छ हजार हेक्टरमा सिँचाइ
म्याग्दीमा पछिल्लो पाँच वर्षको अवधिमा छ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म गण्डकी प्रदेश सरकारबाट विनियोजन भएका साना तथा ठुला सिँचाइ योजनाबाट जिल्लामा छ हजार २३२ हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको हो।
मनाङको मुख्य आयस्रोत जडीबुटी
चार वटा स्थानीय तह रहेको मनाङमा आम्दानीको मुख्य स्रोतका रूपमा जडीबुटीलाई लिन सकिन्छ। यस आर्थिक वर्षमा सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको छ भने सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको छ।
बाली बीमाप्रति किसानको आकर्षण छैन
बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु¥याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ ।
सिर्दीबासका ७० बढी हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित
उत्तरी गोरखाको सिर्दीबासका ७० जना भन्दा बढीमा हेपाटाइटिस ‘बी’ फेला परेको छ । चुमनुब्री गाउँपालिका –३ सिद्धिबासका १ हजार ५५० जनामा गरिएको परीक्षणमा हेपाटाइटिस ‘बी’ को सङ्क्रमण उच्च भेटिएको हो ।
नेपालकै लामो झोलुङ्गे पुल
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल । पछिल्लो समय यो पुलमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः डम्मर बुढामगर/रासस
म्याग्दीमा १३ पक्की पुल निर्माण
म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् ।
पशु आहारा उत्पादन गर्ने उद्योग सञ्चालनमा
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पशु आहारा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएसँगै कृषकहरूलाई राहत मिलेको छ ।
पोखरा पृथ्वीचोकको सडकमा पार्किङ निषेध
आइतबारबाट पृथ्वीचोक सडकको दुबैतिर पार्किङ गर्न रोकिएको छ भने स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गन दिइएको छ ।
परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान
जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।
सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घट्दा राजस्व बढ्यो
आर्थिक वर्ष २०७९-८० मा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले राजस्व सङ्कलनमा वृद्धि गरेको छ भने दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कमी आएको बताएको छ ।
सामुदायिक विद्यालयमा यातायात सेवा : पाँच घण्टाको पैदल यात्रा अन्त्य
तनहुँको आँबुखैरेनी गाउँपालिका–५, लाम्दीकी रेखा गुरुङलाई विद्यालय जान सधैँ हतार हुन्थ्यो। कक्षा ९ मा पढ्ने रेखालाई घरबाट विद्यालयसम्म पुग्न करिब २:३० घण्टा र फर्किन पनि त्यति नै समय हिँड्नुपर्ने थियो। सोही ठाउँकै कक्षा १० पढ्ने मुना गुरुङसँग पनि अर्को विकल्प थिएन। यो समस्या रेखा र मुनाको मात्रै होइन वडा नम्बर ५ मा माध्यमिक तहको विद्यालय नहुँदा टाढा धाउनुपर्ने बाध्यता सबैको थियो। गाउँपालिकाले निःशुल्क सवारीसाधनको व्यवस्था गरेपछि अध्ययनका लागि आँबुखैरेनी गाउँपालिका–६, हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न सहज भएको हो।
पानीका मूल जोगाउन एक लाख बिरुवा रोपिने
स्याङ्जामा पानीको मूल जोगाउन बृहत् वृक्षरोपण अभियान सुरु गरिएको छ। अभियान अन्तर्गत जिल्लाका ९७ वटै वडामा माटो सुहाउँदो बिरुवा रोपिने भएको छ। पछिल्लो समय पानीका मूल सुक्ने क्रममा रहेको भन्दै जिल्लाभर एक लाख बिरुवा रोप्ने कार्यक्रम तय गरिएको राष्ट्रिय सङ्कल्प अभियानका संयोजक दुर्गादत्तभुसालले जानकारी दिनुभयो।
अदुवा र बेसारखेतीतर्फ कृषकको आकर्षण
तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।
वागवानीले फलफुल तथा तरकारी बेचेर कमायो ७६ लाख
हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले गत आर्थिक वर्ष फलफूल तथा तरकारीजन्य सामग्री विक्रीबाट ६७ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ ।
समाजवाद उत्पादनसँग जोडिएको छः महामन्त्री थापा
कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको तुलना राष्ट्रियताको सवालमा कसैसँग हुन नसक्ने बताउनुभएको छ ।
लेखक सङ्घ कास्कीमा नयाँ नेतृत्व
नेपाली लेखक सङ्घ, कास्कीको अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ निर्वाचित हुनुभएको छ । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
कालीगण्डकी नदीमा डुबेर मृत्यु
जिल्लाको रम्भा गाउँपालिका –२, रानीबासका एक जना पुरुषको नदीमा डुबेर मृत्यु भएको छ । रानीबासका २६ वर्षका कोपिल पाडेँमगरको माछा मार्ने क्रममा कालीगण्डकी नदीमा डुबेर शुक्रबार राति मृत्यु भएको हो ।
गोरखाको राधा बल्लभेश्वर मन्दिर (फोटो फिचर)
गोरखाको पोखरी थोकमा रहेको ऐतिहासिक राधा बल्लभेश्वर मन्दिर गोरखाकै पुरानो तीर्थस्थल मध्ये एक हो ।
मनाङमा सुरु भयो यार्तुङ मेला
मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताउनुभयो ।
फुटबल मैदान छ, प्रतियोगिता छैन
कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङलाई पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरिच्याट्ट बनेकामा निकै खुसी हुनुहुन्छ तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित हुनुहुन्छ ।
विद्यालयको पहिरो नियन्त्रणका लागि स्विस दम्पतीबाट १५ लाख सहयोग
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट रु १५ लाख सहयोग प्राप्त भएको छ ।
छ वर्षमा पनि पूरा भएन अस्पताल भवन
बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ ।
बुद्धसिंह मार्गको काममा राष्ट्रपतिको चासो
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो दुरी र पृृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको सहिद बुद्धसिंह मार्गको निर्माण कार्यप्रति राष्ट्रपति रामचन्द्र पौडेलले चासो राख्नुभएको छ । जिल्लावासीले काममा ढिलाइ भएको गुनासो सुनाएपछि राष्ट्रपतिले निर्माणको प्रगतिको जानकारी लिनुका साथै ध्यानाकर्षण गराउनुभएको हो । राष्ट्रपति पौडेलले सचिवालयमार्फत उक्त मार्गको अनुगमनका लागि खटाउनुभएको छ ।
बारपाकमा भ्युटावर
भूकम्पको केन्द्रबिन्दु बारपाक सुलीकोट गाउँपालिकाको बारपाकमा भ्युटावर निर्माण गरिएको छ । गोरखाको ऐतिहासिक ठाउँ बारपाकमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भ्युटावर निर्माण गरिएको हो । बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बारपाक घुम्न आउने पर्यटकलाई एकै ठाउँबाट सिङ्गो बारपाक गाउँ र बारपाक वरपरको मनोरम दृश्यको अवलोकन गर्न सक्ने गरी बारपाकमा भ्युटावर निर्माण गरिएको जानकारी दिनुभयो ।