निकुञ्जले दियो दुई करोड ५६ लाख क्षतिपूर्ति
आर्थिक वर्ष २०८०-८१ मा डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ ।
अझै खुलेन कर्णाली कोरिडोरको खच्चा खण्ड सडक
जिल्लाभित्र पर्ने कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चा खण्डको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
बर्खा लागेपछि पीडितलाई दोस्रो किस्ता
गत वर्षको कात्तिक १७ गते जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भई लाभग्राही कायम भएका रुकुमपश्चिमका १६ हजार भूकम्पीडितका लागि दोस्रो किस्ताको रकम निकासा भएको छ ।
वडा कार्यालय निर्माण गर्दा स्थानीयको घर पहिरोमा
कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर २ मा सरकारकै कारणले नागरिकलाई सास्ती भएको छ। नगरपालिकाको लगानीमा निर्माण भइरहेको वडा कार्यालय भवनका कारणले स्थानीय धनसुरे सार्कीको परिवार विस्थापित भएको छ।
एक महिनामा पाँच अर्बभन्दा बढी भुक्तानी
जेठ महिनासम्म काम नगर्ने र आर्थिक वर्षको अन्तिम महिना असारमा बजेट खर्च गर्ने प्रवृत्ति कर्णाली प्रदेशमा यस वर्ष पनि दोहोरिएको छ । जेठ महिनासम्म बजेट खर्चमा ध्यान नदिएको प्रदेश सरकारले असार लागेसँगै भुक्तानीलाई तीव्रता दिएको हो ।
विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँपालिका भरी अध्ययनरत दुई सय ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ भने कक्षा १ देखि ८ सम्मका ५२ वटा कक्षा कोठा व्यवस्थापनका लागि सामग्री सहयोग गरिएको हो ।
जङ्गली बँदेलको अवैध सिकार
रुकुमपश्चिममा अवैध रूपमा जङ्गली बँदेल सिकार गरिएको पाइएको छ । जिल्लाको मुसीकोट नगरपालिका-६ स्थित पानखोलामा जङ्गली बँदेलको अखेटोपहार (अङ्ग) भेटिएको हो ।
गाउँगाउँमा चित्तिम
मुगुको माथिल्लो मुगुम कार्मारोङ गाउँपालिकाका लामा समुदायका हरेक बस्तीहरूमा धर्म कमाउनलाई चित्तिम बनाउने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बी मान्दै आएका लामा जाती समुदायका बस्तीमा हजारौँ वर्ष पुराना आफन्तको सम्झनामा चित्तिम निर्माण गर्ने परम्परा रहेको हो ।
पहिरोले अवरुद्ध हुम्लाका सडक अझै सञ्चालनमा आउन सकेन
जिल्लाभित्र पर्ने कर्णाली कोरिडोर र आन्तरिक सडकमा यातायात सेवा अझै सञ्चालनमा आउन सकेको छैन । लगातार वर्षा भएको कारण ठाउँठाउँको सडकमा गएको पहिरोले अवरुद्ध भएको कारण यातायात सेवा बन्द भएको हो ।
भूकम्पपीडित बने पहिरोपीडित
गत कात्तिक १७ गतेको भूकम्पबाट अति प्रभावित भेरी नगरपालिका–१, मैदे च्याउपानीमा ११ घरपरिवारलाई सुरक्षाका लागि भन्दै खुला चौरमा स्थानान्तरण गरिएको छ । भूकम्पका कारण घरमाथिको जमिन चर्किएर
मध्यपहाडी राजमार्ग
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग । सुन्दर बस्ती र बीचगाउँमा दह भएकाले उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
मध्यपहाडी राजमार्गमा रहेको सुन्दर बस्ती
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग । सुन्दर बस्ती र बीचगाउँमा दह भएकाले उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुल्यो
अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ। राजमार्गको कालीकोट खण्डमा पर्ने एसमोडमा आएको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन भएको हो।
चार दिनपछि विद्युत सुचारु
जिल्लामा गत शनिबारदेखि अवरुद्ध विद्युत सुचारु भएको छ । वर्षातका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको एसमोडमा पहिरो जाँदा पोल ढलेर अवरोध भएको विद्युत मङ्गलबार दिउँसोबाट सुचारु भएको हो ।
कर्णाली प्रदेश अस्पताल
सुर्खेतको वीरेन्द्रनगर ४ कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल र आसपासको क्षेत्र । हाल तीन सय शय्यासहितको स्वास्थ्य सुविधा रहेको यस अस्पताललाई पाँच सय शय्याको बनाउन १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा एक तला थप गरिँदैछ ।
मुगुको श्रीनगर गाउँ
सात दिनको वर्षापछि मङ्गलबार आकाश खुलेसँगै देखिएको छायाँनाथ रारा नगरपालिका(१ स्थित श्रीनगर गाउँ र आसपासको रमणीय क्षेत्र ।
झुप्राखोलाको बास, बर्खाभरि त्रास
वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोला किनारका बादी बस्तीका बासिन्दा हरेक वर्ष बर्खाको समयमा रातभर सुत्न पाउँदैनन् । झुप्रा खोला र भेरी नदीको पानीको बहाव सिधै बस्तीतर्फ सोझिने हुँदा सुक्खायाममा रमाउने यो बस्तीका बासिन्दा बर्खाभरि सुत्न पाउँदैनन् । बादी बस्तीमा करिब डेढ सय घरपरिवार बस्दै आएका छन् । स्थानीय गीता बादीले बर्सेनि बर्खा लाग्नेबित्तिकै त्रास हुने बताउनुभयो ।
खलङ्गा बजार आसपासको दृश्य
अविरल वर्षापछि सोमबार खुलेको मौसममा देखिएको रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार आसपासको दृश्य ।
सिञ्जामा फस्टाउँदै मार्सी धानको खेती
यतिबेला जुम्लाका खेतहरू मार्सी धानले हरियो भएको छ । चैतको महिना बीउ राखेर असारमा गोडमेल गर्ने गरिन्छ । रैथाने बालीभित्र पर्ने मार्सी पौष्टिक, आर्थिक तत्त्वले समेत महत्त्वपूर्ण हुने भएकाले हुँदा जुम्लाका ज्युलोमा अहिले मार्सीलगाउने गरिएको छ ।
अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन
तीन दिन यता लगातार परेको पानीका कारणले अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गको कालीकोट खण्डमा पाँच ठाउँमा आएको ठुलो पहिरो हटाउनेक्रम जारी रहे पनि राजमार्ग खुलाउन नसकिएको हो ।
खेतका फाँट (फोटो फिचर)
जुम्ला पुग्नेहरूका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तिला नदिको किनारमा रहेको तातोपानीको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरूको बाक्लै भिड लाग्छ ।
कर्णाली करिडोरको यातायात अवरुद्ध
जिल्लाभर कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकाबाट लगातार वर्षा भइरहेकाले ठाउँ–ठाउँमा गएको पहिराका कारण यातायात सेवा बन्द भएको हो ।
हरियाली
हल्का मौसम खुलेसँगै देखिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१०स्थित क्षेत्र र वर्षात लागेसँगै हरियाली छाएको खेताबारी तथा डाँडाकाँडाको दृश्य ।
अपाङ्गतामैत्री छैनन् सरकारी कार्यालय भवन
जिल्लास्थित कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएपछि सेवाग्राहीलाई सेवा लिनै सकस हुने गरेको छ । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिने समयमा अपाङ्गता भएका सेवाग्राहीको समस्याबारे ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सकस भएको हो ।