• २४ असार २०८१, सोमबार

कर्णाली प्रदेशको बजेट पारित

blog

नवीन सुवेदी
सुर्खेत, असार २१ गते ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।

जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार अर्थात् ५९.७ प्रतिशत र चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख अर्थात् २४.१२ प्रतिशत बजेट ल्याइएको छ ।

वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण चार अर्ब ८३ करोड विनियोजन गरिएको छ । सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा दुई अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो ।