• २३ माघ २०८१, बुधबार

घोराही–८ का वडा अध्यक्ष शाह निष्काशित

blog

नेकपा (एमाले) दाङले कारवाही गरेका घोराही उपमहानगरपालिका –८ का वडा अध्यक्षमा जितेन्द्र शाह ।

लीलाधर वली

घोराही, माघ २३ गते । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका –८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्काशित गरेको छ । 

नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बुधवार घोराहीमा बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टी विरोधी गतिविधि गरेकाले कारवाही गरेको नेकपा (एमाले) दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो ।  

२०७९ को स्थानीय तह निर्वाचनमा शाह घोराही उपमहानगरपालिका वडा –८ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टीको हित विपरित गतिविधि गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी वडा अध्यक्ष शाहलाई कारवाही गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख बस्यालले जानकारी दिनुभयो । 

पार्टीसँग असन्तुष्ट वडा अध्यक्ष शाहले सामाजिक सञ्जाल फेसबुकमा पार्टी तथा नेताहरुका विरुद्धमा लेख्दैआएको आरोप लागेको प्रचार–प्रसार विभाग प्रमुख बस्यालले जानकारी दिनुभयो ।