'गोल्डकप’मा तीन लाख बचत
सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ ।
च्याउ खेतीको आकर्षण : लगानी थोरै, आम्दानी धेरै
पूर्बी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ कृषकको आर्कषण बढ्दो छ । च्याउ खेती गर्ने कृषक मेहनत गरेमा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नेगरेका छन् ।
तडकभडक र खर्चिलो तीज कार्यक्रम गर्नेलाई कारबाही
जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
आहारारा पोखरा गोल्डकपबाट तीन लाख बचत
आहारारा पोखरा गोल्ड कपबाट तीन लाख बचत भएको छ । सहारा क्लबको आयोजनामा गत पुस १४ देखि २३ गतेसम्म भएको २२ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपबाट तीन लाख १८ हजार बचत भएको हो ।
बेनी-जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठुलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ ।
मुस्ताङको स्याउ असोजअघि टिप्न नपाइने
स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले असोज लागेपछि मात्रै स्याउ बजार पठाउने निर्णय भएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो ।
कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित
नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ ।
ट्रक पल्टिँदा १७ वटा भैँसी मरे
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नं.को ट्रक बिहान सवा ६ बजे खाल्डोमा परि पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै
पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ ।
सिँचाइ गर्न डिप बोरिङ र ट्युबेल
पूर्वी नवलपरासीको कावासोती–३ मा डिप बोरिङ तथा ट्युबेल सिँचाइ सञ्चालनमा आएसँगै स्थानीय कृषकलाई राहत मिलेको छ। सिँचाइको अभावमा चाहे जति उत्पादन गर्न नसक्दा कृषक मर्कामा परेका थिए। डिप ट्युबेल सिँचाइ सञ्चालनमा आएपछि कृषक खुसी देखिएका छन्। स्थानीय टेकबहादुर श्रेष्ठले पहिले सिँचाइका लागि आकाशे पानीको भर पर्नु परेको उल्लेख गर्दै अब सिँचाइ सुविधा पुगेपछि खुसी हुनु स्वाभाविक भएको बताउनुभयो।
पहिरोले लग्यो घर
उत्तरी गोरखामा केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरोले एक घर बगाएको छ। धार्चे गाउँपालिका–६, यार्सामा गाउँको बिचबाट बग्ने खोलामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर बगाएको हो। वडाध्यक्ष धनकुमार घलेले एउटा घर बगाएको र अन्य सात घरमा क्षति पुगेको जानकारी दिनुभयो। उहाँले गए राति घर बगाएको बताउनुभयो। वडाध्यक्ष घलेका अनुसार वर्षा भइरहेको बेलामा एक्कासि घरमाथिबाट पहिरोसहित खोल्सामा बाढी आउँदा घरमा भएका मान्छे भागेर ज्यान जोगाए भने घरमा रहेको नगद, जिन्सीलगायतका सामान बगाएर लगेको छ। उनीहरूलाई तत्काल खाने बस्ने व्यवस्थाका लागि सहयोगको आवश्यक रहेको छ।
सुनसान छन् बागलुङका घरबास
बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन्
समाजवादी मोर्चाको सन्देशसभा भदौ १५ मा पोखरामा हुँदै
गण्डकी, भदौ १२ गते । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा [माओवादी केन्द्र]का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ ।माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा [एकीकृत समाजवादी]का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुनुहुने जानकारी दिनुभयो ।“प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ, हामी तयारीमा जुटिसकेका छौँ ।” रासस
म्याग्दीमा तिस हजार पर्यटक
गत आर्थिक वर्षमा हिमाली जिल्ला म्याग्दीको झन्डै ३० हजार पर्यटकले अवलोकन गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । लामो समयसम्म विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिम पूर्ण अवस्था पछि गएको वर्ष उक्त सङ्ख्यामा विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको भ्रमण गर्नका लागि बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका, स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताइवानबाट पर्यटक आएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिनुभयो ।
फिर्के खोलामाथि एक सय ६० संरचना
फिर्के खोला हो कि खोल्सो, बहस जारी छ । वर्षामा ढाडो खोला बनेर उर्लिने फिर्के हिउँदमा सुख्खा हुन्छ । पोखरा पोखरा महानगरको बीच भाग हुँदै बग्ने यो खोला कतै फराकिलो छ, कतै खोल्सो जस्तो मात्रै छ ।
बाँदरले हैरान पारेपछि तनहुँमा घाँस खेती प्रवर्द्धन कार्यक्रम
कृषकले दुःख गरेर लगाएको खेती भित्र्याउन नपाउँदै बाँदरले खाने तथा नष्ट गरिदिने गरेपछि हैरानी भएर जमिन बाँझो राख्ने क्रम बढेपछि तनहुँमा पशुपालनमा प्रोत्साहन गर्न थालिएको छ ।
होमस्टे सञ्चालनले फेरियो महिलाको जीवन
नवलपुरको कावासोती नगरपालिका –१५ की माया बोटे हिजोआज गाउँमा खोलिएको होमस्टेमा व्यस्त हुनुहुन्छ । होमस्टेमा आउने पाहुनालाई स्वागत, सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उहाँको समय बित्ने गरेको छ । २०७० देखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उहाँसहितका महिलाको दैनिकी अहिले फेरिएको हो ।
फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी
सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभई अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह ।
त्रिवेणी छोटी भन्सार नाम मात्रकाे मूल भन्सार
त्रिवेणी भन्सारको कुुनै विकास हुन नसक्दा गण्डकीको विकासमै वाधा पुुगेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै
कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिनुुभयो ।
पोखरामा ‘ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ’
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ ।
नेवाः संस्कृति जोगाउन प्रशिक्षण
कुस्मा नगरपालिकाका नेवार समुदायले आफ्नो परम्परागत संस्कृति लाखेनाचलाई लोप हुनबाट जोगाउन युवा तथा केटाकेटीलाई सिकाउन थालेका छन्। सहरमा लाखेनाच देखाउँदै गर्दा सँगसँगै नयाँ पुस्तालाई पनि नाच्न र बजाउन सिकाइने गरिएको छ। नेवार समुदायको दोस्रो पुस्ता मानिने अधिकांश युवा विदेश छन्। यहाँ भएका युवामा पनि लाखेनाचप्रति चासो र रुचि छैन। समाजमा चलनचल्तीमा रहँदै आएका मौलिक कला संस्कृति, चाडपर्व, मेला, जात्रा लोपोन्मुख अवस्थामा पुगेको नेवा समुदायका अगुवा बताउँछन्।
बेनी–जोमसोम सडक खुल्यो, जोखिम कायमै
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका –३ दानाको गुइठेभीरमा अवरुद्ध भएको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको छ ।
'हाम्रो खुसी' पाठ्यक्रम लागु हुने
नेपालमै पहिलो पटक नवलपुरको मध्यविन्दु नगरपालिकाले विद्यार्थी, अभिभावक र शिक्षकलाई मध्यनजर गर्दै ‘हाम्रो खुसी’ (आवर हेप्पीनेश) पाठ्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि गृहकार्यलाई तीव्रता दिइएको छ ।