भीरकोटमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर
भीरकोट नगरपालिकाले “मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर” सञ्चालन गरेको छ । नेपाल सरकारले ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेका नागरिकको प्रमुख आवश्यकता स्वास्थ्य सेवा रहेको निष्कर्षका आधारमा नगरपालिकाले शिविर सञ्चालन गरेको हो ।
लोप हुँदै गएको पुर्ख्याैली नाच जोगाउन कुवापानीवासी सक्रिय
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ५ कुवापानीका मगर समुदाय मौलिक कला संस्कृति संरक्षणमा जुटेका छन् ।
कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन
कालीगण्डकी नदीमा उत्खननकाे काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मोदीवेणी धाममा व्यानर प्रदर्शन गरेको छ ।
मादी नदी र साँगे फाँट
तनहुँको व्यास नगरपालिका–५, मानुङकोटबाट देखिएको मादी नदी, साँगे फाँट र पतेनी गाउँ ।
मुस्ताङ भन्सारबाट १२ अर्ब २२ करोडको वस्तु आयात
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १२ अर्ब २२ करोडभन्दा बढीको बस्तु आयात गरेको छ ।
स्याउका बोट सेताम्मे
स्याउको राजधानीका रूपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरुमा फूल फुलेर सेताम्मे हुन थालेको बताउनुभयो । स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उहाँको भनाइ छ ।
बजेट अभावमा २३ खानेपानी योजना अधुरै
बजेटको अभाव र सरकारी परिपत्रले गर्दा तनहुँ र नवलपुरका २३ वटा खानेपानी योजनाहरू अधुरै रहेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले हेर्दै आएका यी दुवै जिल्लाका महत्वपूर्ण योजनाहरू बजेट निकास हुन नसक्दा बीचैमा रोकिएका हुन् ।
छोरी जन्मिए खातामा रकम
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले पालिकाभित्रका बालिकालाई पाँच हजार रुपियाँसहितको बैङ्क खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका बालबालिकाको बैङ्क खातामा पाँच हजार रुपियाँ जम्मा गरेको छ । पहिलो पटक ३६ जना बालिकालाई रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुुभयो ।
तनहुँबाट एसइईको नतिजाका लागि प्राप्ताङ्क भक्तपुर पठाइयो
तनहुँमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनको बाटो खुलेको छ ।
गलेश्वरधाममा गुरुकुल परम्परा ओझेलमा
हिन्दू धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्रका रूपमा परिचित गलेश्वरधाममा सञ्चालन हुँदै आएको गुरुकुल शिक्षा परम्परा विभिन्न समयका स्वार्थ र व्यवस्थापन समस्याका कारण पटक–पटक अवरुद्ध हुँदै अन्ततः ओझेलमा परेको छ।
वैरेनी जग्गा एकीकरण आयोजना अन्तिम चरणमा
व्यास नगरपालिका–१० मा सञ्चालित ‘वैरेनी जग्गा एकीकरण आयोजना’ को काम अन्तिम चरणमा पुगेको छ ।
स्याङ्जाको चापाकोटमा भोलिबाट भर्ना अभियान सुरु हुँदै
सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपनि स्याङ्जाको चापाकोट नगरपालिकाले भोलि(शुक्रबार)बाट भर्ना अभियान र १४ गतेबाट पठनपाठन सुरु गर्ने भएको छ ।
विद्यार्थी घटेपछि बेनीका १५ विद्यालयको तह समायोजन
म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि १५ विद्यालयको तह समायोजन गरी कक्षा घटुवा गरेको छ भने एउटा विद्यालय बन्द गरेको छ ।
दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु
धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो ।
अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा उपलब्धि
सल्यान प्रहरीले एक महिनाको अवधिमा भएका अपराध नियन्त्रण, फैसला कार्यान्वयन र प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण कार्यको विवरण सार्वजनिक गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
जिल्लोको बडिगाड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार साँझ बडिगाड गाउँपालिका–५ मा पर्ने मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परेको थियो ।
ढोरपाटनमा ७४ लाख खर्चेर पर्यटक सूचना केन्द्र
ढोरपाटन सिकार आरक्ष कार्यालय परिसरमा ७४ लाख खर्चेर पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटक सूचना केन्द्र स्थापनाका लागि भवन निर्माण गरिएको छ ।
भरुवा बन्दुकसहित एक पक्राउ
स्याङ्जाको विरुवाबाट एक नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दीमा घरघरमै राहदानी सेवा, सेवाग्राही उत्साहित
सरकारले अघि सारेको शासकीय सुधारको कार्ययोजना अन्तर्गत म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्ने कार्यको औपचारिक सुरुवात गरिएको छ ।
भ्यू टावर
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा रहेको भ्यू टावर। यस ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ ।
गुडिरहेको बसमा आगलागी, ४० यात्रुको सकुशल उद्धार
स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ ।
नारायणगढ–बुटवल सडक खण्डमा मार्किङ गरिँदै
नारायणगढ–बुटवल सडक खण्डमा अहिले तीव्र गतिमा सडक मार्किङ (सङ्केत चिह्न)को काम भइरहेको छ ।
मुस्ताङको आर्थिक गतिविधि सार्वजनिक हुने
मुस्ताङमा आर्थिक गणना सुरू भएको छ । जिल्लाको थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिकामा खटिएका गणकले घरदैलोमा पुगेर आर्थिक गतिविधि हुने विभिन्न क्षेत्रको आधारभूत विवरण संकलन सुरू गरेका हुन् ।
गण्डकीमा मुख्यमन्त्रीबाहेक सबै मन्त्री परिवर्तन
गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा मङ्गलबार फेरिएका मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयनताको शपथ गराउनुभयो ।