगरपालिका–१३ का गणेशबहादुर शाही स्वदेश फर्केर तरकारी बिउ उत्पादनमा लाग्नुभएको छ । स्वदेशमा रोजगारी नभएका कारण खाडी मुलुक गएका उहाँले नेपालमै व्यावसायिक रूपमा तरकारीको बिउ उत्पादनबाट राम्रो पैसा कमाउन सकिने भएपछि यो पेसामा लाग्नुभएको हो ।
व्यवसायीलाई करदाता शिक्षासम्बन्धी अभिमुखीकरण
जिल्लामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई करदाता शिक्षा सम्बन्धी अनुशिक्षण दिइएको छ । करका बारेमा जानकारी गराउनका लागि उद्योगी व्यवसायीबिच यो कार्यक्रम आयोजना गरिएको हो ।
प्रहरीको सुरक्षामा कामकाज गर्दै नागरपालिका
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा प्रहरी तैनाथ गरिएका छन् । जनप्रतिनिधि र कर्मचारीका कारणले सेवाग्रही आक्रोसित भएपछि नगरपालिकाले प्रहरी सुरक्षामा कार्यालय सञ्चालन गर्न थालेको हो ।
पानी आउँदैन शुल्क तिर्नै पर्छ
जिल्ला सदरमुकाम गमगढीवासी हरेक वर्ष खानेपानीको समस्या भोग्दै आएका छन् । खानेपानीको व्यवस्थापनमा सरोकारवाला निकायको लापर्बाहीका कारण जिल्ला सदरमुकाम गमगढी बजार काकाकुल बन्दै गएको छ । जिल्ला सदरमुकामतर्फ बसाइँसराइ हुने क्रम बढेसँगै दिनप्रतिदिन खानेपानीको माग बढ्दो छ । यद्धपि हालसम्म सदरमुकाम गमगढीको खानेपानी आपूर्तिका लागि भरपर्दो पहल हुन सकेको छैन । बर्खाका बेलासमेत पानी अभाव हुने गरेकाले यहाँका बासिन्दा हिउँद, बर्खामै पीडित हुने गरेका छन् ।
सुर्खेतको बुलबुले ताल, डुङ्गामा सरर लगाउँ मायाजाल
सुर्खेतको बुलबुले तालमा इन्जिन डुङ्गा सञ्चालन गरिएको छ । तालभित्रको झार हटाएपछि मङ्गलबारदेखि औपचारिक रूपमा तालमा डुङ्गा सञ्चालन गरिएको हो । सुर्खेत उपत्यका नगर विकास समितिको मातहतमा रहेको सो तालमा दुई महिनाअघिदेखि बोटेबोरा नामक निजी कम्पनीले तीन वटा डुङ्गा सञ्चालन गरिरहेको थियो । मङ्गलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औपचारिक रूपमा डुङ्गाको शुभारम्भ गर्नुभयो । सो क्रममा उहाँले कर्णाली प्रदेशमा पर्यटन क्षेत्रबाट मात्रै राम्रो रोजगारी उत्पादन गर्न सकिने भएकाले सरकारी तथा निजी क्षेत्रमा सँगसँगै हिँड्न अपिल गर्नुभयो ।