• २८ पुस २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनीमा

blog

प्रधानमन्त्रीको स्वागतका लागि बस्नुभएका स्थानीय बासिन्दा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर १ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तनहुँको आँबुखैरेनीमा आउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा निर्माण गरेको १५ शय्या क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनुभएको हो ।

प्रधानमन्त्रीले तनहुँको आबुँखैरेनी र गोरखाको गोरखा नगरपालिका जोड्ने मर्स्याङ्दी नदीमा निर्माण भएको मोटर गुड्ने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । प्रधानमन्त्रीले सुरुमा राजनीतिक कार्यकर्ता भेटघाट, अस्पताल र पुल उद्घाटनपछि जनप्रतिनिधिसँग अन्तरक्रिया लगायतका कार्यक्रम छ ।

यसैगरी, आँबुखैरेनी गाउँपालिका साविकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक वर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पताल सञ्चालनमा ल्याइएसँगै तनहुँलगायत छिमेकी जिल्ला गोरखा, लमजुङ र चितवनका केही भेगका बासिन्दा लाभान्वित हुँदै आएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।