छविलाल पाण्डे
बुटवल, माघ २० गते । बुटवलको चौराहामा आइतबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले ठक्करबाट मृत्यु हुनेमा स्कुटी चालक बुटवलको कालिकानगर बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको जनाएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । गुल्मी स्थायी घर भइ बुटवल बस्ने पुन दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उहाँको अस्पतालमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।