ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमीको हत्या
अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
सिमसार क्षेत्र अतिक्रमण
स्थानीय तहको बेवास्ताले सिमसार क्षेत्रको जग्गा तीव्र अतिक्रमणमा परेको छ । सिमसार क्षेत्रमा बस्ती बस्ने, बस्ती विकासका लागि जग्गा पुर्ने, विकास आयोजना सञ्चालन गर्ने क्रम बढेको छ ।
किशोरीलाई एचपिभी खोप अभियान
रुपन्देहीका करिब ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गतका खानेपानी आयोजना अधुरा
झिमरुक गाउँपालिका वडा नम्बर १, सौतामारे गाउँका जनताले खानेपानीको समस्या व्यहोर्दै आएका छन् । करीब दुई सय १० घरधुरी रहेको गाउँलाई आवश्यक खानेपानी नहुँदा सास्ती खेप्दै आएका छन् ।
जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताउनुभएको छ ।
प्रदेश सरकार नागरिकसँग जोडिन सफलः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री आचार्यले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनँंग जोडिन सफल भएको बताउनुभएको हो ।
सबै तहमा पालिकास्तरीय संयन्त्र गठन गरी संयुक्त बैठक गरिने
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) को गुल्मी जिल्लास्तरीय संयन्त्रको संयुक्त बैठकले जिल्लाको सबै तहमा पालिकास्तरीय संयन्त्र गठन गरी संयुक्त बैठक गर्ने निर्णय गरेको छ ।
बाँकेमा आख्यान महोत्सव
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सृजना कला साहित्य प्रतिष्ठानको समन्वयमा नेपालगन्जमा ‘बाँके आख्यान महोत्सव’ सम्पन्न भएको छ ।
बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घमा नयाँ नेतृत्व
बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको १२ औँ अधिवेशनबाट उपेन्द्र अग्रवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।
ट्रकले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु
बुटवलको चौराहामा आइतबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले ठक्करबाट मृत्यु हुनेमा स्कुटी चालक बुटवलको कालिकानगर बस्ने ७२ वर्षीय धनवहादुर पुन रहेको जनाएको छ ।
हत्या गरेको आरोपमा दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय प्युठानले ६९ वर्षीय एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । गौमुखी गाउँपालिका वडा ५ खुङका ६९ वर्षीय चिन्तामणी उपाध्यायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको हो ।
समय अनुकुल शिक्षा नीतिमा सुधार आवश्यक : मन्त्री तिमिल्सिना
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समय अनुकुल शिक्षा नीतिमा सुधार गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ ।
हत्या आरोपित ठकुरी सात महिनापछि पक्राउ
नेपालगन्ज ११ का ३८ वर्षीय इरसाद राईको हत्या आरोपमा प्रहरीको खोजी सूचीमा रहनुभएका जाजरकोटका जगतसिंह ठकुरीलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ।
रूपन्देहीका ५९ हजार किशोरी एचपिभी खोप अभियानमा जोडिँदै
रूपन्देहीका करिब ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
मोटरसाइकल ठोकिँदा एकको मृत्यु
नेपालगन्ज उपमहानगरपालिका –११ स्थित सडकमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
थारू गाउँले मेला अवलोकनबाट दैनिक दुई लाखभन्दा बढी कारोबार
नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सवभित्र बनाइएको थारू गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ ।
भेरी अस्पतालमा बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालमा बिग्रिएर थन्किएका उपकरणहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गर्ने भएको छ ।
राप्तीमा भेटियो घडियाल गोही
देउखुरी क्षेत्र भएर बग्ने राप्ती नदीमा घडियाल गोही भेटिएको छ । सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजातिका रूपमा मानिएको घडियाल गोही लमही नगरपालिका वडा नम्बर ४ भएर बग्ने राप्ती नदी सिमसार क्षेत्रमा चरा गणनाका क्रममा भेटिएको हो ।
माटोका भाँडा बनाउन नयाँ प्रविधि
नेपालगन्ज उपमहानगरपालिका–१६, जैसपुरका जावेद अहमदले माटाका भाँडा बनाउने परम्परागत पेसामा नयाँ प्रविधिको प्रयोग गरेर उदाहरणीय सफलता हासिल गर्नुभएको छ ।
प्रेस चौतारी दाङ अध्यक्षमा ढकाल निर्वाचित
प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा भएको प्रेस चौतारी दाङ शाखाको १० औँ अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै
लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिनुभयो ।
ट्याक्टर दुर्घटनामा सहचाललको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनीको बिसौनास्थित कच्ची सडकमा लु ३ त ५११२ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सहचालक ५५ वर्षीय देवबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो ।
जोगाइँदै सीमसार, बचाइँदै मुहान
उसो त दाङ उपत्यका भन्नावित्तिकै मरुभूमीकरण क्षेत्रजस्तै ठानिन्छ । उपत्यकाभित्र ससाना ठाँडा खोलाबाहेक ठुला नदी छैनन् । महाभारत पर्वत हुँदै बग्ने स–साना खहरे वर्षायाममा बढेपनि हिउँद लागेसँगै खोलामा कमिलाका ताती हिँड्छन् ।