घाँस काट्दै किसान
देउखुरी, माघ १० गते । घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका किसान बर्सिम घाँस काट्दै । यो घाँस पशुचौपायाका लागि उपयुक्त मानिन्छ । तस्बिरः रासस
सरस्वतीको मूर्ति बनाउँदै कालिगड
दाङ, माघ १० गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित गैरागाउँमा सृजनशील मूर्ति उद्योगमा सरस्वती पूजाको लागि सरस्वतीको मूर्ति बनाउँदै कालिगड । उद्योगमा आठ हजारदेखि पचास हजार रुपियाँसम्मका सरस्वतीका मूर्ति बिक्रीका लागि बनाइएको छ । तस्बिरः रासस
४० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
दाङमा ३९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो ।
बाँकेमा तीन सय उद्योग तथा फर्म खारेज
चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।
सङ्घीय शिक्षा ऐनबारे सुझाव सङ्कलन
अब बन्ने शिक्षा ऐनमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने गरी व्यवस्था गर्न माग गरिएको छ ।
बाँकेमा बीस प्रजातिका चरा भेटिए
केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् ।
सुकुम्बासी र भूमिहीनलाई ६ कट्ठासम्म निःशुल्क जग्गा : मन्त्री अधिकारी
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्वासीले छ कट्ठासम्म जग्गा निःशुल्क पाउने बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा जारी नवौँ चन्द्रौटा महोत्सवको समुदघाटन गर्दै उहाँले तिन वर्ष भित्र नेपालमा सधैका लागी भूमिसम्बन्धी समस्या समाधान गर्ने बताउनु भएको छ ।
गोरखापत्रकर्मी ज्ञवालीलाई पत्रकारिता पुरस्कार
बुटवल जेसीजको ५१ औँ पदस्थापन समारोहमा ज्ञवालीलाई स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कार २०२४ प्रदान गरिएको हो।
क्रान्ति सङ्ग्रहालय संरचना जीर्ण
तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको क्रान्ति सङ्ग्रहालयमा रहेका संरचना जीर्ण बन्दै गएको छ ।
रूपन्देहीमा रविको बयान : बिहीबारदेखि थुनछेक बहस
सुप्रिम सहकारी बुटवलको बचत अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलबार बयान लिइएको छ ।
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।
ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण
केहीदिन यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण अत्यधिक जाडो बढेर जनजीवन प्रभावित बनेपछि जिल्लाका स्थानीय सरकारहरुले ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक वितरण गर्न थालेका छन् ।
चेरनेटा–बरौला सडक कालोपत्र हुँदै
ऐरावती गाउँपालिकाको प्रशासनिक केन्द्र बरौला पुग्ने सडक कालोपत्रेको काम भइरहेको छ । जम्मा २३ किलोमीटर लम्बाइको चेरनेटा–बरौला सडक खण्डमा अहिले कैरनदेखि पकला पार्कसम्मको ६ किलोमिटर सडक कालोपत्रेको काम चलिरहेको हो ।
तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज
बाँकेमा पछिल्लो समयमा उद्योग तथा फर्महरु खारेज गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्म छ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।
हुँदैन सार्वजनिक सुनुवाइ
प्रत्येक चौमासिकमा पालिकाले प्रवाह गरेका सेवाबारे सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ ।
शुद्धोदन बनाउन गाउँपालिकाद्वारा पहल सुरु
गौतम बुद्धको पिताको नामबाट स्थापना भएको रुपन्देहीको एक पालिकाको नाम नै अशुद्ध भएपछि सच्याउन पहल थालिएको छ ।
पर्यटकको आकर्षण केन्द्र बन्दै रेसुङ्गा
गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गाधाम धार्मिकसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
बसको ढोकाबाट खसेर एकजनाको मृत्यु
गुल्मीमा गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ ।
रवि लामिछाने भैरहवामा, बुधबार अदालतमा उपस्थित हुने
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार रुपन्देही आइपुग्नुभएको छ।
महिला नेतृत्वका लागि पाइलैपिच्छे चुनौती
राजनीतिमा लाग्ने कतिपयको न कुनै व्यवसाय हुन्छ न आम्दानीको कुनै स्रोत नै ।
जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ
बाँके जिल्ला अदालतले जन्मकैद सजाय तोकेका एक जना फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले १४ वर्षपछि पक्राउ गरेको छ।
नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन
जिल्लामा नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन गरेको छ । जिल्लाको झिमरुक गाउँपालिकाअन्तर्गत रहेका विभिन्न निर्माणाधीन सडक, पुल, सामुदायिक अस्पताल तथा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्र घाटको अनुगमन गरिएको हो ।
१५ औं रनिङ् शिल्ड खेलकुदको उपाधि दीपज्योति र हिमालय विद्यालयलाई
कोहलपुर क्षेत्रका संस्थागत विद्यालय सङ्गठन बाँके (क्रिसा) को आयोजनामा भएको १५औं रनिङ् शिल्ड खेलकुद प्रतियोगिता-२०८१ मा मावितर्फ दीपज्योति र आधारभूत विद्यालयतर्फ हिमालय विद्या निकेतनले उपाधि जितेको छ ।