गण्डकी प्रदेश सभा बैठक बस्दै
गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
‘क्वार्ज क्रिस्टल’ दरबारमा राखिने
गत असार १४ गते गोरखा नगरपालिका–७, सतीपीपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ। गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बरामद गरिएको घरका परिवारले उक्त ढुङ्गालाई कुल देवताको मानेर पूजा गर्दै आएको र यसलाई गोर्खाली जनताले पनि शक्तिको प्रतिकका रूपमा लिएकाले जिल्लाबाहिर नपठाउने निर्णय भएको जानकारी दिनुभयो।
तलब नपाएपछि विद्यालयमा तालाबन्दी
देवचुलीस्थित देवचुली माध्यमिक विद्यालयमा आठ महिनासम्म पनि नयाँ विद्यालय व्यवस्थापन समिति बन्न नसक्दा शिक्षकले तलब पाएका छैनन्। गत पुस ३० गते विघटन विद्यालय व्यवस्थापन समिति विघटन भएको थियो। जसका कारण विद्यालय अस्तव्यस्त बन्न पुगेको छ। रजहरका समाजसेवी पबिन्दै जिसीले पटक पटक व्यवस्थापन समिति निर्माणका लागि छलफल र बैठक भए पनि राजनीतिक दाउपेचका कारण बन्न नसकेको बताउनुभयो।
पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका
पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।
कागबेनी बाढी अपडेट : २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध हुँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प
आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै ।
बेनी–जोमसोम सडक: बैसरीको पहिरो रोकथाम गरिँदै
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।
एकसाथ एक्काइस म्युजिक भिडियो
लोकगायिका हरिदेवी कोइराला यतिबेला निकै व्यस्त हुनुहुन्छ । आफ्ना पुराना र नयाँ गरी २१ गीतको म्युजिक भिडियो बनाउन उहाँ जुट्नुभएको छ । पहिला नै रेकर्ड भएका र जनमानसमा लोकप्रिय भएका केही गीतलाई उहाँ म्युजिक भिडियोमा ल्याउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले गीत हेर्ने जमाना आयो । पहिले क्यासेटमा निकालेका गीत संरक्षण गर्न र पछिल्लो पुस्तालाई सुनाउन पनि म्युजिक भिडियो बनाउनैपर्ने भयो ।”
सहकारीको छुर्पी अमेरिका निर्यात
स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीले कृषकबाट दुध सङ्कलन गरेर विभिन्न प्रकारका परिकारसमेत उत्पादन गर्दै आएको छ । पशुपालक कृषकले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घिउ, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएको सहकारीकी प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । प्रबन्धक रेग्मीका अनुसार सहकारीले आफैँ दुधबाट बन्ने परिकार बनाएर स्थानीय बजारमा बिक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तु बिक्रीका लागि काठमाडौँ पठाउने गरिएको सहकारीले जनाएको छ ।
कागबेनीका बाढीपीडितलाई तत्काल सहयोग पठाइने
गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ ।
झोङको पहिरोले कागबेनीमा भौतिक संरचनामा ठुलो क्षति
आइतबार बेलुका देखि कागखोलामा आएको बाढीले कागबेनी क्षेत्रमा रहेका ४८ भवनमा क्षति पुर्याएको छ । बाढीले गर्दा प्रहरी चौकी, मन्दिर, धर्मशाला लगायतका भौतिक संरचनामा क्षति भएको हो ।
तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा
तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । बिहीबार राति बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो ।
नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह
नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गर्नुभएको छ । भरतपुर-२७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उहाँले आग्रह गर्नुभएको हो ।
दुई महिलामाथि बाघको आक्रमण
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बाघले आक्रमण गरी दुई महिलालाई घाइते बनाएको छ ।
आहा सुन्दर बाँउसे झरना
कालिगण्डकी कोरिडोरमा पर्ने सुन्दर झरना । पर्वतको जलजला गाउँपालिका वडा नम्बर १ बाँसखर्कबाट कालिगण्डकी नदीमा खसेको झरना ।
शिक्षकले तलब नपाएपछि विद्यालयमा तालाबन्दी
गत पुस ३० गते विघटन भएको देवचुुलीस्थित देवचुुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति आठ महिना बितिसक्दा पनि नयाँ समिति बन्न नसक्दा शिक्षकले अहिलेसम्म तलबभता समेत नपाएका कारण विद्यालय अस्तव्यस्त बन्न पुुगेको छ ।
कागबेनीमा राहत पठाउने गण्डकी सरकारको निर्णय
गण्डकी सरकारले आइतबार राति बाढी क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल राहत पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
मोती पाइन सक्छ पोखराका तालमा
तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो ।
आँखा पाक्ने सङ्क्रमण बढेपछि स्याङ्जामा विद्यालय बन्द
आँखा पाक्ने तथा दुख्ने सङ्क्रमण बढ्न थालेपछि स्याङ्जामा धमाधम विद्यालयको पठनपाठन बन्द हुन थालेको छ ।
बरामद गरिएको ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय
गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।
झोलुङ्गे पुलको जिल्लामा पनि ‘फड्के’को बाध्यता
झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरू जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन् ।
पहिराको जोखिममा रिगाउँ, विद्यालय बन्द
धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।
बाढीले क्षति पु र्याएको झोलुङ्गे पुल
त्रिशूली नदीमा आइतबार राति आएको बाढीले क्षति पु र्याएको गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०
अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो
बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।
शरीरभरि गोलीका छर्रा गाईगोठ गौरवको दिनचर्या
त्यो जिन्दगीको सबैभन्दा ठुलो अविस्मरणीय घटना थियो तर अब त मिति पनि बिर्सिन थालिए छ, पूर्वकम्पनी कमान्डर गौरव राउत भन्नुहुन्छ। २०५९/६० सालतिरको कुरा होला, माओवादी लडाकुको एउटा कम्पनी जुम्लाको जङ्गलमा हिँड्दै गर्दा नेपाली सेनाको घेराबन्दीमा प¥यो। सेनाले लडाकु देख्ने बित्तिकै फायर खोल्यो। गोली लागेर नौ जना घटनास्थलमै सहिद भए। शरीरभरि गोलीका छर्रा लागेका एक जना तिहाला खोलामा पौडी खेल्दै भाग्न सफल हुनुभयो।