• २२ वैशाख २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्ड आज तनहुँ आउनुहुँदै

blog

प्रधानमन्त्रीले उद्घाटन गर्नु हुने आँबुखैरेनी अस्पतालको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर  १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँको आँबुखैरेनीमा आउनुहुने भएको छ । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनुहुने भएको हो ।

बिहान ११ बजे अस्पतालको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । प्रधानमन्त्रीले तनहुँको आँबुखैरेनी र गोरखाको गोरखा नगरपालिका जोड्ने मर्स्याङ्दी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम छ । सुरुमा राजनीतिक कार्यकर्ता भेटघाट, अस्पताल र पुल उद्घाटनपछि जनप्रतिनिधिसँग अन्तरक्रिया लगायतका  कार्यक्रम छ ।

 आँबुखैरेनी गाउँपालिका साबिकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक वर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पताल सञ्चालनमा ल्याइएसँगै तनहुँलगायत छिमेकी जिल्ला गोरखा,लमजुङ र चितवनका केही भेगका बासिन्दा लाभान्वित हुँदै आएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

 कार्यक्रममा उपस्थितिको गाउँपालिकाले सबै राजनीतिक दल, सङ्घ संस्था, विद्यालय, आमा समूह, टोल विकास संस्था, युवा क्लब तथा सम्पूर्ण गाउँपालिकावासीलाई अनुरोध गरेको छ ।