ग्राहकको खाताबाट रकम चोरी
गोरखा सदरमुकाममा रहेको एनएमबी बैङ्कको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ। आफू बैङ्कको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनी झुक्याएर ग्राहकको खातामा भएको रकम ‘ट्रान्सफर’ गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो।
अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् ।
५० रुपियाँमा विक्री गर्नु पर्ने अनुदानको मल ६५ मा विक्री
सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।
घार खोलाको १४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो
म्याग्दीमा उत्पादन भएको घार खोला जलविद्युत आयोजनाको १४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ मा निर्माण भएको घार खोला जलविद्युत आयोजनाको सबै संरचना र उपकरणहरूको परीक्षण सफल भई उत्पादित विद्युत् आइतबार देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
सुनसान बन्दै पर्यटकीयस्थल मानुङकोट
पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आँकलन गरिएको छ ।
‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिका विमोचन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन गर्नुभएको छ ।
देशलाई सङ्कटबाट एमालेले पार लगाउँछ : पूर्वमन्त्री विष्ट
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवम् पूर्व मन्त्री गोकर्ण विष्टले मुलुकलाई सङ्कटबाट पार लगाउने शक्ति एमाले मात्र भइएको बताउनुभएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध
शनिबार परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डको बैसरीमा सडक अबरुद्ध भएको छ । बेनी–जोमसोम–कोरला–कालिगण्डकी करीडोर सडक आयोजना अन्तर्गतको रघुगंगा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट आएको पहिरो सडक अबरुद्ध भएको हो ।
स्याउखेतीतर्फ आकर्षित
हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् ।
आकर्षणको केन्द्र हिमताल
यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ ।
वडा सचिवबाटै सामाजिक सुरक्षा भत्ता हिनामिना
म्याग्दीमा एक जना वडा सचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–१, बेगका वडा सचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिकाको छानबिन समितिले जनाएको छ । सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि पालिकाले छानबिन समिति बनाएको थियो ।
एकै थलोमा अग्रज र अनुज कलाकार
पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिनुभयो । उहाँसँगै अन्य कलाकार पनि त्यहीँ हुनुहुन्थ्यो ।
तनहुँमा उत्पादित कागतीले बजार पाएन
तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो ।
फोहोरले कुरुप बन्दैछ पर्यटकीय क्षेत्र ‘लभ्ली हिल’
धौलागिरी हिमाललाई नाङ्गो आँखाले देख्न सकिने रमणीयस्थल लभ्ली हिल पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइभरी छरिएका फोहोर देखेर दिक्दार हुनेगरेका छन् ।
समुन्नतिका नयाँ सम्भावना खोज्दै छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले सीमित, स्रोत साधनमार्फत् समुन्नतिका नयाँ सम्भावना खोजिरहेको बताउनुभएको छ। सरकार गठन भएको शनिबार एक सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा उहाँले अहिलेको प्राथमिकता उत्पादन वृद्धि र जनको समृद्धि भएको उल्लेख गर्नुभयो।
चाइना रेलवे परियोजनामा पोखरा महानगरको साथ
बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर (फोटो फिचर)
म्याग्दीको सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर धार्मिक पर्यटकीय स्थल हो । शिवालय मन्दिर माथि ठूलो बरको रुख रहेको छ ।
बुकीमै पुगेर लम्पी स्किनको उपचार
यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् ।
तनहुँमा डेंगुबाट बच्न लामखुट्टेको लार्भा खोज र नष्ट अभियान
तनहुँमा डेंगु ज्वरोको प्रकोप फैलिएको र बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ४४ बिरामी पहिचान भएका हुन् ।
याक र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप
मनाङमा याक र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले हिमाली जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि खोप लगाउन थालिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै स्थानमा फैलिएको ‘लम्पी स्किन’ यहाँ पनि देखिएपछि सुरक्षित गराउन खोप आएको छ, लगाइरहेका छौँ।”
गाउँ गाउँसम्म सडक कालोपत्रे
पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव २०७९/८० मा २२ किमि कालोपत्रे र २०.६५ किमि ढलान गरेको हो।
किर्ते गरेर सामाजिक सुरक्षा भत्ता हिनामिना
म्याग्दीमा एकजना वडासचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगंगा गाउँपालिका –१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिका छानविन समितिले जनाएको छ ।
अवरुद्ध सालझण्डी–ढोरपाटन सडक सञ्चालन
अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।
मिटरब्याज पीडितलाई निवेदन दिन आयोगको आह्वान
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ ।