जीवनाेपयोगी ज्ञानका लागि 'झोलाविहीन शुक्रबार'
बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप तथा जीवनाेपयोगी ज्ञान र कलातर्फ आकर्षित हुने गरि विद्यालयहरुलाई क्रमशः 'झोलाविहीन शुक्रबार' बनाउने नीति लिइएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै
बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।
धर्म र पर्यटनलाई जोड्दै च्यवनधाम
शुक्लागण्डकी (सेतीगण्डकी) को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्ला गण्डकी’ शीर्षकको कविताको पङ्क्ति हो यो ।
तराईमा चर्को घाम लाग्न थालेपछि गर्मी छल्दै बालबालिका
तराईमा पुनः चर्को घाम लाग्न थालेपछि नवलपुर कावासोती –७ तरुवाका बालबालिकाहरु गर्मी छल्न खोला, तालमा पौडी खेल्नमा व्यस्त हुन थालेका छन् । पहिलो त्रैमासिक परीक्षा दिएर स्कुल बिदा भएपछि बालबालिकाहरु फुर्सदिला भएकाले घाम छल्ने उपायमा लागेको बताएका छन् ।
अस्पताल भवन निर्माण अधुरै
सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो ।
विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणालीमार्फत् राजस्व निर्धारण तथा सङ्कलन गर्ने कामको सुरु गरेको छ ।
परम्परागत ढुङ्गे घर
म्याग्दीको मङ्गला गाउँपालिका–३, स्थित रातो माटो र कमेरोले पोतिएका परम्परागत ढुङ्गे घरहरू ।
निःशुल्क एम्बुलेन्स सेवा
स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ। नगरपालिकाले एम्बुलेन्स सेवा दिएसँगै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाको उपाचार सेवा प्रवाहमा सहज भएको छ। पलिकाले ज्येष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलालाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने पालिकाले बताएको छ।
नवलपुरमा डेंगुको जोखिम उच्च ३६६ जनामा सङ्क्रमण
जिल्लामा डेंगुको सङ्क्रमण उच्च जोखिममा रहेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा ३६६ जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम बढेको जनाएको हो ।
सहकारीबाट लिएको ऋण तिर्न स्याङ्जाका पालिकाहरूको ताकेता
स्याङ्जाका पालिकाहरूले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकाहरूलाई तिर्न ताकेता गरेका छन् । जिल्लाको वालिङ, चापाकोट र भीर कोट नगरपालिकाले सूचना नै निकालेर ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्न अनुरोध गरेका हुन् ।
डेढ अर्ब बचत हिनामिना सहकारी सञ्चालक सहित कर्मचारी कारागार चलान
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
सडकले सुगम बन्दै दुर्गम ताराखोला
कुनै दिन दुर्गम ठाउँका रूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन ।
याक र चौँरीमै देखियो लम्पी स्किन
हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।
'बेलिब्रिज' सञ्चालनमा आएपछि आवतजावतमा सहज
बेलिब्रिजको सम्पूर्ण निर्माण सकेर सवारी आउजाउका लागि सञ्चालनमा ल्याइएको छ भने बर्खाको समयमा यात्रुलाई सहज भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।
रैथाने बाली संरक्षणमा जुट्दै पालिका
पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पुर्याउने उद्देश्य रहेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।
कृषि र पर्यटनलाई प्राथमिकता दिएका छौँ
तनहुँका छवटा गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका भौगोलिक रूपमा सबैभन्दा ठूलो स्थानीय तह हो। स्थानीय तहको निर्वाचन–२०७९ मा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको हो। उहाँको यो दोस्रो कार्यकाल हो। ‘ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका विकास निर्माणमा अघि बढिरहेको छ। अध्यक्ष श्रेष्ठसँग गोरखापत्रकर्मी अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
आकाश गर्जंदा पनि झस्किछन् मनाङी
लामो समय बाढीको जोखिम, यातायातबाट विच्छेद भएका र अन्य समस्या झेलेका मनाङीहरू आकाश गर्जंदा अहिले पनि झस्किने गरेका छन्। पानी पर्न थालेपछि उनीहरू झस्किनुपर्ने अवस्था आएको हो। दुई वर्षअघि ठूलो वर्षासँगै आएको बाढीपहिरोका कारण दुई महिना सडक सञ्जालबाट विच्छेद रहनुपरेको थियो। सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए। नासो गाउँपालिका–५, धारापानीका स्थानीय कृष्ण गुरुङ जसले गर्दा अहिले पनि ठूलो वर्षा हुनासाथ सिरिङ्ग हुने गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “अलि ठुलो पानी परेपछि मन झसङ्ग हुन्छ, फेरि पनि ठुलो पानी प-यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भनेर पिर लाग्छ।”
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा
रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।
बारपाक–भूकम्प स्मृति उद्यान
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण गरिएको भूकम्प स्मृति उद्यान । भुकम्प ज्यान गुमाएकाहरुको नामावाली प्राप्त हुन नसक्दा स्मृति उद्यान निर्माण सम्पन्न हुन सकेको छैन ।
करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार
पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ ।
झाडीमा बदलियो बीच भलिबल कोर्ट
१३औँ दक्षिण एसियाली खेलकुदमा नयाँ खेल थपियो । थपिएको नयाँ खेल थियो, बिच भलिबल । समुद्री किनारमा खेलिने बिच भलिबल भूपरिवेष्टित नेपालमा कहाँ खेलाउने भन्ने केही समय दुबिधै रह्यो ।
नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै
पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार यहाँ नागरिकताभन्दा राहदानी बनाउनेको भिड छ । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर छ ।
जलविद्युत आयोजना समयमै निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभएको छ । धादिङ र गोरखाको सीमामा रहेको गण्डकी गाउँपालिका –८ को सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटनको क्रममा सो आग्रह गर्नुभएको हो ।
रत्न मन्दिरको सबै कक्ष हेर्न पाउनुपर्ने माग
गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर दरबार सर्वसाधारणका लागि खुला गरियो । दरबार परिसर र केही स्थान खुला गरिए पनि दरबारको भित्री भाग भने अझै बन्द छ । आन्तरिक पर्यटकले सबै कक्षको अवलोकन गर्न पाउनुपर्ने माग गरेका छन् ।