यसरी समाधान गर्न सकिन्छ मोही किसानको समस्या
स्वर्गद्वारी गुठीको जग्गामा बसोवास एवम् उपभोग गरिरहेका गुठीपीडित किसानले आश्रमको जग्गा आफ्नो नाममा रैकर गरिनुपर्ने र मोहियानी हक कायम गर्नुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् ।
प्रशासन कार्यालयको टोलीद्वारा अस्पतालको अनुगमन
यस क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पतालमध्ये एक नेपालगन्जस्थित भेरी अस्पतालमा जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलीले अनुगमन गरेको छ ।
बिमाबाट मजदुरका परिवारले पाए सहयोग
नेपालगन्ज उपमहानगरपालिका –१ मा सुरु गरिएको मजदुर लक्षित बिमा कार्यक्रममा सहभागी भई बिमा गराएका व्यक्तिको निधन भएपछि आश्रित परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ ।
मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै
कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यहाँ लोक संस्कृति संरक्षण गर्न थालिएको छ । कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर महोत्सव तथा व्यापार मेलाको आयोजना गरी लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिएको हो ।
‘एचपिभी खोप अभियानलाई लक्षित समूहसम्म पुर्याउनुपर्छ’
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई लक्षित समूहसम्म पुर्याउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ।
प्युठानको पाङबाङ गाउँ
दाङ, माघ २४ गते । प्युठान माण्डवी गाउँपालिका २ स्थित मौरीछेडाबाट देखिएको सरुमारानी गाउँपालिका ६ को पाङबाङ गाउँ । दाङसँग सिमाना जोडिएको पाङबाङ गाउँमा जनजाति र दलित समुदायको बाहुल्य छ। तस्बिरः रासस
ग्रामीण सडक कालोपत्रे गरिँदै
रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित जितखोला–सीमा–झुम्लावाङ ग्रामीण सडक कालोपत्रेको काम सुरु गरिएको छ ।
निर्माण हुने भयो फोहोर प्रशोधन केन्द्र
सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति दिने निर्णय गरेसँगै फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने भएको छ ।
वनमै सड्न थाले काठ
दाङमा कटान गरिएको काठ समयमै नउठ्दा करिब एक लाख क्युफिट काठ वनमै थन्किएको छ । जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा कटान गरिएको काठ लामो समयदेखि ननिकाल्दा कतिपय वनमा काठ कुहिन थालेका छन् ।
चिडिमार समुदायका महिलाका लागि सञ्जाल
चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानका लागि नेपालगन्जमा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ ।
पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’
पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५÷१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताउनुभयो ।
नमस्तेलाई उपाधि
चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा भएको खुला लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटेल पाल्पाले जित्न सफल भएको छ ।
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिका –२, का ३१ वर्षीय सुनिल गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घोराही–८ का वडा अध्यक्ष शाह निष्काशित
नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका –८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्काशित गरेको छ ।
एमाले दाङको आमसभा तयारी तिव्र, ५० हजारको सहभागिता रहने
नेकपा (एमाले) ले दाङमा आमसभाको तयारी गरेको छ । फागुन ५ गते हुने आमसभामा ५० हजार बढीको सहभागिता गराउने एमाले दाङका पदाधिकारीहरुको भनाइ छ ।
दाङको एक्ली महिला बरघर सीता चौधरी
लमही नगरपालिका –८ का सीता चौधरी दुई वर्ष अघिसम्म घरभित्रकै काममा सीमित हुनुहुन्थ्यो । कुनै संघ संस्थामा नभएकाले उहाँ घरको खेतिपाती स्याहार्ने र घरको काममा सीमित हुनुपरेकाले उहाँ बाहिरको काममा खासै ध्यान दिन सक्नुहुन्थेन ।
घोराहीमा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप हुने
दाङको घोराहीमा ‘चौथो अल्फा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८१ हुने भएको छ ।
बोलेरो जिप दुर्घटनामा दुई जना घाइते
पाल्पामा बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
नेपालगन्जमा सामूहिक बेल विवाह
नेवार समुदायको संस्कारअनुसार नेपालगन्जमा विधिवत् रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) सम्पन्न भएको छ ।
कृषिको उत्पादन बढाउन सहज बजारीकरण जरुरीः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उत्पादन बढाउन सहज बजारीकरण र मूल्य सुनिश्चितता जरुरी रहेको बताउनुभएको छ । यि दुवै काम गर्न स्थानीय स्तरमा खरिद तथा बिक्री कक्ष स्थापना गरेर सञ्चालन गर्न अनिवार्य भएको बताउनुभएको हो ।
बाँकेका पाँच हजार किशोरीलाई लगाइयो एचपिभी खोप
बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
गुल्मी–अर्घाखाँची सडक बन्द हुने
गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड करिब एक महिना पूर्ण रूपमा बन्द रहने भएको छ ।
प्रेस सेन्टर गुल्मीमा पोखरेल सर्वसम्मत
प्रेस सेन्टर नेपाल, गुल्मीमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न प्रेस सेन्टर नेपाल, गुल्मी शाखाको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।