बिमाको रकम नआउँदा उपचारमा समस्या
पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमाबापतको रकम नपाउँदा बिरामीको उपचारमा समस्या आउन थालेको जनाएको छ ।
‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन
पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ ।
जीर्ण बन्दै क्रान्ति सङ्ग्र्रहालयका संरचना
तुलसीपुर उपमहानगरपालिका–१९, सक्राममा रहेको क्रान्ति सङ्ग्रहालयमा रहेका संरचना जीर्ण बन्दै गएका छन् । विसं २०६२/६३ को जनआन्दोलनपश्चात् तत्कालीन नेकपा (माओवादी) का सेनालाई व्यवस्थापन गर्न दीर्घ स्मृति ब्रिगेडमा करिब दुई हजार सेना राखिएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जमा मृत पाटेबाघ भेटियो
बाँके राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको हो।
सिद्धार्थ सुरुङ मार्ग सात महिनामै ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङ मार्ग सात महिनामै छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण सुरु गरेको सात महिनामै ‘ब्रेक थ्रु’ गरिएको हो ।
सुशासन र आर्थिक समृद्धिकै पक्षमा छौँ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र आर्थिक सुशासनकै पक्षमा रहेको बताउनुभएको छ ।
जनताको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न पहल गर्छु : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको तुलसीपुरमा रहेको टरिगाँउ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताउनुभएको छ।
देशको आर्थिक अवस्था सुधार गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्थामा सुधारका लागि सबै दलले मिलेर साझा योजनाका साथ अगाडी बढ्नु पर्ने सुझाव दिनुभएको छ ।
व्यावसायिक स्कुसखेती
दाङ, माघ ११ गते । दाङको घोराही उपमहानगरपालिका ६ स्थित गुरुवागाउँमा किसान बाबुराम चौधरीले भाडाको जग्गामा व्यावसायिक रुपमा गरेको स्कुसखेती । तस्बिर : रासस
आहारा खोज्दै चखेवाका बथान
नेपालगञ्ज, माघ ११ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहारा खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहाराको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् । तस्बिर : रासस
वनमै कुहिन थाल्यो काठ
कालीगण्डकी विद्युत् प्रसारण लाइन बनाउँदा काटिएका काठ कुहिने अवस्थामा पुगेको छ ।
गिट्टी, बालुवाको अभावले निर्माणमा समस्या
चालु आर्थिक वर्षको आधा समय सकिएको छ । विकास निर्माणका योजनामा सम्झौता हुँदै निर्माणको चरणमा रहेका छन् तर विकास निर्माणका काम गर्नका लागि पर्याप्त मात्रामा नदीजन्य पदार्थ प्राप्त गर्न नसक्दा निर्माण क्षेत्रमा काम गर्नेको गुनासो बढेको छ ।
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै
बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको काम शुक्रबारदेखि हुने भएको छ ।
गौतम बुद्ध विमानस्थलमा भूउपग्रहमा आधारित उडान अवतरण प्रणाली
कम सादृश्य (भिजिबिलिटी) मा पनि उडान गर्न मिल्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली बिहीबारदेखि लागु भएको छ ।
सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गरौं : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील रहेको बताउनुभयो।
अध्यादेश मुलुकको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मुलुकका लागि अत्यावश्यक परेकाले सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ ।
गुल्मीका ११ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप
। गुल्मीका ११ हजारभन्दा बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।
बाँकेमा प्रदेश कार्यालयको विकास खर्च नौ प्रतिशत मात्र, सङ्घीय कार्यालयको ३७ प्रतिशत
चालु आर्थिक वर्षको छ महिनामा बाँके जिल्लामा लुम्बिनी प्रदेश सरकारका कार्यालयको विकास खर्च निकै न्युन नौ प्रतिशत मात्र भएको पाइएको छ।
काउली खेती
गुल्मीको सत्यवती गाउँपालिका–४ स्थित रानाथोकका कृषक चिरञ्जीवी खत्रीले लगाएको काउली खेती । उहाँले पाँच रोपनीको एउटै गरामा पाँच हजार काउली लगाउनुभएको छ ।
अध्यक्ष प्रचण्डद्वारा बहुउद्देश्यीय सभाहलको उद्घाटन
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उद्घाटन गर्नुभएको छ ।
नेपालगन्ज प्रादेशिक महोत्सवमा झाँकीसहितको र्याली
नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सव २०८१ बिहीबारदेखि सञ्चालन हुन लागेको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे महोत्सवको उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।
चन्द्रकोटमा राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा छैटाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस गाउँपालिकाको वडा नम्बर–४, शान्तिपुरस्थित उदय मावि र चक्रेश्वर इङलिस बोर्डिङ स्कुलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
चौपाया छोड्नेलाई सात हजार जरिवाना
आफ्ना चौपायाहरु जथाभावि छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना गराउने भएको छ ।