स्वास्थ्य सेवाको स्तर उच्च बनाउन निर्देशन
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आज पोखरास्थित श्री पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गर्नुभएको छ ।
सयपत्री फूल र माछापुच्छ्रे हिमाल
कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित ठुलो खर्कबाट देखिएको सयपत्री फूलको पृष्ठभूमीमा खुलेको माछापुच्छ्रे हिमालको दृष्य ।
धान काट्दै किसान
लमजुङको मध्मध्यनेपाल नगरपालिका–६ बिमिरे पानीबाट देखिएको भोर्ले बेँसी र पिस्ति किनारमा पहेँलपुर धान काट्दै किसान ।
वालिङमा नगर अस्पताल भवन निर्माण
वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको छ ।
आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा
वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले सिरसिरे डाँडाको मनमोहक बढाएको छ ।
बसले ठक्करले गोरखाका एक युवाको मृत्यु
बसले स्कुटरलाई ठक्कर दिदाँ गोरखाका एक जना युवा दामोदर घिमिरेको मृत्यु भएको छ । चितवनबाट घर गोरखातर्फ आउँदै गर्दा भरतपुर महानगरपालिका – १ रामनगरस्थित सडकमा बा. प्र ०१–००१ प १६८४ नम्बरको बसले ग २० प ८५५९ नम्बरको स्कुटरलाई १२ः४५ बजे ठक्कर दिई उपचारको क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।
आवासविहीनलाई आश्रयको व्यवस्था
बागलुङको बडीगाड गाउँपालिका–५, कालीमाटीखोला किनारको ओडारमा रात बिताउँदै आएको एक परिवारलाई आश्रयको व्यवस्था गरिएको छ । वडा र गाउँपालिकाको समन्वयमा बडीगाड गाउँपालिका–४, जलजलाका केशव पुनको परिवारलाई आश्रयको व्यवस्था गरिएको हो ।
किवीको पकेट क्षेत्र बन्दै बारपाक
गोरखाको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको बारपाक सुलीकोट गाउँपालिका पछिल्ला वर्ष कृषि क्षेत्रबाट पनि पहिचान बनाउन थालेको छ । गाउँपालिकाको वडा नं. १ का कृषक चन्द्रबहादुर घले अहिले किवी खेतीका कारण स्थानीय र आसपासका क्षेत्रमा उदाहरणीय बन्नुभएको छ ।
पालिकास्तरीय भलिबल : चार टोली क्वाटरफाइलमा प्रवेश
बागलुङमा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगितामा बिहीबार भएका खेल जित्दै काठेखोला, बरेङ, निसी गाउँपालिका र गलकोट नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गर्नुभएको छ । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ ।
बेनीमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य
बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ ।
औषधि नपाएको बिरामीको गुनासो
सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन ।
बागलुङमा ४४३ बालबालिकालाई खुवाइयो ‘स्वर्णविन्दु प्राशन’ औषधी
बागलुङमा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न, उनिहरुको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउन, शारिरीक तथा मानसिक विकासमा समेत प्रभावकारी हुने आर्युर्वेद औषधी ‘स्वर्णविन्दु प्राशन खुवाइएको हो ।
सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँको मौलिकता
झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो ।