पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु
पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ ।
गाउँको विकास गर्नेलाई भोट
गुल्मीको मुसीकोट नगरपालिका–१ मा वडाध्यक्षको उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ ।
चार लेन सडकका लागि बजेट विनियोजन
दाङको घोराही–तुलसीपुर चार लेन सडक सरकार आफैँले निर्माण गर्ने भएको छ । सरकारले घोराही–तुलसीपुर सडकखण्डलाई चार लेनमा विस्तार गर्नका लागि भारतीय निर्माण कम्पनीलाई २०७५ मा जिम्मा दिएको थियो ।
नेपालगन्ज रङ्गशालामा अब खेलाडीले खेल्न पाउने
नेपालगन्जमा अब खेलाडीले खेल्न र प्रशिक्षण गर्न पाउने भएका छन् । भौतिक पूर्वाधार निर्माणको बहनामा राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले करिब ६ वर्ष देखि नेपालगन्जमा रङ्गशालामा खेलाडीहरूलाई प्रशिक्षणमा रोक लगाएको थियो । राखेपले सचिवस्तरीय निर्णय गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
‘टुर दि बाँके नेशनल पार्क’को तयारी पूरा
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गर्न लागएको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा कार्यक्रमको तयारी पूरा भएको छ ।
प्युठानकै लामो पुलको शिलान्यास
प्युठान गौमुखी गाउँपालिकाको अर्खा र रजवारा गाउँलाई जोड्ने जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुलको शिलान्यास भएको छ ।
शुद्धोधन १ उपनिर्वाचन : दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को उपनिर्वाचनमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादन प्राथमिकतामा
बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेलामा कृषि पेभिलियनतर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिने भएको छ ।
भारतबाट नेपाल छिरेको पाटेबाघको निगरानी
केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको जीपीएस र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।
घोराहीमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता सुरु
घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल सङ्घ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१८ सालघारीस्थीत कोर्डमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको हो ।
मादक पदार्थ बिक्री वितरणमा रोक
जिल्ला प्रशासन कार्यालय गुल्मीले मादक पदार्थ वितरण तथा सेवन गर्न रोक लगाएको छ ।
बुटवल औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै
बुटवलमा हुन गइरहेको औद्योगिक व्यापार मेलाको प्रचारप्रसार टिकटकका माध्यमबाट पनि गरिने भएको छ । सामाजिक सञ्जाल टिकटकको बढ्दो प्रभावलाई मध्यनजर गर्दै बुटवल मेलाको प्रचार प्रसार गर्न टिकटक प्रतियोगिता हुने भएको हो ।
प्रयोगविहीन थ्रिडी पार्क
राज्यले लाखौँ रुपियाँ खर्चेर बनाएका सरकारी सम्पत्तिको संरक्षण हुन सकेको छैन् । सदरमुकाम तम्घासको मुटुमै रहेको थ्रिडि पार्क वषौँदेखि प्रयोगविहीन छ ।
खजुरा गाउँपालिकामा २६८ जनामा मोतियाबिन्दुको समस्या
बाँकेको ग्रामीण क्षेत्रमा आँखामा मोतियाबिदु भएका बिरामीहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएका निःशुल्क आँखा जाँच शिविरमा आँखा परीक्षणका लागि आउनेमध्ये धेरै जनामा मोतियाबिन्दु देखिएको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले जनाएको छ ।
क्यान्सर अस्पताल खजुरामा नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवालाई नयाँ मेसिन सञ्चालनमा ल्याइएको छ ।
बालबालिकालाई न्यानो कपडा
जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ ।
नौबस्ता बाल सुधारगृहबाट भागेका १२ मध्ये नौ जना पक्राउ
बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधारगृहबाट बुधवार साँझ फरार भएका १२ जना मध्ये ९ जना बाल बिजाइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साग विक्री गर्न लगिँदै
भैरहवा, मङ्सिर १३ गते । भैरहवाको देवकोटाचोक सडकमा बिहीबार आफ्नै बारीमा उत्पादन गरेको सागसब्जी बेच्न हिंड्नुभएकी महिला । तस्बिरः रासस
मायादेवी मन्दिर
लुम्बिनी, मङ्सिर १३ गते । गौतम बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर । विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर दर्शन गर्न विश्वरभरका धर्मावलम्बनीहरू आउने गर्दछन् । तस्बिरः रासस
प्रस्तावित लोकमार्गको अवलोकन
रुपन्देही र कपिलवस्तुका जनप्रतिनिधिले प्रस्तावित लुम्बिनी प्रदेशस्तरीय लोकमार्गको स्थलगत अवलोकन गरेका छन् ।
काकाकुल कोटवस्ती, गाडीले बोकेकै पानीको भर
कालीगण्डकी गाउँपालिका - १ र २ को कोटवस्तीका स्थानीयहरूले वषौँदेखी खानेपानीको समस्या झेल्दै आएका छन् । उनीहरूले हिउँदको समयमा गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् ।
महिला कालिगडलाई भूकम्प प्रतिरोधी घर बनाउने सीप प्रदान
भूकम्प प्रभावित क्षेत्रका महिला कालिगडहरूलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि क्षमता अभिवृद्धि गरिएको छ । रुकुम पश्चिमको मुसिकोटमा जाजरकोट र रुकुम पश्चिमका २६ जना कालिगडहरूलाई सात दिने क्षमता अभिवृद्धि तालिम दिएर सीप सिकाइएको हो ।
छ वर्षदेखि बनेन सामान जाँच्ने मेसिन
नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ गत ६ वर्षदेखि बिग्रिएर थन्किए पनि हालसम्म मर्मतसम्भार नहुँदा मालसामान चेकजाँचमा समस्या भइरहेको छ ।