अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित
पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।
डुम्रे–दमौली सडक कालोपत्रे
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत डुम्रे–दमौली खण्डमा कालोपत्रे सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डमा ‘अस्फाल्ट प्रविधि’ मा कालोपत्रे गरिएको हो । डुम्रे–दमौली क्षेत्र अन्तर्गत बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा काम धमाधम भइरहेको छ । यसअघि आँबुखैरेनी गाउँपालिका–१, बरादीमा डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको आयोजनाले जनाइएको छ ।
सेनाले गर्यो फायर फाइटिङ नमुना अभ्यास
एकातिर धुवाँको मुस्लोसँगै आगो दनदनी बलिरहेको थियो भने अर्कातिर मानिस हारगुहार गरिरहेका थिए । पोखरा महानगरपालिका–२६, विजयपुरका घरबस्तीमा लागेको आगो निभाउने स्थानीयको प्रयास सार्थक हुन सकेको थिएन । दिनको समय जताततै मानिस थिए । कहाँ के भयो भन्ने खुल्दुली भएको थियो ।
एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ
पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको हो ।
जिप सफारी सेवाले पर्यटकको सङ्ख्यामा वृद्धि
आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने मुख्य सिजन भनेको चाडपर्वको समय हो । यस्तो बेला पर्यटकीयस्थलको प्रचार प्रसार र व्यवस्थापन पनि महत्त्वपूर्ण हुन्छ ।
पोखराको लेक साइड बन्द नगर्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।
सञ्चालन हुन सकेन अस्पतालको आइसियु सेवा
जटिल प्रकृतिका बिरामीको उपचार गर्न आवश्यक पर्ने भ्यान्टीलेटरसहितको आइसियु सेवा झण्डै तीन वर्षदेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।
आठ जना एचआइभी सङ्क्रमितको मृत्यु
म्याग्दीमा एआरटी सेबा सुरु भएपछि आठ जना नागरिकको एचआइभी तथा एड्स सङ्क्रमणबाट मृत्यु भएको छ । वि.सं २०७१ बाट एचआइभी तथा एड्स एन्टीरेट्रोभाइरल थेरापी(एआरटी) सेन्टर सुरु भएपछि हालसम्म आठ जनाको मृत्यु भएको हो ।
नवलपुरका काँक्रो किसान आन्दोलित
बिचौलियाका कारण आफूहरू मारमा परेको भन्दै नवलपुरका किसान आन्दोलित भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ का काँक्रो किसानले आन्दोलन सुरु गरेका हुन् ।
चार धामलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न जोड
मनकामना देवी र सहोदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनहुँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यकारुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण
चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडिलाई करिब २८ करोडको राहत हस्तान्तरण गरेको छ ।
चिसो बढेपछि बेँसी सारिँदै गोठ
हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् ।
भूकम्पको धक्काले अवरुद्ध सडक अझै खुलेन
जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुन चौपारि १ सडक पाँच दिन खुल्ला यात्रुले सास्ती भोग्नु परेको छ । भूकम्पको धक्काबाट अवरुद्ध सडक गोल्डेन गुड बानियाँ जेभिको लापरबाहीका कारण पाँच दिन देखि खुल्न नसकेको हो ।
होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्
यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको अतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरू पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक प्रहरी खोरमा
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
एकै पटक बाह्र वटा स्वास्थ्य चौकी निर्माण
वालिङ नगरपालिकाले सहज स्वास्थ्य सेवा प्रवाह गर्नका लागि एकै पटक १२ वटा आधुनिक भवन निर्माण गरेको छ । चार वटा प्रतिभवन दुई करोड १४ लाख रुपियाँ, दुई वटा ४७/४७ लाख रुपियाँ र छ वटा भवन २८/२८ रुपियाँ गरी ११ करोड १८ लाख लागतमा सङ्घीय सरकारको अनुदानमा आधुनिक भवन निर्माण सम्पन्न गरिएको हो ।
सरकारको काममा जनताको ऐक्यबद्धता छ: गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले सरकारले चालेका कदममा जनताको ऐक्यबद्धता रहेको बताउनु भएको छ ।
फोटामा झोलुङ्गे पुल
पोखरामा मङ्गलबार पुलको इतिहासदेखि वर्तमानसम्मलाई लिएर फोटो प्रदर्शनी आयोजना गरिएको छ । १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएको उपलक्ष्यमा प्रदर्शनी आयोजना गरिएको हो । पोखराको फेवाताल किनारमा राखिएका पुलका फोटोले नेपालको भौगोलिकता र विकटतालाई समेत प्रतिविम्बित गरेको छ । पूर्वाधार विकास निर्देशनालय र झोलुङ्गे पुल सहयोग एकाइ हेल्भेटास नेपालको सहयोगमा आयोजना गरिएको फोटोलाई स्वदेशी एवं विदेशी पर्यटकले रुचिसाथ अवलोकन गरेका छन् ।
लैङ्गिक विभेदमुक्त समाज निर्माणमा जोड
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि लैङ्गिक हिंसामा कमी आएको बताउनुभएको छ ।
अन्नपूर्णको फेरोमा बढे पर्यटक
गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो ।
कोरला नाका कात्तिक २७ गतेदेखि सञ्चालन हुने
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताउनुभयो ।
आगामी मनसुन अगावै तनहुँ जलविद्युतकाे बाँध निर्माण सकिने
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको छ ।
प्लास्टिकका फूूलमाला बिक्री वितरणमा रोकसँगै अनुुगमन
गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूूलमाला बिक्री वितरणमा रोक लाएको थियो ।
बिपी स्मृति भवनलाई जुट्यो तीन करोड
बागलुङमा गत वर्षदेखि निर्माण थालिएको बिपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ ।