• ८ मंसिर २०८१, शनिबार

रोशनी माविलाई उपमेयर कप उपाधि

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, कात्तिक २५ गते । प्रथम पुतलीबजार उपमेयर रनिङ कप अन्तर बिद्यालय छात्रा लिग क्रिकेटको उपाधि रोशनी आवासिय माविले जितेको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला क्रिकट टस जितेर पहिला ब्याटिङ रोजेको रोशनीले निर्धारित १० ओभरमा दुई विकेटका क्षतिमा ७८ रन बनाएको थियो । ७९ रनको विजयी लक्ष्य पछ्याएको ज्ञानोदयले निर्धारित १० ओभरमा आठ विकेटको क्षतिमा ४८ रन मात्र बनाएको थियो ।  

उपविजेता बनेको ज्ञानोदयले १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको जिल्ला क्रिकेट संघका सचिब बिक्रम तिवारीले बताउनुभयो । इभरग्रिम माबिले तेस्रो बन्दै नगद पाँच हजार रुपियाँ पुरस्कार पायो । 

रोशनीकी कुसुम गोदारले १० विकेट र ३८ बनाउदै प्रतियोगिताको उत्कृष्ठ खेलाडी हुनुभयो । कात्तिक २० गतेबाट शुरु भएको प्रतियोगितामा कास्की र पर्वतका एक एक सहित १६ विद्यालयको सहभागिता रहेको थियो । 

क्रिकेटमा महिला खेलाडिलाई आर्कषित गर्ने लक्ष्यकासाथ जिल्लामा पहिलो पटक छात्रा क्रिकेट प्रतियोगिता गरिएको हो ।