बाँकेमा मेयर कप फुटबल प्रतियोगिताको तयारी
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ ।
'सरकारले पारदर्शिताका लागि पहल गर्ने'
लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ ।
ओझेलमा सिद्धे चमेरे गुफा
तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
बर्दियामा पानी चराको सङ्ख्या बढ्दाे
बर्दिया जिल्लाका विभिन्न तालतलैया र नदीहरूमा जाडोको समयमा बसाइ सरी आउने र रैथाने पानी चराहरुको सङ्ख्या वृद्धि भएको छ ।
लुम्बिनी प्रदेशमा १६ प्रतिशत विकास बजेट खर्च
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-०८२ को छ महिनामा विकास बजेट १६ प्रतिशत खर्च गरेको छ ।
वैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद
बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा वैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ ।
रेसुङ्गा विमानस्थलबाट उडान ठप्प
विगत एक महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन ।
चराको वासस्थान लोप हुँदै
राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सभाको बैठक आज
लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्ने भएको छ । पाँचौँ अधिवेशनको तेस्रो बैठक आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
सीमा अपराध रोक्ने प्रतिबद्धता
पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ ।
अल्लोबाट कपडा बुन्दै महिला
गुल्मी, माघ ६ गते । गुल्मीको सत्यवती गाउॅपालिका ८ भार्सेमा अल्लोको धागोबाट९लेकाली सिस्नो०कपडा बुन्दै महिला। पछिल्लो समय भार्सेका महिलाहरू अल्लोको कपडाबाट गाउँमा राम्रो आम्दानी गर्न थालेका छन । तस्बिरः रासस
बाक्लो हुस्सु
दाङ, माघ ६ गते । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बजार क्षेत्रमा आइतबार बिहान लागेको बाक्लो हुस्सु । तस्बिरः रासस
सेरिङ्गे नृत्य प्रस्तुत
दाङ, माघ ६ गते । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा नेपाल मगर सङ्घ घोराहीको आयोजनामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८१ को उद्घाटन सत्रमा हिजो शनिबार सेरिङ्गे नृत्य प्रस्तुत गर्दै घोराहीका स्थानीय मगर कलाकार । पश्चिम नेपालमा विशेष उत्साहका साथ बासुरी र मादलको तालमा नाचिने सेरिङ्गे नाचलाई मयूर नाच पनि भनिन्छ । तस्बिरः रासस
म्युजिक भिडियो ‘मेरो सुन्दर संसार’ सार्वजनिक
बाँके खजुरा निवासी युवाकवि, लेखक र गीतकार मणिदेव अर्याल (मणिरत्न) को गीतको संगालो ‘मेरो सुन्दर संसार’ गायक नरेन्द्र प्यासीको स्वरको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी
दाङको घोराहीमा ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघेमेला–२०८१’ सुरु भएको छ । मगर समुदायको मौलिक कला संस्कृतिको संरक्षणसँगै भवन निर्माणका लागि स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको सो माघेमेला शनिवारदेखि सुरु भएको हो ।
नेपाल–भारत सुरक्षा बैठक सम्पन्न
नेपाल र भारतका सुरक्षा निकायबिच डिआइजीस्तरीय छैटौँ समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा अपराध नियन्त्रण, साम्प्रदायिक तत्वको रोकथाम, र आपसी सहयोगको विभिन्न विषयमा छलफल गरिएको थियो ।
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न जानुभएकी उहाँ घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाउनुभयो । “छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो”, उहाँले भन्नुभयो ।
एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने १३ लाख रुपियाँको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ।
गुल्मीमा अनलाइनबाट नागरिकता सिफारिस
गुल्मीमा अनलाइन प्रणालीबाट नागरिकता सिफारिस दिन थालिएको छ। नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकतामा एकरुपता ल्याउने उद्श्यले गृह मन्त्रालयको योजना अनुरुप यहाँका वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस थालिएको हो।
एक हप्तामा २११ जनाले बनाए राहदानी, ११ लाख राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हप्तामा २११ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा २११ जनाको राहदानीका लागि आवेदन सङ्कलन भएको बताउनुभयो ।
दाङमा खाद्यद्वारा साढे ५५ लाखको धान खरिद
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ५५ लाख मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले कात्तिक २१ गतेदेखि पुस मसान्तसम्म जिल्लामा किसानबाट ५५ लाख ६६ हजार चारसय ६४ रुपियाँ मूल्यको एक हजार ६ सय ३२ क्विन्टल १५ केजी धान खरिद गरेको हो ।
प्यूठानमा सवारी साधनको भाडादर निर्धारण
जिल्लाभित्रका रुटमा चल्ने सवारी साधनको भाडादर निर्धारण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा यातायात ब्यवसायी, यातायात कार्यालयका प्रतिनिधि तथा सरोकारवालाकाबिच भएको छलफलबाट जिल्लाको सबैखाले सडक खण्डमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर कायम गरिएको हो ।
लुम्बिनी कप महिला फुटबल : नेपाल र भारतका आठ टीम सहभागी हुने
महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
सुतैयाताल
बाँके, माघ ५ गते । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित सुतैयाताल । बाँकेको राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः रासस