गोरखाको स्तुल खोलामा बेलीब्रिज
गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।
पुतलीबाजे सेती किनारमा विलीन
पोखरास्थित सेती नदी किनारमा आज एक मानवको भौतिक शरीर विलीन भयो। जन्मले बेलायती कलिन फिलिम स्मिथ भए पनि मन, वचन र कर्मले नेपाली नागरिक पुतलीबाजेको अन्त्येष्टि सेती नदी किनारमा गरिएको हो । विसं २०२२ माघमा पहिलो पटक नेपाल आई यहीँ अध्ययन र बसोबास गरेर नेपालमा नै अन्तिम श्वास फेर्ने इच्छा गर्नुभएका उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रदान गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । नेपालमा बसेर पुतलीको अध्ययन गर्नुभएकाले ‘पुतलीबाजे’ का नामले उहाँ प्रख्यात हुनुभयो । यी सबै योगदानस्वरूप उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।
पिंढीबाट लडेर वृद्धको मृत्यु
घरको पिँढीबाट लडेर घाइते हुनुभएका गोरखाका एक जना वृद्धको मृत्यु भएको छ । गोरखा सिरानचोक गाउँपालिका –८ माथिल्लो फिनाम बस्ने वर्ष ६८ का भिमु गुरुङको मृत्यु भएको हो ।
पुर्ख्यौली पेसा सङ्कटमा परेसँगै मादल व्यवसायी चिन्तित
नेपालीको दोस्रो ठुलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । देउसी–भैलो, फूल बत्ती र सेलरोटीको पहिचानसँग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परासँग जोडिएको तिहारमा अहिले मौलिकता हराउँदै गएको छ ।
गोरखाको स्थानीय तहले भूकम्पपीडितलाई सहयोग गर्ने
जाजरकोट र रुकुमपश्चिमको भूकम्पपीडितलाई गोरखाको ११ वटै स्थानीय तहले सहयोग गर्ने निर्णय गरेका छन् । गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले १ लाख ५० हजारका दरले सहयोग गर्ने भएका छन् ।
कालिगण्डकीमा गाउँपालिकाको व्यावसायिक फूलखेती
गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन कालिगण्डकी गाउँपालिकाले सक्रियता बढाएको छ । पालिकाले विगत तीन वर्षदेखि फूलमा आत्मनिर्भर बनाउन सक्रियता बढाएर फूल खेती गरिरहेको छ । यहाँ पालिका, विद्यालय तथा सामूहिक व्यावसायिक फूल खेती गरिएको छ ।
पुतली बाजेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राखियो
कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिएको छ । सोमबार उहाँको पार्थिव शरीरलाई अन्ति श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो ।
ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु
तनहुँमा ट्याक्टरबाट खसेर सोमबार बिहान ७ः४० बजे एक पुरुषको मृत्यु भएको छ । भिमाद नगरपालिका– ६ का जलौदीका बर्ष ३३ को मीन बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा
पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ ।
सामूहिक सयपत्री फूलखेती फस्टाउँदै
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।
सयपत्री सुक्ने चिन्ता
पहाडी क्षेत्रमा अहिले ढकमक्क सयपत्री फुलेको छ । भाइटीका आउन अझै डेढ हप्ता बाँकी छ । पोखरा–३१ का फूल किसान केशवराज तिवारीलाई भाइटीकासम्म सयपत्री सुक्ने हो कि भन्ने चिन्ता छ । तिवारी जस्तै धेरै परम्परागत रूपमा फूल रोप्नेलाई अहिले यो चिन्ता छ । पोखराका अग्रज नर्सरी व्यवसायी वसन्त बानियाँ यो वर्षको तिहार कात्तिक अन्तिममा परेकाले यस्तो अवस्था आएको बताउनुहुन्छ । “व्यावसायिक फूल खेती गर्नेले दिन गनेर फूल रोप्ने गर्छन् । परम्परागत रूपमा फूल रोप्नेले मौसम अनुसार फूल रोप्दा तिहारअघि नै सयपत्री फुलेको छ ।”
सेनेटरी प्याडमा आर्थिक चलखेल
पर्वतको कुस्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्न खरिद गरिएको सेनेटरी प्याडमा आर्थिक चलखेल भएको आरोप लागेको छ । आर्थिक अनियमितताका कारण सेनेटरी प्याडको भुक्तानी रकम रोकिएको छ । नेपाल सरकारको ससर्त अनुदान अन्तर्गत आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार सेनेटरी प्याड खरिदका लागि विराटनगरको जसमिन हाइजिङ प्रोडक्ट प्रालिसँग २०८० असार १२ मा सम्झौता भएको थियो ।
मनाङको स्वर्गद्वारी पहाड
मनाङ ङिस्याङ गाउँपालीका १ स्थित पिसाङ गाँउ र अन्नपूर्ण पदमार्ग नजिकै रहेको स्वर्गद्वारी पहाड ।
बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मुग्लिन–पोखरा सडक खण्डमा कालोपत्र गर्न थालियो
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ ।
भूकम्पपीडितलाई नवलपुरका तीन स्थानीय तहको आर्थिक सहयोग
पूर्वी नवलपरासीका तीन स्थानीय तहले भूकम्पका कारण पीडित भएकालाई दुई–दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
भूकम्पपीडितलाई एमाले सांसदको सात दिनको पारिश्रमिक सहयोग
नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकीको प्रदेश सभा संसदीय दलले भूकम्पपीडितलाई एक साताको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो
गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यस वर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
मुस्ताङ र डोल्पा सडकले जोडियो
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला सडक आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।
बालबालिकाका लागि असल संस्कार कक्षा सञ्चालन
नवलपुरको गैँडाकोटमा बालबालिकालाई व्यवहारिक ज्ञान दिन असल संस्कार कक्षा सञ्चालन भएको छ । पछिल्लो समय सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दैगएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले असल संस्कार कक्षा सञ्चालन गरिएको हो ।
गाउँमै आँखाको उपचार, बृद्धबृद्धा खुसी
अर्जुनचौपारी गाउँपालिका–१ की ८१ वर्षीय कुन्तीदेवी अर्यालले गाउँमै आँखाको उपचार गर्न पाएकोमा खुसी हुनुभएको छ ।
भूकम्पपीडितको सहयोगार्थ नवलपुरमा रक्तदान
पूर्वी नवलपरासीको कावासोतीमा भूकम्पपीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरूको उपचारका लागि सहयोग गर्न नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नवलपुर शाखाले खुला रक्तदान कार्यक्रम गरेको छ ।
जल यातायातलाई यात्रु पाउन मुस्किल
कालीगण्डकीमा सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुलो जलविद्युत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २१ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ ।
पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् ।