मजदुरबाट मालिका बनेका राजन, यस्तो छ सफलताको कथा
अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बन्नुभएको छ ।
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।
उज्यालोको पर्खाइमा निसेलढोर गाउँ
बागलुङको दुर्गम र विकट गाउँ निसेलढोरका स्थानीय जुमबहादुर बुढामगर अहिले ७२ वर्षको हुनुभयो। निसीखोला गाउँपालिका–५ मा अवस्थित निसेलढोरवासी टुकी र दियालोको भरमा जीवन गुजारा गरिरहनुभएको छ। उहाँले भन्नुभयो, “टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आउनुभएका जुमबहादुरलाई गाउँमा बिजुली बलेको हेर्ने ठुलो धोको छ। हामीले गाउँमा मटितेलको टुकी बत्ती र सल्लाको दियालोको भरमा गुजारा चलाउँदै आइरहेका छौँ। गाउँमा बिजुली बलेको हेर्ने मेरो सपना सपना मात्रै होला जस्तो छ।”
बिस वर्ष नपुग्दै ६३ जना अविवाहित युवतीबाट गर्भपतन
२० वर्ष उमेर पुगेपछि बिहेवारि गर्ने कानुनमा लेखिएको छ, तर यहाँ बिहे गर्ने उमेर पहिल्यै सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ ।
५ किमि सडक दौडमा कृष्ण र बासना प्रथम
गण्डकी विश्वद्यिलायद्वारा पोखरामा शनिबार आयोजना गरिएको ५ किलोमिटर सडक दौड छात्रतर्फ कृष्णबहादुर परियार र छात्रातर्फ बासना सुवेदी शर्मा प्रथम भएकी छिन् ।
भेडा चराउन कृषकहरू हिमालको फेदीमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित हिमालको फेदीको चरन क्षेत्रमा कृषकले भेडा पुर्याएका छन् । भेडापालक किसानहरूले भेडा चराउँदै खयरलेकमा पुर्याएका हुन् । जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले भेडाहरू लैजान थालेका छन् ।
भोटी माछाको संरक्षण गर्न महोत्सव हुने
रैथाने भोटी माछाको संरक्षण गर्न महोत्सव गरिनेभएको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबको आयोजनामा ‘‘दमौली भोटीबजार भादगाउँ तनहुँ सांस्कृतिक महोत्सव–२०८०’’ गरिने भएको हो ।
इन्द्रमाया कुसुन्डाको धोको पूरा
तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँको कुसुन्डा परिवारकी इन्द्रमायाको सरकारी जागिर खाने धोको पूरा भएको छ। व्यास नगरपालिकाले साउन १ गतेदेखि सरसफाइ कुचीकारका लागि जागिर दिएपछि सरकारी जागिर खाने इन्द्रमायाको इच्छा पूरा भएको हो। पढ्न लेख्न नआए पनि आफ्नो क्षमता अनुसारको सरकारी जागिरका लागि उहाँले चिनजानका जनप्रतिनिधिसँग पटक पटक हारगुहार गरिरहनुभएको थियो। आफू र छोरीसहित दुई जनाको परिवार चलाउन उहाँलाई आर्थिक अभाव भएको थियो। छ वर्षअघि श्रीमान् गुमाएकी उहाँले सरकारी जागिर पाउँ भनेर पटक पटक माग गर्नुभएको थियो।
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा
भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
सबै काण्डका फाइल खोलौं : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीमाथि चौतर्फी आक्रमण र भ्रम छर्ने प्रयास भएको दाबी गर्दै त्यसलाई चिर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
छोरी बिरामी भएपछि चम्केको ड्रयागन फ्रुट खेती
केही समयअघि राम सारु मगरको भाइको छोरीलाई रगत क्यान्सर भयो । लामो समय चितवन क्यान्सर अस्पतालमा राखेर उपचार गर्नुभयो । चिकित्सकहरुले विरामी छोरीलाई फलफूल बढी खुवाउन सुझाव दिए । रगतलाई शुद्धिकरण गर्न फलफूलले मद्दत गर्नेभएकाले सकेसम्म ड्रयागन फ्रुट र तरकारीमा कुरिलो खुवाउन चिकित्सकहरुको सुझाव थियो ।
उपकरण जाँचपास गराउन पाएपछि व्यवसायी खुशी
वालिङमा नापतौलका उपकरणको जाँचपास गराउन पाउँदा स्थानीय व्यवसायी खुशी भएका छन् । स्थानीयस्तरमा नै आफ्ना नापतौलका उपकरणको जाँचपास गराउन पाएपछि व्यवसायीको खर्च बचत भएको छ ।
सुविधासम्पन्न अस्पताल नहुँदा सेवाग्राहीलाई सास्ती
पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यबिन्दुु जिल्ला अस्पताल सुुविधासम्पन्न हुुन नसक्दा यहाँ आएर सेवा लिने सेवाग्राहीलाई सास्ती हुनेगरेको छ ।
एक वर्षमा नौ सय पुस्तक अध्ययन गर्ने बालिका
नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत हुनुहुन्छ स्थानीय लीना पाण्डे ।
धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित
खुमल चार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
अन्नपूर्णमा पर्यटनबाटै एक करोड आन्तरिक आम्दानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षको सुरुमा नै तातोपानी कुण्ड र पर्यटकीय स्थलहरुबाट एक करोड बढी आन्तरिक आम्दानी सङ्कलन गरेकाे छ ।
कालीगण्डकीको बहाव उच्च बिन्दुमा, शालिग्राम शिला डुबानमा
लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । दुई वर्षयताकै उच्च विन्दुमा नदिको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
म्याद गुज्रेका सामग्री बिक्री गर्ने व्यवसायीलाई जरिवाना
जिल्ला प्रशासन कार्यालय नवलपुरले म्याद नाघेको सामग्री बिक्री गर्ने व्यवसायीलाई कारबाही गरेको छ ।
गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
नगर सभा अझै अन्योलमा
पर्वतको दुई नगरपालिकामा राजनीतिक स्वार्थका कारण नगर सभा कहिले हुने भन्ने अझै टुङ्गो लागेको छैन । पटकपटक मिति तोके पनि नगरपालिकाले नगर सभा गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगर सभा सम्पन्न भइसक्नुपर्ने भए पनि जिल्लाका कुस्मा र फलेवास नगरपालिकामा आर्थिक वर्षको पहिलो चौमासिक बजेट प्रभावित हुँदासमेत नगर सभा भएको छैन । नगर सभा हुन नसक्दा बजेट र कार्यक्रममार्फत जनतालाई दिनुपर्ने अत्यावश्यक सेवा प्रभावित बनेको छ । वार्षिक योजना र कार्यक्रमभन्दा बाहिरबाट व्यक्तिगत स्वार्थमा गत वर्ष गरिएका कार्यक्रमलाई अहिलेको वर्ष बजेट विनियोजन गर्न खोजिएपछि विवाद सिर्जना भई नगर सभा हुन सकेको छैन ।
स्थानीय विद्यार्थी बाहिर, अन्य जिल्लाकाले भरिन्छन् विद्यालय
घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय भरिने गरेका छन् । भौगोलिक रूपमा विकट रहेको यहाँको हरेक काम बाहिरबाट आएका कामदारले गर्ने गरेका छन् ।
पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्दछन् ।
कावासोतीमा दुर्घटना चार जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको सदरमुकाम कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गए राती साढे ३ बजे कावासोती नगरपालिका वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क.प्रदेश ०२–००१ ख ०७३७ नं.को बस र विपरीत दिशामा गुडिरहेको म.प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मुस्ताङको ताङ्वेमा खानेपानीको हाहाकार
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ का अध्यक्ष विनोद गुरुङका अनुसार पछिल्लो एक हप्तादेखि गाउँमा खानेपानीको समस्या भएको हाे ।