तिलाचन पाण्डे
तम्घास, माघ ८ गते । गुल्मीमा गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ ।
बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु १ ख ५७३६ नम्वरको बसको ढोकाबाट खसेर इश्मा गाउँपालिका ५ की ३९ वर्षीय शान्ति कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो ।
बसका सहचालक र कुमालबीच भाडाको विषयमा विवाद भएको र चलिरहेको बसको ढोकाबाट खसेर घाइते भएकी कुमाललाई गुल्मी अस्पतलमा ल्याइएको थियो । अस्पतालले कुमाललाई मृत घोषणा गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।