हलगोरु पाल्ने किसानलाई सम्मान
यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
ढुङ्गाले पुरेको अवस्थामा शव फेला
गुल्मीमा बारीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला परेको छ ।
सूर्योदय र जलाशय
दाङ, माघ ८ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशय र मङ्गलबार देखिएको सूर्योदयको दृश्य । तस्बिरः रासस
माछा पोखरी
बाँके, माघ ८ गते । बाँकेको राप्तिसोनारी गाउँपालिका २ कचनापुरमा व्यावसायिक रूपमा माछा पाल्नका लागि बनाइएको पोखरी र आसपासका क्षेत्र । यहाँ व्यावसायिक माछा पालनका लागि ११ वटा पोखरी बनाइएको छ । तस्बिरः रासस
छतबाट खसेर एकको मृत्यु
घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवलपुर निवासी २७ वर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सिद्धार्थ राजमार्गको पहिरो रोकथाम सुरु
सिद्धार्थ राजमार्गको तिनाउ–५, हिउँदेखोला क्षेत्रको भासिएको सडक निर्माण सुरु गरिएको छ ।
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।
सोह्र गुणा बढ्यो चिनी आयात
भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो ।
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
पूरा हुँदै विनोदको ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ सपना
विनोदको क्रिकेट प्रतिको मोहले तिलोत्तमा नगरपालिकाको वडा नम्बर–१७ दरखसवामा निर्माण गरिएको ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ ले शिलान्यास गरिएको २० महिनामै अहिले अन्तर्राष्ट्रिय स्वरुप निर्धारण गरेको छ ।
राप्ती नदीमा गोही गणना सुरु
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ ।
भिजिबिलिटी नपुग्दा नेपालगन्ज विमानस्थल बिहानैबाट बन्द
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा सोमबार बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द रहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
सडक आश्रित मानवको पुनःस्थापना प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सडक आश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिने बताउनुभएको छ ।
हुलाकी सडकको काम छिट्टै पूरा हुन्छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन हुलाकी राजमार्गको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सरकार लागिपरेको बताउनुभएको छ ।
चिसो बढेपछि सिरक डस्नाको कारोबार बढ्यो
गत केही दिनयता चलेको शीतलहर र हुस्सुले गर्दा जाडोमा वृद्धि हुँदै गएपछि नेपालगन्जमा न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको बिक्रि ह्वात्तै बढेको छ ।
झाँक्रीस्थानमा चिच्याएर वर माग्ने परम्परा
प्युठानको झाँक्रीस्थान मन्दिरमा सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । प्युठानको मल्लरानी गाउँपालिका–४ स्थित झाँक्रीस्थान मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले सधैँ चिच्याएर वर माग्ने गर्दछन् ।
कोहलपुर बजार र भ्यूटावर
बाँके, माघ ७ गते । बाँकेको कोहलपुर नगरपालिका ११ गोलपार्कस्थित भ्यूटावर र आसपासको क्षेत्र । लिफ्टसहितको सुविधासम्पन्न यो भ्यूटावर दश तलाको छ । तस्बिरः रासस
जखेराताल
दाङ, माघ ७ गते । दाङ देउखुरीको लमही नगरपालिका–३ स्थित चुरे पहाडको काखमा अवस्थित करिब ७ बिघा क्षेत्रफलमा फैलिएको जखेराताल । तस्बिरः रासस
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो ।
साइबर र बैङ्किङ अपराध बढ्दै
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको छ ।
प्रभावकारी कार्य गर्न सरकारलाई निर्देशन
लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आइतबार सम्पन्न भएको छ ।
वृद्धाको हत्यामा संलग्न भएको आरोपमा महिला पक्राउ
वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिव्दीकोट गाउँपालिका–५, हर्केखर्क बस्ने ५४ वर्षीया निरा कुमारी लम्तरी रहेको प्रहरीले जनाएको छ ।
रवि लामिछानेसहित २२ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पठाइयो
रवि लामिछानेसहित २२ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पठाइएको छ । सो कुरा न्यायाधिवक्ता प्रेमराज पौडेल, रुपन्देहीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसिपुर उपमहानगरपालिका वडा १९ कार्यालयले वडाभित्रका चारवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।