• २० माघ २०८१, आइतबार

हत्या आरोपित ठकुरी सात महिनापछि पक्राउ

blog

खुकुरी प्रहार गरेको आरोपमा पक्राउ जगतसिंह ठकुरी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ २० गते। नेपालगन्ज ११ का ३८ वर्षीय इरसाद राईको हत्या आरोपमा प्रहरीको खोजी सूचीमा रहनुभएका  जाजरकोटका जगतसिंह ठकुरीलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयूशप्रसाद जोशीका अनुसार जाजरकोट कुशे गाउँपालिका ८ का जगतसिंह ठकुरीलाई नेपालगन्जबाट पक्राउ गरिएको हो। असार २८ गते नेपालगन्ज–११ सदरलाइनमा ठेलामा व्यापार गरेर गुजारा गर्दै आएका ३८ वर्षीय इरसाद राईको खुकुरी प्रहारमा हत्या भएको थियो। 

प्रहरीका अनुसार स्कुटरमा आएका ठकुरीले सामान्य विवादमै खुकुरी प्रहार गरेर राईको हत्या गरेर फरार भएका थिए। प्रहरीले नेपालगन्ज ४ को बसपार्कमा रहेको एक गेस्ट हाउसबाट ठकुरीलाई पक्राउ गरेको हो। 

राईका हत्यारालाई पक्राउ गर्न माग गर्दै उहाँका परिवार र टोलवासीले मिलेर दुई पटक आन्दोलन समेत गरेका थिए।