जसपाको गण्डकी प्रदेश समितिको अध्यक्षमा गोपाल गुरुङ
जनता समाजवादी पार्टी (जसपा) नेपालको गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । पोखरामा आयोजित कार्यक्रमबाट गोपाल गुरुङको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो ।
स्थानेश्वर स्मृति प्रतिभा पुरस्कारबाट पोखरेल सम्मानित
स्थानेश्वर शर्मा अर्याल स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०७७ साहित्यकार मनोहरप्रसाद (विवश)पोखरेललाई प्रदान गरिएको छ । युवा साहित्यकार शम्भु अर्याल र सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले स्वर्गीय पिताको स्मृतिमा हरेक दुई दुई वर्षमा प्रदान गर्नेगरि स्थापना गरिएको पुरस्कार विराटनगरका पोखरेललाई प्रदान गरिएको हो ।
कालिगण्डकी कोरिडोरको कागबेनी–कोरला खण्ड कालोपत्रे योजना अघि बढाइने
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत मुस्ताङको कागबेनी देखि कोरला खण्डको एक सय ३ किलोमिटर सडक कालोपत्रे गर्न योजना अगाडी बढाइने भएको छ । यो खण्डको सडक स्तरोन्नति सहित ग्राभेल गर्ने काम सकिएको छ । कोरला नाका खुलेका कारण कागबेनी देखि कोरला नाका सम्मको यात्रालाई सहज बनाउन कालोपत्रे योजना अघि बढाइने आयोजनाले जनाएको छ ।
क्रस कन्ट्रीमा नेपाली धावकको दबदबा
शनिवार भएको नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली धावकको दबदबा देखिएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरमा नेपाली टोली च्याम्पियन बनेको छ ।
कालीगण्डकी करिडोर : बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो ।
चाडपर्वपछि सुनसान बने गाउँ
तनहुँका गाउँ बिस्तारै सुनसान हुँदै गएका छन्। दसैँतिहार मनाउन आएका विद्यार्थी, परदेशी सहर फर्किने तथा विदेश जान थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन्। चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन्। उनीहरू फर्किन थालेसँगै यहाँका ग्रामीण बस्ती सुनसान भएका हुन्। व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले पहिला तीन सय घर रहेको गाउँमा अहिले ६५ घर मात्रै रहेको बताउनुभयो। अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको उहाँको भनाइ छ। गुरुङले भन्नुभयो, “परदेश गएका चाडबाडमा घर आएकाले गाउँमा रमाइलो थियो, अहिले उनीहरू फर्किन थालेपछि गाउँघर सुनसान भएको छ।” पढ्न सहर छिरेका र जिल्लाबाहिर जागिर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका छन्। आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि सवारीसाधनमा समेत चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो। जिल्लाबाहिर फर्किनेहरूले गर्दा यातायातका साधन भरिभराउ भएको उहाँले जानकारी दिनुभयो। दसैँतिहारमा रमाइलो रहेका जिल्लाका १० पालिका गाउँघरमा बिस्तारै रौनक हराउन थालेको छ। व्यास नगरपालिका–१३, पोखरीभन्ज्याङ निवासी ९१ वर्षीय रामनाथ सेढाईले स्थानीय स्तरमा रोजगारी नभएकोले गाउँमा युवा नहुँदा सुनसान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दापर्दासमेत मलामी जाने मान्छे पनि नहुने अवस्था आएको छ।’’
सेवानिवृत्त कृषि अधिकृतको सुन्तला पौरख
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ ।
स्याङ्जाको आलु स्थानीय समुहलेनै खरिद गर्ने, चिप्स, फ्रेन्च फ्राई बनाउने
स्याङ्जामा उत्पादन हुने आलु अब औद्योगिक प्रयोजनका लागि प्रयोग हुने भएको छ । सात स्थानीय तहका २६ समूहका कृषकले कम्पनीसँग किन्ने ग्यारेन्टी गरेर लगाउने पक्रिया अगाडी बढाएसँगै यहाँको आलु औद्योगिक प्रयोजनमा प्रयोग हुने पक्का भएको हो ।
धान धन्क्याउन व्यस्त किसान
हिजोआज धान भित्राउन दाही हाल्ने परम्परा हराउँदै गएको छ । बेँसीसहर नगरपालिका–१० स्थित खासुर गाउँमा दाही हाल्दै । आधुनिक प्रविधि भित्र्याएसँगै र गोरु पाउन मुस्किल हुन थालेपछि पछिल्लो समयमा गोरुबाट दाही हाल्ने चलन हराउँदै गएको छ ।
पोखरामा मिथिला चित्रकला
मधेश प्रदेशको मिथिला क्षेत्रमा लोकप्रिय मिथिला चित्रकला शनिबार पोखरेलीले अवलोकन गरेका छन् । करिब ३० जना पोखरेली बालबालिका आर्ट वर्कसपमा समेत सहभागी भए । वर्कसपसँगै कला प्रदर्शनीसमेत भएको छ । विद्यालयमा विभिन्न खालका पेन्टिङ सिकेका बालबालिका पृथक् खालको मिथिला चित्रकला बनाउन व्यस्त भए । शनिबार दिउँसो करिब पाँच घण्टा भएको कला कार्यशालामा सहभागी बालबालिकाले उत्सुकतापूर्वक मिथिलाको कला सिक्नुका साथै सिर्जनासमेत गरेका छन् ।
सवारी दुर्घटनामा दुईजना गम्भीर
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको करादि खोलामा मोटरसाइकल र भारतीय कार ठोकिदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
ज्याग्दीखोला साहित्य–कला पुरस्कार तीन स्रष्टा सम्मानित
पुतलीबजार नगरपालिका–१ मा ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा/द्रष्टा सम्मान, पुरस्कार वितरण तथा ज्याग्दीखोलाको तरङ्ग–३२ को लोकापर्ण कार्यक्रम गरेको छ ।
जाडोमा पनि रोकिएन डेङ्गु सङ्क्रमण
जाडो सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङगु हराउनु पर्नेमा तनहुँमा अझै सङ्क्रमण रोकिएको छैन। अझै केही दिन डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो
छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो ।
नेपाली कांग्रेसका शीर्ष नेता नवलपुर आउनुहुँदै
नेपाली कांग्रेसका शीर्ष नेताहरू मङ्सिर ११ गते सोमबार नवलपुर आउनुहुने भएको छ । पार्टीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री डा.शशाङ्क कोइराला, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतका नेताहरू नवलपुर आउन लाग्नु भएको हो ।
बेनीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा प्रभातफेरी
म्याग्दीको बेनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरी गरिएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा महिला हिंसाविरुद्धका प्लेकार्डसहित नारा लगाउँदै बजार परिक्रमा गरिएको छ ।
ग्रामीण महिलाको आम्दानी : आलु र कोदो
यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् ।
अलैँची बिक्रीबाट २४ करोड आम्दानी
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।
उद्योग दिवसका अवसरमा उद्यमी पुरस्कृत
नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यमीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच-पाँच हजारसहित पुरस्कृत गरेको हो ।
स्याङ्जामा घट्यो सुन्तला उत्पादन
स्याङ्जामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम हुने देखिएको हो ।
नौ वर्षदेखि घुमाउनेको पुल अलपत्र
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटमा पुल निर्माण थालिएको नौ वर्षसम्म पनि पूरा हुन सकेको छैन । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदी पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि पुल अलपत्र परेको हो ।
माउन्टेन क्रस कन्ट्री दौड सुरु
पोखरा नेपाल माउण्टेन क्रस कन्ट्री दौड शनिबार बिहान सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन् सङले सुरुआत गर्नुभयो ।
गण्डकीमा सुन्तला खेती विस्तार
दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’: सांसद गुरुङ
“भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पुर्याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।”