• २० असोज २०८१, आइतबार

पोखराको दुई ठाउँमा भाइटीका उत्सव

blog

होटल संघले आयोजना गरेको कार्यक्रममा भाइटीकापछि खिचिएको सामूहिक तस्बिर ।

फडिन्द्र अधिकारी

पोखरा, कात्तिक २६ गते । पोखरा महानगरको आयोजनामा सामूहिक भाइटीका कार्यक्रम हुन लागेको छ । पोखरा –११, रामघाटमा रहेको गीता मन्दिरमा कात्तिक २९ गते बुधबार भाइटीकाकै दिन कार्यक्रम हुनेछ । 

बिहान १०ः५१ देखि दिउँसो २ बजेसम्म आफ्ना दिदीबहिनीसँग टीका लगाउन नपाएका दाजुभाइहरूले यहाँ टीका लगाउन सक्नेछन् । पोखरा महानगरले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको हो । 

आवश्यक प्रबन्धका लागि कृष्ण केसीको संयोजकत्वमा उपसमिति बनाइएको छ भने यसपालि करिब एकसय जना दाजुभाइलाई तीन जना दिदीबहिनीले टीका लगाइदिने जनाइएको छ ।  

कार्यक्रमका लागि पोखरा महानगरको तर्फबाट समन्वय गरिरहनुभएका लोकदर्शन कोइरालाले उपचार, सरकारी सेवा, सुरक्षा निकाय र अन्य कारणले दाजुभाइ, दिदीबहिनी भेट हुन नसकेकाहरू पनि नछुटुन् भनी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

“सामूहिक भाइटीका ग्रहण गर्न सहभागी हुन हामी अनुरोध गर्छौ । “ब्यारेक, सशस्त्र, गुम्बाहरू, सरकारी कार्यालयमा पत्राचार गरिसकिएको छ । पहिलो पटक भएको कारणले एकसय जना जति हुन्छन् कि भन्ने अनुमान छ” उहाँले भन्नुभयो । 

कृष्ण केसीको संयोजकत्वमा उपसमिति बनाइएको छ । सामाजिक व्यक्तित्व, स्वच्छ छवि भएका महिलालाई दिदीको रूपमा चयन गरी भाइटीका लगाउने जिम्मेवारी दिने तयारी छ । टीका लगाउँदा आवश्यक व्यवस्थापन पोखरा महानगरले नै गर्नेछ । 

यसैगरी “संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ” भन्ने नारासाथ होटल सङ्घ पोखरा नेपालले पनि भाइटीकाकै दिन १६ औँ भाइटीका महोत्सव २०८० आयोजना गर्ने भएको छ । लेकसाइडस्थित होटल ल्यान्डमार्कमा यो महोत्सव हुन लागेको हो ।