• ३ वैशाख २०८३, बिहिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

blog

दुर्घटनामा परेको मोटरसाइकल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख ३ गते ।
जिल्लोको बडिगाड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार साँझ बडिगाड गाउँपालिका–५ मा पर्ने मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय भक्त परियार भन्ने किस्मत परियारको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार परियारको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका परियारको उद्धार गरी गलकोट नगर अस्पतालमा उपचारको लागि पठाइएको थियो । टाउकोमा गम्भीर चोट लागेका परियारको नगर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा रिफर गरिएको थियो । परियारलाई उपचारको क्रममा डाक्टरले मृत घोषित गर्नुभएको थियो ।  

दुर्घटनामा परी घाइते हुनुभएका ३२ वर्षीय कृष्ण विकको अहिले गलकोट नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्तजंग पाण्डेले जानकारी दिनुभयो । घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

बडिगाड–५ को बालुवामा मजुरी गर्ने उहाँहरु खौलार बजारबाट बालुवातर्फ जाँदै गर्दा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सम्मर बहादुर लम्तरीले जानकारी दिनुभयो । प्रसनि लम्तरीका अनुसार, अनुसार तीव्र गतिमा गुडेको मोटरसाइकल अनियन्त्रि भई सडक नालीमा खेसेको थियो ।