हिउँ चितुवाको सङ्ख्या घट्दै
हिउँ चितुवालाई हिमालको रानीका रूपमा पनि लिइन्छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलन गर्न सहयोगी भूमिका खेल्ने गर्दछ । यसैले पनि यसको संरक्षण गर्नु आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरूले औँल्याएका छन् ।
बिक्री नहुँदा किसानले फाले फूल
उत्पादित फूल बिक्री नभएपछि तनहुँका कृषकले नदी तथा सडकमा फालेका छन्। गत वर्षभन्दा यो वर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूलखेती गरे पनि सोअनुरूप फूल बिक्री नभएपछि फाल्न बाध्य भएका हुन्।
बेँसी झर्न थाले भेडा–च्याङ्ग्रा र चौंरी
जलवायु परिवर्तनको असर मनाङमा पनि पर्न थालेको छ । विगतका वर्षहरुमा कात्तिक पहिलो साता नै बेँसी झर्ने भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ यस वर्ष मंसिर लागेपछि बेँसी झर्न थालेका हुन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा उत्कृष्ट कर्मचारीलाई सम्मान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आँबुखैरेनी गाउँपालिकामा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गर्नुभएको छ ।
थुम्सीको हनुमान मन्दिर (फोटो फिचर)
नवलपुर जिल्ला गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी चक्रघाटमा अवस्थित निकै नै आकर्षक शिखर खजुराज शैलीको हनुमान मन्दिर। यो मन्दिर नारायणगढबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा करिब ८ किलो मिटरको दुरीमा राजमार्गको बायाँतर्फ रहेको छ।
चार वर्षदेखि अस्पताल निर्माण अलपत्र ठेकेदार सम्पर्क विहीन
पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीका कारण अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्रा चौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन चार वर्षदेखि अलपत्र पारिएको छ ।
अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए
कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् ।
तिहारमा पनि बिकेन सयपत्री
विद्यालयको आन्तरिक आम्दानी बढाउन सयपत्री फूलको व्यवसाय सुरु गरेको गैँडाकोटस्थित जनक माध्यमिक विद्यालयले यस वर्ष फूल बिक्री हुन नसक्दा आम्दानी नभएको बताएको छ । नेपालीको दोस्रो ठुलो चाड तिहारमा प्रयोग हुने सयपत्री फूलको उत्पादनमा पूर्वी नवलपरासी पूर्ण रूपमा आत्मनिर्भर बने पनि यो तिहारमा बिक्री हुन नसक्दा विद्यालयको आम्दानी घट्ने भएको छ । यस वर्ष जताततै फूल फुलेका कारण धेरै बिक्री गर्न नसकिएको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्माले बताउनुभयो। माविले दुई लाखको सयपत्री फूल बिक्री गर्ने योजनाका साथ फूल रोपेको भए पनि ६० हजारको मात्र बिक्री भएको छ ।
मगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु (फोटो फिचर)
नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
२० वर्षसम्म बाटो मर्मत नहुँदा स्थानीयलाई सास्ती
वालिङ नगरपालिका –१४ वायटारी देखि वडा १२ को सिर्सेकोट ग्रामीण सडक खुलेको २० वर्ष पुगिसेको छ । सडक खुलेको लामो समयसम्म राम्रोसँग सडक सुधार नहुँदा स्थानीयलाई कठिन यात्रा गर्न बाध्य हुनुपरेको हो ।
प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ ।
मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजार भक्तजन (फोटो फिचर)
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ । मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक दुई हजार भक्तजनहरू आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन
प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन
एकताबद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनुभएको छ ।
रुप्से झरनामा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा आन्तरिक पर्यटकको भिड लागेको छ ।
प्रधानमन्त्री प्रचण्ड आज तनहुँ आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँको आँबुखैरेनीमा आउनुहुने भएको छ । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनु हुने भएको हो ।
‘सिग्नेचर पुल’ को शिलान्यास
पृथ्वी राजमार्ग अन्तर्गत पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शिलान्यास गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुलको शिलान्यास गर्नुभएको हो । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो पुलको लागत एक अर्ब सात करोड २४ लाख रहेको बताइएको छ । नेपालकै नमुना सिग्नेचर’ पुल बन्ने गरी निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले डिजाइन गरेको छ । निर्माणाधीन ‘केबल–स्टेड’ प्रविधिको पुलको लम्बाइ १९०/१९० मिटर रहने छ भने चौडाइ ११/११ गरी २२ मिटर हुने छ । हाल भइरहेको पुललाई समेत गणना गर्दा छ लेनको पुल हुने छ ।
खुल्यो कोरला नाका
चार वर्षपछि मुस्ताङको कोरला नाका पुनः व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । चीन सरकारले कोरोना महामारीका कारण २०७६ सालदेखि नाका पूर्ण रूपमा बन्द गरेको थियो । कात्तिक २७ गते सोमबार नाका पुनः सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह छाएको छ । नाका सञ्चालनको पहिलो दिन ठुलो सङ्ख्यामा मुस्ताङवासीहरू कोरला पुगेका थिए ।
पोखरा चौबिसै घण्टा नखुल्ने
उच्च अदालत पोखराको बुधबारको अन्तरिम आदेशले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उच्च प्राथमिकता पायो । स्थानीय देवीकुमारी बरालले मङ्गलबार दायर गरेको रिटमा उच्चले उहाँलाई लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न चाहे नरोक्न आदेश दिएको छ । आदेशपछि फेरि लेकसाइड चौबिसै घण्टा खोल्न हुने वा नहुनेबारे बहस सुरु भएको छ ।
शैक्षिक कोषका लागि देउसीभैलो कार्यक्रम
तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्नेक्रम बढेको छ ।
प्रधानमन्त्री प्रचण्ड तनहुँ आउनु हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार तनहुँ आउनुहुने भएको छ । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको १५ शैयाको आँबुखैरेनी अस्पतालको उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आउन लाग्नुभएको हो ।
चाडपर्वमा व्यापार नहुँदा व्यवसायी चिन्तित
दसैँ र तिहारजस्ता ठूला चाडको समयमा सोचेजस्तो व्यापार नहुँदा तनहुँका व्यवसायीहरु चिन्तित बनेका छन् । ठूला चाडमा समेत बजारमा चहल–पहल नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् ।
भाइटीका महोत्सवमा ६८ पर्यटक सहभागी
संस्कृति बचाऔं, पर्यटन प्रवर्धन गरौं भन्ने नाराका साथ पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटीका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकहरु सहभागी भएका छन् ।
आठ वर्षपछि पुनर्निर्माण गरिँदै अदालत भवन
भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा काम भइरहेकाले निर्माणले तीव्रता पाएको हो ।