गण्डकी प्रदेशसभा सदस्य कुँवरद्वारा राजीनामा
गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले मङ्गलबार बिहान राजीनामा दिनुभएको हो ।
मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
धवलागिरि गाउँपालिका–५, मल्कवाङमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
पर्यटकीय घुम्टे लेकमा ‘लालीगुराँस उत्सव’
‘गुराँसको पहाड’ले परिचित गलकोट र ताराखोलाको सिमानामा पर्ने घुम्टे लेकमा ‘लालीगुराँस उत्सव’ सम्पन्न भएको छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटन प्रवर्धन गर्न लालीगुराँस उत्सव आयोजना गरिएको हो ।
पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार
पोखरा–९, शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो ।
मासिक १० लाखको दूध बिक्री
वैदेशिक रोजगारीको मोह त्यागेर १२ वर्षअघि गाउँमै पशुपालन व्यवसाय सुरु गर्नुभएका म्याग्दीका ४२ वर्षीय सुरेश ढुङ्गाना अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । पशुपालन व्यवसायप्रतिको उहाँको लगन, परिश्रम र निरन्तरताले सफल कृषकको परिचय दिलाएको छ ।
आँधीखोला किनारमा फल्यो तरबुजा
स्याङ्जाको भिरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रूपमा लगाएको तरबुजाले फल दिन थालेको छ । नगरपालिकाले बगरक्षेत्रमा परीक्षणका लागि तरबुजा खेती सुरु गरेको थियो ।
मर्स्याङ्दी नदीको बाँधमा डुबेर एक बेपत्ता
तनहुँको आँबुखैरनी गाउँपालिका–१, बरादीस्थित मर्स्याङ्दी नदीको ड्याम क्षेत्रमा नुहाउने क्रममा एक पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्थानीय रूपमा टिका मगर (ढल्के) कोनदीमा नुहाउने क्रममा बुधबार बेपत्ता हुनुभएको हो ।
पोखरामा ‘स्विप अप्रेसन’ : १८ जना र ४१ सवारी कारबाहीमा
कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत १८ जना व्यक्ति र ४१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । नयाँ वर्ष २०८३ को पहिलो दिन प्रहरीले उक्त अप्रेसन सञ्चालन गरेको हो ।
अलपत्र कुश्मीसेरा–रुम्टा सडक बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण
ठेकेदारको लापरबाहीले पटक पटक अलपत्र परिरहेको दक्षिण बागलुङको कुश्मीसेरा–रुम्टा हुँदै राङखानी जाने सडक निर्माणका लागि स्थानीयले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
बालमनोविज्ञानको कथा ‘कोही किन बर्बाद होस्’
नाटक ‘कोही किन बर्बाद होस्’ मञ्चन हुने भएको छ । सोसल पब्लिक स्कुल बुद्धचोकको प्रस्तुति र पोखरा थिएटरको सहकार्यमा वैशाख ३ देखि ५ गतेसम्म पोखरा थिएटरमा नाटक नियमित मञ्चन हुन लागेको हो ।
स्याङ्जामा डढेलोमा कमी आयो
चैत–वैशाखमा हरेक वर्ष वन डढेलोको जोखिम बढ्ने गरे पनि यस वर्ष स्याङ्जामा भने कमी आएको छ । विगतमा सामान्य लापरबाहीकै कारण ठुलो क्षेत्रफलमा वन विनाश हुने र वन्यजन्तु तथा बस्ती नै जोखिममा पर्ने गरेकोमा अहिले सुधार आएको हो ।
ऐतिहासिक ‘गोरखा–जितगढी’ पदयात्रा टोलीले तनहुँ पार गर्दै
ऐतिहासिक एवम् पुरातात्विक महत्त्वका स्थानहरूको प्रवर्धन र वीर पुर्खाहरूको साहसलाई सम्मान गर्दै नेपाली सेनाको आयोजनामा सञ्चालित चौथो ऐतिहासिक ‘गोरखा–जितगढी’ पदयात्रा टोलीले बुधबार तनहुँ खण्डको यात्रा पूरा गर्दैछ ।
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार तिर्थालुले दर्शन गरेका छन् ।सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
नयाँ वर्षमा बेनीको महारानी थानमा भक्तजनको भीड
नयाँ वर्षका दिन म्याग्दीको बेनी नगरपालिका ७ मा रहेको धार्मिक स्थल महारानी थानमा भक्तजनको भीड लागेको छ ।