परिवार नियोजन गर्नेलाई पचास हजार
पोखरा महानगरपालिका–१२ ले छोरी मात्रै जन्मिएपछि परिवार नियोजन गर्ने दम्पतीलाई ५० हजार रुपियाँसहित सम्मान गर्ने भएको छ। यस आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई वडाले नै ५० हजार पुरस्कार व्यवस्था गरेको हो। पहिलो वर्षमा कम्तीमा पाँच दम्पतीलाई सम्मान गर्ने लक्ष्य रहेको पोखरा १२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाले बताउनुभयो। यसका लागि वडाले साढे दुई लाख रुपियाँ बजेट विनियोजन गरिसकेको छ। छोरीको भ्रूण हत्या रोकिने अपेक्षासहित पुरस्कारको व्यवस्था गरिएको हो।
बीपीको मेलमिलाप नीतिले गठबन्धन बन्यो : नेता पौडेल
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ।
राष्ट्रपतिबाट नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजियो : प्रचण्ड
नेनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
बेवारिस सडकमा जनप्रतिनिधिको चासो
कास्कीदेखि गुल्मी जोड्ने छोटो सडक २५ वर्षदेखि अलपत्र परेपछि स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका, पर्वतको फलेबास नगरपालिका र महाशिला गाउँपालिकाका जनप्रतिनिधिले चासो देखाएका छन्। २०५४ सालमा स्याङ्जाका तत्कालीन सांसद हितकाजी गुरुङ र पर्वतका जिल्ला विकास समिति सभापति, वर्तमान राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा सडक निर्माणको काम सुरुवात भएको थियो।
आफ्नै संरचनामा महानगरपालिकाको डोजर
पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित ४० वर्ष पुराना आफ्नै संरचनामा डोजर चलाएको छ। व्यावसायिक प्रयोगका लागि बनाइएको भवन जीर्ण बन्दै गएपछि पोखरा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय भवनलगायत ३२ वटा सटरहरू भत्काएको छ। महानगरपालिकाकै स्वामित्वमा रहेका यी दुईवटा भवन महानगर प्रमुख धनराज आचार्य र वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोलीले भत्काएको हो। उक्त भवनको माथिल्लो तलामा पुस्तकालय, अर्कोमा ग्यालरी र भुइँ तलामा सटरहरू थिए ।
व्यापारिक भवन भत्काएर उद्यान बनाउन माग
व्यास नगरपालिका–२, गणेशमान चोकस्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाइएका व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग उठेको छ। सो स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू भत्काउनुपर्ने माग राखिएको स्थानीय जनप्रतिनिधि सदस्य सुरेश वाग्लेले बताउनुभयो। उहाँको नेतृत्वमा स्थानीयसहित १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग राख्दै जिल्ला समन्वय समितिमा मङ्गलबार ज्ञापनपत्र बुझाएको छ।
गाउँको नीति नियम बनाउन भुजुङमा भदौ सभा
लमजुङको पर्यटकीय गाउँ भुजुङमा नीति नियम तथा ऐन निर्माण तथा संशोधनका लागि भदौ सभा सुरु भएको छ।
नवलपुर अदालतको फैसलाविरुद्ध अभिनेता शाह उच्च अदालत जाने
नायक पूर्णविक्रम (पल शाह) नवलपुर जिल्ला अदालतले गरेको फैसलविरुद्ध उच्च अदालत जानु हुने भएको छ।
तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि २५ टावर तयार
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् ।
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर
पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन बिहीबार डोजर चलाइएको हो ।
पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत
प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ”, तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।” जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ ।
रिट्ठेपानी डाँडा कटान ठेक्कामा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का आह्वान गरेको छ। डाँडा कटानका लागि अक्टोबर ११ सम्म इच्छुक कम्पनीले दर्खास्त आह्वान गरिएको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो। यसअघि रिट्ठेपानी डाँडाका छ सय रुख काटिइसकेका छन्। वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको मुनकर्मीले जानकारी दिनुभयो। “रुख काटिएको छ, अब जमिन काट्नु पर्ने भएको छ। काटिएका रुख वन मन्त्रालयलाई हस्तान्तरण गरिनेछ,” उहाँले भन्नुभयो। रिट्ठेपानी डाँडाको ३८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ।
‘कर्मचारीको भावनाअनुसार अध्यादेश’
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। निजामती सेवा दिवसका अवसरमा प्रदेश मूल समारोह समितिले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। कर्मचारी समायोजन ऐन लागू भए पनि कार्यान्वयनमा समस्या देखिएको छ। समायोजन भएका कर्मचारीको वृत्ति विकास रोकिएको र कर्मचारीको पदपूर्ति गर्न नसकिएकाले प्रदेशले अध्यादेशबाटै भए पनि यी दुई कानुन ल्याउन लागेको मुख्यमन्त्री पोखरेलले स्पष्ट पार्नुभयो। “सङ्घ सरकारले निजामती सेवा ऐन ल्याउला कि भनेर कुर्दाकुर्दै पाँच वर्ष बित्न लाग्यो, हामीले तयारी गर्दागर्दै ढिला भयो,” उहाँले भन्नुभयो,
चित्र कोरेर वार्षिक चार लाख रुपियाँ कमाइ (फोटो फिचर)
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको म्याग्दी उद्योग वाणिज्य संघको भवनको भुइँतलामा पछिल्लो १५ दिनदेखि भित्तामा घोत्लिएर दिनभरी एक युवाको समय बित्ने गर्छ । मानिसहरु बाहिरी दुनियाँसँग रमाइरहेकाबेला ग्राउण्ड फ्लोरको भित्तामा पेन्सिलले आकृति कोर्ने र रङ भरेर आकर्षक चित्र बनाउने कार्यमा लागिरहेका युवा हुनुहुन्छ अशोक किसान ।
नायक शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने
दमौली, भदौ २२ गते । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिनुभयो । नायक शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै २५ हजार जरिवाना र दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताउनुभयो । जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।नवलपुरको फैसलाविरुद्ध पुनरावेदनको तयारीनवलपुर अदालतको फैसलाविरुद्ध नायक शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका छन् । अदालतको पूर्ण पाठ आउनेबित्तिकै पुनरवलोकनको जाहेरी दर्ता गर्ने तयारी गरिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो । रासस
शिविरमा आँखा परीक्षण
नार्पा भूमि गाउँपालिकामा इन्द्रदल गुल्म मनाङद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण गराउँदै वृद्धा ।
मुटुरोगीलाई तनहुँ समाज हङकङको सहयोग
तनहुँ समाज हङकङले तनहुँको ऋषिङ गाउँपालिका –७ निवासी ४३ वर्षीया मुटुरोगी चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार ऋषिङ पोखरीभञ्याङस्थित निवासमा पुगी समाजले नगद १ लाख ७९ हजार ४ सय ६० रुपियाँ हस्तान्तरण गरेको हो ।
वर्षाले कावासोती जलमग्न
गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ ।
ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने
वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो ।
जटायुमा दुई सय सैँतीस गिद्ध
पूर्वीनवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्धहरू मध्यकावासोतीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ ।
स्थानान्तरणको विकल्प खोजिँदै
पोखराको ल्यान्डफिल्ड साइट क्षेत्रमा वर्षौंदेखि विचरण गरिरहेका पन्छीको स्थानान्तरण तथा सुरक्षित बसोबासको विकल्प खोज्न थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसका लागि पूर्वीनवलपरासीमा सञ्चालनमा रहेको जटायु रेस्टुरेन्टको स्थलगत अवलोकन गर्नुभएको छ । सो रेस्टुरेन्ट सञ्चालनमा अपनाइएका अभ्यासको स्थलगत अवलोकन गरिएको हो । “सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सुरक्षित अवतरणका लागि यस्तो उपाय खोज्न थालिएको हो । ल्यान्डफिल्ड साइट आसपासमा बसोबास गरिरहेका पन्छीहरूका कारण विमानस्थल सञ्चालनमा अवरोध हुने देखियो,” आचार्यले भन्नुभयो, “तिनीहरूलाई आवश्यक आहारा तथा सुरक्षित आवासका लागि स्थानान्तरण आवश्यक रहेको छ । यसको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा जटायु रेस्टुरेन्टको अवलोकन गरिएको हो प्रमुख आचार्यले भन्नुभयो । पोखरामा २०औँ वर्षलाई पुग्ने ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याए पनि विमानस्थलका कारण व्यवस्थापनमा समस्या भएको छ ।
पोखरा विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन
कास्की जिल्लाको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन ।
जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना
पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले बताउनुभयो ।
पर्यटनमा आयाम थप्दै बन्दीपुर
बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो ।