संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह
बाह्र वर्षपछि बगेको खोलो फर्कन्छ भनेजस्तै संस्कृत विश्वविद्यालयमा बाह्रै वर्षपछि दीक्षान्त समारोह हुन थालेको छ ।
शिक्षकहरूद्वारा तानसेनमा प्रदर्शन
पाल्पा जिल्लाभरका शिक्षकहरूले तानसेनमा विभिन्न माग राखी प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समिति पाल्पाको आयोजनामा जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।
घुम्ती स्वास्थ्य शिविरबाट अपाङ्गता भएकाले सेवा लिए
कोहलपुर नगरपालिका र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र, बनेपा काठमाडौंको संयुक्त आयोजनामा कोहलपुरमा अपाङ्गता भएका बालबालिकाका लागि घुम्ती स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
तराईमा गर्मी : विद्यालय बिदा लम्बियो
नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम बढ्दै गएको छ । तातो हावा चल्ने क्रम नरोकिएपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।
किरण नालाको पुल निर्माणको काम तीव्र
करिब दुई वर्षदेखि अलपत्र परेको खजुरा गाउँपालिकाको परस्पुर–गौघाट सडकखण्ड अन्तर्गत किरण नालाको पुल निर्माणको काम तीव्र गतिमा सुरु भएको छ ।
ठाकुरबाबा मन्दिरमा महाआरती हुने
मुकुन्द सुवेदीबर्दिया, जेठ २६ गते । बर्दियाको ठाकुरबाबा मन्दिर परिसरमा महाआरती हुने भएको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको ठाकुरबाबा मन्दिरमा आजबाट हरेक शुक्रबार सन्ध्या महाआरती हुने भएको हो ।नाट्टा बाँके च्याप्टर, नेपालगञ्जको आयोजना, ठाकुरबाबा मन्दिर व्यवस्थापन तथा विकास समितिको सहकार्य र ठाकुरबाबा नगरपालिका प्रवर्द्धक रहने गरी महा आरती आजबाट सुरु हुन लागेको हो ।ठाकुरबाबा नगरपालिका पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रवर्द्धन विकास टेवा पुग्ने उद्देश्यका साथ नगरपालिकाले महाआरती सुरुवात गर्न लागेको ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । धार्मिक उद्देश्यले मात्र नभई पर्यटकीय हिसाबले पनि यो महाआरती महत्त्वपूर्ण हुने नगर प्रमुख लम्सालको भनाइ छ पश्चिम क्षेत्रकै महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको ठाकुरबाबा मन्दिरमा महाआरती हुँदा पर्यटकीय गतिविधि बढ्ने भन्दै निकुञ्ज क्षेत्रका स्थानीयहरू खुसी छन्। स्थानीय होटल सञ्चालक रामजी थापाले महाआरतीले आफूहरूको पर्यटन व्यवसायमा थप सघाउ पुग्ने बताउनुभयो । हरेक शुक्रबार बेलुका सन्ध्या महाआरती हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहभागिताका लागि नगरप्रमुख लम्सालले अनुरोध गर्नुभयो ।
भारतबाट तरकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी
दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतीपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्नुहुन्छ । उहाँलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उहाँमा उत्साह छैन ।
भेरी अस्पताल यस वर्षपनि उत्कृष्ट
दैनिक सयौँ बिरामीहरूलाई उपचार सेवा पुर्याउँदै आएको भेरी अस्पताल नेपालगञ्जले न्यूनतम सेवा मापदण्डमा लगातार तेस्रो वर्ष उत्कृष्ट नम्बर ल्याउन सफल भएको छ ।
नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण
नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ ।
सिमसार क्षेत्र संरक्षण गर्न पोखरी सरसफाइ
सिमसार क्षेत्रको संरक्षण गर्ने भन्दै रुपन्देहीको सैनामैना नगरपालिकाले नगरभित्र रहेका पुराना पोखरी सफाइ अभियान सुरु गरेको छ। पोखरी र तालतलैयाको सरसफाइ र संरक्षण गरेर सैनामैनालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अनुसार सिमसार क्षेत्र संरक्षणको पहल सुरु गरिएको हो।
प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।
एक सय बढीका सामानमा अनिवार्य भन्सार
उद्योगी व्यवसायीको व्यापक दबाबपछि सीमापारी बजार गर्न जाने उपभोक्ताका लागि भन्सार नाकामा कडाइ गर्न थालिएको छ ।
पेसागत स्थायित्वको माग गर्दै धर्ना
गुल्मीमा सरकारी विद्यालयमा कार्यरत कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयमा कार्यरत लेखा शाखा र विद्यालय सहयोगीको रूपमा कार्यरत कर्मचारीको सेवा, सुविधासहित पेसागत स्थायित्वको माग गर्दै धर्ना दिएका हुन् ।
बुटवलको पर्यटन बजार विस्तारमा केबलकार कोसेढुंगा बन्ने विश्वास
आज विधिवत् उद्घाटन भएको लुम्बिनी केबलकार सञ्चालनले बुटवलको पर्यटन विकासमा कोसेढुंगा साबित हुने विश्वास यहाँका पर्यटन तथा अन्य व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।
सिकलसेलका बिरामी पत्ता लगाउने अभियान तीव्र
पश्चिम नेपालका विशेषगरी थारु समुदायमा जन स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियानलाई बाँकेमा तीव्र पारिएको छ ।
हाम्रो विकास ‘मोडेल’बारे पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबुलकारको उद्घाटन (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ ।
ढल्यो सरकारलाई खबरदारी गर्ने स्थल
सरकारलाई खबरदारी गर्ने तम्घासको लाँकुरी मञ्चको नाममा प्रचलित स्थानमा रहेको लाँकुरी ढलेको करिब पाँच वर्ष भयो । त्यो समयमा गुल्मेली जनताले सरकारलाई खबरदारी गर्नका लागि सो मञ्चलाई प्रयोग गर्थे र नजिकै रहेको जिल्ला अदालत, जिल्ला प्रशासन ,जिल्ला समन्वय र सरकारी कार्यालयहरूले सहजै सुन्थे ।
सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल
रुपन्देहीको ग्रामीण क्षेत्रका संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ। सामुदायिक विद्यालयले पढाइलाई नतिजामुखी बनाउन थालेपछि संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढ्दै गएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका–३ मा रहेको हरैया माध्यमिक विद्यालय विद्यार्थीको रोजाइमा पर्न थालेको छ। लुम्बिनी नजिकै पर्सा लौन्डियाका निष्मा यादव कक्षा ८ सम्म बोर्डिङ पढेर यो शैक्षिक सत्रदेखि कक्षा ९ मा हरैया माध्यमिक विद्यालयमा भर्ना हुनुभएको छ।
गुल्मी अस्पतालमा करोडौँको स्वास्थ्य उपकरण स्टोरमै
गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन ।
नेपालगन्जमा सुक्खा बन्दरगाह सञ्चालनपछि व्यवसायी उत्साहित
बाँकेलगायत पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगन्ज सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् । लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई यहाँस्थित सीमानाकाको रुपैडिहा र नेपालगन्जमा संयुक्त रूपमा सञ्चालनमा आएको सुक्खा बन्दरगाहले आर्थिक विकासमा ठुलो सहयोग पुग्ने उद्योगी व्यवसायीको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी अब्दुल वाहिद मन्सुरीले सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपालका उद्योगी व्यवसायीको वर्षौंदेखिको सपना पूरा भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउनुहुँदै
बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेको केबलकार सञ्चालकले जानकारी दिएका छन् ।
बुटवलमा अखाद्य मासु बिक्री गरेको आशङ्कामा अनुगमन
भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरले मासु पसलहरू र सप्लायर्सहरुमा अनुगमन थालेको छ ।
पूर्व राज्यमन्त्री चौधरीको निधन
संविधान सभा सदस्य एवम् पूर्व राज्यमन्त्री महेश चौधरीको आज दिउँसो निधन भएको छ । दंगीशरण गाउँपालिका –४ वैवाङ निवासी चौधरीको ७० वर्षको उमेरमा उपचारका क्रममा आज निधन भएको हो ।