प्रादेशिक महोत्सवमा अर्गानिक उत्पादनको आकर्षण
नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को मुख्य आकर्षण कर्णाली प्रदेशका अर्गानिक उत्पादन बनेका छन्।
१५ हजार नागरिकको घरमा बृहत् खानेपानी
गुल्मीको तम्घास बृहत् खानेपानी उपभोक्ता समितिले ७३२ धारा जडान गरेको छ ।
खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
तुलसीपुर–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा रहेको बताउनुभएको छ । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
‘पाल्पा घुम्न आउनेलाई पानीको अभाव हुने छैन’
सङ्घीय सांसद ठाकुर प्रसाद गैरेले पाल्पामा खानेपानीका कारण पर्यटक फर्कन पर्ने दिन अब हराएको बताउनुभएको छ ।
विकासका काम समयमै सकौं : मन्त्री ढकाल
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विकासका निर्माणका काममा ढिलासुस्ती स्वीकार्य नहुने बताउनुभएको छ ।
बृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुन्छ : एमाले उपमहासचिव ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले बृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग
नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ ।
प्याजमा मल छर्दै किसान
नवलपरासी, माघ १५ गते । नवलपुरको मध्यबिन्दु–१ मा गरिएको प्याज खेतीमा मल छर्दै किसान । नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यस वर्ष व्यावसायिक प्याज खेती सुरु गरिएको छ । तस्बिरः रासस
कमल ताल र शिव मन्दिर
दाङ, माघ १५ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित कमल ताल र शिव मन्दिर । तस्बिरः रासस
मकै रोप्दै किसान
नवलपरासी, माघ १५ गते । नवलपुरको कावासोती –४ मा आधुनिक उपकरणको सहायताले मकै रोप्दै किसान । तस्बिरः रासस
शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम
कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ ।
असक्त महिलालाई कुखुरा वितरण
घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुनुहुन्छ । उहाँको चार जनाको परिवार छ । श्रीमान्को मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उहाँले बताउनुभयो ।
पहिरो नियन्त्रणको काम सुरु
बुटवल उपमहानगरपालिकाको वडा नं. ३ र ४ मा पर्ने मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा चुरे क्षेत्रको पहिरो नियन्त्रणको काम सुरु भएको छ ।
'प्रधानमन्त्री ओलीमाथि अनेक घेराबन्दी छन्'
प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अहिले अनेक खालका घेराबन्दी गरिएको बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल बर्दियाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रधानमन्त्री र सरकारविरुद्ध अनेक खालका भ्रम फिँजाउने काम भएको बताउनुभयो ।
साढे १३ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
प्युठानका १३ हजार ७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ –एचपीभी) खोप लगाइने भएको छ ।
चौथो रामपुर महोत्सवको तयारी
चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी पूरा भएको छ । मंगलबारदेखि माघ २७ गतेसम्म रामपुर नगरपालिका –५ बेझाँडमा हुन गइरहेको मेलाको तयारी पूरा भएको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
थारू साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सवको तयारी पूरा
थारु कल्याणकारिणी सभा (थाकस) बढैयाताल बर्दियाले आयोजना गर्ने थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सव २०८१ को तयारी पूरा भएको छ ।
एमाले बाँकेद्वारा अग्रज नेताहरूको सम्मान
बाँकेमा नेकपा वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्ने अग्रज नेताहरूलाई सोमबार नेपालगञ्जमा सम्मान गरिएको छ । नेकपा (एमाले) बाँके शिक्षा तथा मानव स्रोत विभागको आयोजनामा भएको कार्यक्रममा नेकपाका संस्थापक सचिव स्व. रुपसिंह सिँजापतिसहित ६५ जना अग्रज नेताहरुलाई सम्मान गरिएको हो ।
परिपूरणका योजना कार्यान्वयनमा आउँछ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्द्वको घाउँ सधैँका लागि मेटाउने गरी परिपूरणलगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आकर्षणको केन्द्र बन्दै थारू सङ्ग्रहालय (फोटो फिचर)
दाङको दङ्गीशरण गाउँपालिका –३ चखौरामा स्थापना भएको थारू सांस्कृतिक सङ्ग्रहालय घुमफिरसँगै अध्ययन तथा अनुसन्धानका लागि आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ ।
कम गुणस्तर भएको मदिरा बिक्रीमा रोक
गुल्मीको मालिका गाउँपालिकामा कम गुणस्तर भएका मदिरा बिक्रीमा पूर्णरुपमा रोक लगाइएको छ । मदिरा सेवनकै कारण पालिका भित्र एक हप्ताको समयमा दुई जनाको मृत्यु भइसकेकाले कम गुणस्तर भएका सोफी ब्राण्डको (टुङकुला) मदिरालाई पूर्ण रुपमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ ।
मर्चवार क्षेत्रको ‘सबस्टेसन’ निर्माण तीव्र
रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सबस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
रुखमा बसेका चमेरा
दाङ, माघ १४ गते । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित घरेलु तथा साना उद्योग कार्यालय परिसरमा रहेका रुखमा झुन्डिएर बसेका चमेरा। तस्बिरः रासस