भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् ।
भानुको सम्झनामा दमौलीमा गुन्जिए रामायण
महर्षि वेद व्यास विद्याश्रमका बटुक विमल उपाध्याय न्यौपानेले सुरिलो स्वरमा फरर रामायण पढेर सुनाउँदा उपस्थित सबै चकित परे । नेपाली लेखक सङ्घ तनहुँले २१० औँ भानु जयन्तीको अवसरमा दमौली स्थित बाल मन्दिर माध्यमिक विद्यालय दमौलीमा आयोजित रामायण वाचन कार्यक्रममा चकित परेका हुन् ।
जन्मस्थलमै भानुभक्तको उपेक्षा
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य जन्मस्थलमै उपेक्षामा पर्नुभएको छ । भानु नगरपालिका –४ स्थित भानुको घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ भने निर्माण गरिएको रामायण भवन पनि प्रयोग बिहीन अवस्थामा जीर्ण बन्दै गइरहेको छ।
पहिरोले लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो
म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ ।
म्याग्दी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
हिमाली जिल्ला म्याग्दीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
तनहुँका किसान पशुपालनमा आकर्षित : मासु, अण्डा र दूधमा आत्मनिर्भर
पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् ।
सर्प उद्धार गर्ने तरिका नमिल्दा मानिस र सर्प दुवैको ज्यान जोखिम
सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्न विज्ञको सुझाव छ । नेपाल पक्षी संरक्षण सङ्घका अध्यक्ष प्रा.करनबहादुर शाहले सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्न आग्रह गर्नुभयो ।
‘जनजीविकालाई प्राथमिकता दिएको छु’
बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम हो। बेनी जिल्लाका छ वटा स्थानीय तहमध्येको एक मात्र नगरपालिका हो। यो नगरपालिका साबिकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिँगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर निर्माण गरिएको हो । यो नगरपालिकाको म्याग्दीका मङ्गला र रघुगङ्गा गाउँपालिका, बागलुङ र पर्वत जिल्लासँग सिमाना जोडिएको छ। बेनीको क्षेत्रफल ७६.५७ वर्ग किलोमिटर छ। २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ६९७ रहेको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा सुरत केसी निर्वाचित हुनुभएको हो । बेनी नगर प्रमुख सुरत केसीसँग गोरखापत्रकर्मी अमृतप्रसाद पौडेलले गर्नुभएको कुराकानी :
‘एक घर एक बिरुवा’ बनाउँदै हरित सडक
गैँडाकोट नगरपालिकाले ‘एक घर एक बिरुवा’ हरित सडक कार्यक्रमको नीति लिएको छ। स्थानीयस्तरमा सामुदायिक वनसँग साझेदारी गर्दै उत्पादनमूलक जडीबुटी तथा फलफूल खेतीबाट आयआर्जन र रोजगारी वृद्धिमा जोड दिने जनाइएको छ।
गण्डकीमा रासायनिक मल मौज्दात
गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो ।
भवन नहुँदा सेवा प्रवाहमा समस्या
जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण तीनवटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए ।
तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण ७५ प्रतिशत पुरा
यहाँ निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पानी लैजाने सुरुङ निर्माण झन्डै ७५ प्रतिशत पुरा भएको छ । पानी लैजाने सुरुङको एक हजार चार सय ५६ मिटर मध्ये पाँच सय मिटर मात्रै बाँकी रहेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले बताउनुभयो । यसै सुरुङमार्फत पानी खसाएर पावर हाउस निर्माण हुने छ ।
बेँसीसहर–चामे सडक अवरुद्ध
पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो ।
पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह
नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपियाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिनुभयो । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो ।
पर्यटकीय क्षेत्र सुनसान हुँदा होटल बन्द
वर्षा सिजनका कारण पर्यटकको चलहपल हुने राउण्ड अन्नपूर्ण क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकका लागि उपयुक्त मौसम नभएका कारण यस क्षेत्रमा पर्यटक आउन छाडेसँगै अन्नपूर्ण पदयात्रा मार्ग सुनसान बनेको हो ।
रेलिङसहितको पदमार्ग
बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग ।
तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि ६६ टावर जडान
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि ६६ वटा टावरको निर्माण सम्पन्न भएको छ ।
एयरपोर्टको पार्किङ शुल्क घटाउन माग
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ। यसका साथै सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पु-याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।
डिप बोरिङ परियोजना लागु
पूर्वी नवलपरासीको देवचुली– १०, पृथ्वीनगरमा सिँचाइका लागि डिप बोरिङ परियोजना लागु गरिएको छ। अन्न तथा तरकारी बाली उत्पादनका लागि देवचुली नगरपालिकाको ६० बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ। नदी सिँचाइ प्रणालीले नछोएका र आकासेपानीको भरमा खेती गरिरहेका देवचुली नगरपालिका वडा नं. १० र ११ मा यसै वर्षदेखि परियोजना लागु भएको हो।
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर ।
शुक्रबार गण्डकी प्रदेशमा सार्वजानिक बिदा
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मौलाकालिकामा केबलकार सञ्चालनसँगै बढे पर्यटक
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएसँगै यहाँका मानिसको जीवनस्तरमा परिवर्तन आएको छ ।
पालुङटारका कृषकले बिक्री गरे १२ करोड रुपियाँको लिची
गोरखाको पालुङ्टार नगरपालिकाको तीन वटा वडाका कृषकको लिची खेतीबाट मनग्गे आम्दानी गर्दैआएका छन् । सो क्षेत्रबाट मात्र यस बर्ष करिव १२ करोड रुपियाँको लिची बिक्री भएको लिची उत्पादक कृषकले बताएका छन् ।
योजना कार्यान्वयनका लागि समय तालिका बनाउँछौँ : मन्त्री जुग्जाली
प्रदेशभित्र रहेका कुनैपनि आयोजनालाई सम्पन्न गर्नका लागि समय तालिका बनाएरै अगाडी बढ्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभएको छ ।