• २२ वैशाख २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन

blog

अस्पताल उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर १ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ शय्या क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्नुभएको छ ।

आँबुखैरेनी गाउँपालिका साविकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक वर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पताल सञ्चालनमा ल्याइएसँगै तनहुँ लगायत छिमेकी जिल्ला गोरखा, लमजुङ र चितवनका केही भेगका बासिन्दा समेत लाभान्वित हुँदै आएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।


यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनीमा