१७ वर्षीया छोरीमाथि बुवाले गरे खुकुरी प्रहार
भिरकोट नगरपालिका ७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।
जीप दुर्घटना अपडेट : थप एकको मृत्यु
दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार
गण्डकी, असार ३१ गते । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बन्नुभएको छ । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिनुभएको छ । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उहाँ जागिरको सिलसिलामा अष्ट्रेलिया पुग्नुभयो । उहाँले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गर्नुभयो । “अष्ट्रेलियामा मूर्तिकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरनासहितका चरनमा रहेका जङ्गली जनावर र मागअनुसार मूर्ति बनाउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छाशक्तिका साथ स्वदेश फर्किए ।”उहाँ अष्ट्रेलियामा काम गर्दा मासिक रु. दुई लाख आम्दानी गर्नुहुन्थ्यो । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उहाँ स्वदेशी फर्कनुभयो । छ वर्ष अघि स्वदेश फर्कनु भएका उहाँले हामी मासिक रु. ७० हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ भने तीन जनालाई जागिर पनि दिनुभएको छ । होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उहाँले भन्नुभयो, “पानीको झरना, आसपासमा बच्चासहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ति निर्माण गर्दा सामग्रीबाहेक रु. १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उहाँले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताउनुभयो ।उहाँसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहनुभएको छ । उहाँहरुले मासिक रु. १७ हजारका दरले पारिश्रमिक पाउनुहुन्छ । “मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ”, उहाँले भन्नुभयो । पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गर्नुभएका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउनुहुन्छ । “एक जोडि शिवलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु. छ हजार पाँच सयका दरले रु. सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उहाँले भन्नुभयो । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । रासस
‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै
गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन् ।
योजनाबद्ध विकास प्राथमिकतामा
बिरुवा गाउँपालिकाले योजनाबद्ध विकास तथा पालिकाको पहिचानलाई नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा राखेको छ। पालिकामा विवादका कारण गत असार ९ गते सुरु भएर दुई पटकसम्म स्थगित भएको थियो। शुक्रबारको गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान कायम राख्ने गर्ने विषयलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।
जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।
घाँसी कुवा संरक्षणको प्रतिबद्धता
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसी कुवा संरक्षण गर्ने प्रतिबद्धता सरोकारवालाले गरेका छन्। भानु घाँसी संरक्षण पार्कले २१० औँ भानुजयन्तीको अवसरमा व्यास नगरपालिका–१२, घाँसी कुवामा गरिएको कार्यक्रमममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। प्रतिबद्धता व्यक्त गरेपछि घाँसी कुवा र पार्कको संरक्षण हुनेमा स्थानीय आशावादी भएका छन्। पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले घाँसी कुवामा रहेको कुवा र पार्कमा सडक पुग्ने भएकाले मासिने जोखिम रहेको छ। स्थानीयले यसको संरक्षण गर्नुपर्ने माग राख्दै आएका छन्।
महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच
भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे ।
बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर
वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् ।
म्याग्दीका तातोपानी कुण्डको आम्दानी दुई करोड
म्याग्दीमा रहेका तातोपानी कुण्डहरूले एक वर्षको अवधिमा करिब दुई करोड रुपियाँ आम्दानी गरेका छन् । म्याग्दी र कालिगण्डकी नदी किनारमा रहेका तातोपानीका कुण्डाहरुले चालु आर्थिक वर्षमा एक करोड ९३ लाख ४१ हजार चार सय सत्र रुपियाँ आम्दानी गरेका हुन । प्रवेश तथा स्नान शुल्क र चन्दा सहयोगबाट उक्त रकम सङ्कलन भएको हो ।
तनहुँ जलविद्युत आयोजनाको काम ३८ प्रतिशत सम्पन्न
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ३८ प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३८ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।
भानु कप फुटबल सुरु, उद्घाटन खेलमा सेभेन स्टार विजयी
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक धन राशिको भानुकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
सामुदायिक विद्यालयमा प्राविधिक विषय पढाइसँगै विद्यार्थीको आकर्षण
पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरूको आकर्षण बढेको हो ।
शतप्रतिशत योजना कार्यान्वयन
उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा झन्डै शतप्रतिशत योजना कार्यान्वयन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आव २०७९/८० मा छनोट गरेका १६८ योजनामध्ये १६६ योजना कार्यान्वयन भएको बताउनुभयो। रघुगङ्गा गाउँपालिका–२, भगवती र ५ झिँ को वडा कार्यालय निर्माण सम्पन्न भएका छन्। त्यस्तै झिँ–टोड्के सडक, भगवती र झिँमा कोल्डस्टोर, घुमाउने ताल–तिल्केनी–राहुघाट नदी नियन्त्रण जस्ता महत्वपूर्ण योजना कार्यान्वयन भएका छन्।
जापानको आम्दानी बाख्रापालनमा लगानी
गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोरोना कहरको समयमा नेपाल आउनुभएका बस्नेत पुनः जापान फर्कन चाहनुभएन ।
पोखरा–मुग्लिन सडक आयोजनाको पोखरा खण्डको काम बढाउन छलफल
पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एसियाली विकास बैङ्क (एडिबी)को टोलीबीच शुक्रबार छलफल भएको छ ।
गण्डकीकाे सबैभन्दा ठुलो हेलिप्याड हस्तान्तरण
अर्जुन चौपारीमा गाउँपालिका १ बजारमा निर्माण गरिएको हेलीप्याड हस्तान्तरण गरिएको छ ।
राज्यबाट पाउने सुविधा नपाएको किसानकाे गुनासो
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा किसानहरुले राज्यबाट पाउनुपर्ने सुविधाहरु पाउन नसकेको गुनासो गरेका छन् ।
'कोरा साइक्लिङ च्यालेन्ज' हुने
नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ ।
भाषिक एकतामा भानुभक्तको योगदान महत्वपूर्ण
भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज पोखरामा आयोजित २१०औँ भानु जयन्तीमा भाषिक एकतामा भानुभक्तले पु¥याउनुभएको योगदानको चर्चा गरिएको छ ।
सहस्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने
सहस्राब्दीब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ ।
पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध
अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो ।
सात वर्ष बित्दा पनि अस्पताल भवन बनेन, टहरामा अस्पताल सञ्चालन
हिमाली जिल्ला म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण कार्य सात वर्ष बित्दा समेत पुरा हुन सकेको छैन । सरोकार पक्षको ताकेता नहुँदा र ठेकेदारको बदमासीका कारण सात वर्षदेखि भवन अलपत्र अवस्थामा रहेको छ ।
आज भानुजयन्ती
आज २१० औँ भानुभयन्ती । आज देशका शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । नेपाली साहित्य जगत्मा प्राथमिक कालका कवि मानिँदै आउनु भएका आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो । नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् ।