अत्यधिक गर्मीले झाडा पखाला, ज्वरो र छालाका बिरामी बढे
देशकै सबैभन्दा बढी गर्मी हुने नेपालगञ्जको जनजीवन अत्यधिक गर्मीले प्रभावित भएको छ । नेपालगञ्जको राँझास्थित जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयका अनुसार केही दिन यता यहाँको तापक्रम बढ्दै गएको छ ।
कपिलवस्तुको औलो नियन्त्रणमा सफलता
कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ ।
मानवबेचबिखन रोक्न नाकामा थप कडाइ
यहाँस्थित नेपाल भारत जमुनाहा नाकाबाट मानव बेचबिखन बढ्दै गएको पाइएकाले सो नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच अझै बढी सहकार्य र समन्वयमा जोड दिइएको छ ।
अवैध भित्रिएका भारतीय गुणस्तरहीन खाने तेल बजारमा छ्यापछ्याप्ती
बाँकेको सहरी तथा ग्रामीण क्षेत्रका बजारमा भारतबाट अवैध रूपमा भित्रिएका खाने तेल बिक्रीका लागि खुला रूपमा राख्ने गरिएको पाइएको छ ।
बजेट कम आएपछि स्थानीय तहको अनुदान कटौती गर्दै लुम्बिनी प्रदेश सरकार
सङ्घीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई गत बर्सभन्दा झन्डै चार अर्ब रकम कम छुट्टाएपछि प्रदेश सरकारले पनि स्थानीय तहलाई अनुदान दिने बजेटमा कटौती गर्ने तयारी गरेको छ ।
अवधि सकियो, बनेन पुल
सम्झौता अनुसार काम भएको भए तीन महिनाअघि नै रुकुम पश्चिम रुकुमपूर्वलाई जोड्ने एक महत्वपूर्ण पुल बनिसक्थ्यो। दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको सडक अन्तर्गतको सिस्ने गाउँपालिका–७ स्थित नाथिगाड खोलामा पक्की पुल निर्माण अवधि समाप्त भएर पनि पुल बन्न सकेको छैन। निर्माणको जिम्मा लिएको धुलिखेल–सिस्ने हिमाल जेभीको लापरबाहीले रुकुम पश्चिम–रुकुमपूर्वलाई जोड्ने सिस्ने–७ स्थित नाथिगाड खोलामा गत फागुन महिनाभित्र बनिसक्नुपर्ने पुल अझै निर्माण भएको छैन।
गुल्मी स्थानीय तहलाई चार अर्ब ५३ करोड बजेट
सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि गुल्मीका १२ स्थानीय तहलाई चार अर्ब ५३ करोडभन्दा बढी रकम विनियोजन गरेको छ ।
नेपालगञ्ज एकीकृत जाँचचौकी सञ्चालनमा आयो
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित नेपाल भारत नाकामा निर्माण गरिएको बहुप्रतिक्षित एकीकृत जाँचचौकी (आइसीपी) को संयुक्त रूपमा बिहीबार उद्घाटन गर्नुभएको छ ।
बिरामीलाई निःशुल्क दुध वितरण
नेपालमा हरेक वर्ष अङ्ग्रेजी महिना जुन १ लाई विश्व दुध दिवस रूपमा मनाउने गरिन्छ ।
गर्मी बढेपछि खजुराका विद्यालय बन्द
बाँकेमा अत्यधिक गर्मी बढेपछि खजुरा गाउँपालिका भित्रका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ । बाँकेमा केही दिनयता तातो हावा लु चलेर अत्यधिक गर्मी बढ्दै गएपछि खजुरा गाउँपालिकाले सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
शिवराजमा थारु सांस्कृतिक सङ्ग्रहालय
कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय निर्माणको काममा तीव्र गतिमा अगाडी बढेको छ ।
गल्ने र नगल्ने फोहोर राख्न 'वेष्टविन'
दाङको घोराहीमा गल्ने र नगल्ने फोहोर वर्गीकरण घरबाटै गर्ने अभियानको सुरुवात भएको छ । अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ को गोरखा टोल विकास संस्थाका ६० घरधुरीलाई गल्ने फोहोर राख्नका लागि वेष्टविन प्रदान गरिएको हो ।
गोदाममा आगलागी हुँदा लाखौँको क्षति
दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।
कोलीय गणराज्यको दरबार क्षेत्रको उत्खनन्
बुद्ध मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन् सुरु भएको छ । बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो ।
किशोरले गरे प्रेमिका र काकाको हत्या
कपिलवस्तुको बाणगंगा नगरपालिका –६ मटरियामा प्रेमिकासँग खटपट परेपछि एक युवाले आफ्नै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन् ।
नदी कटान नियन्त्रण गर्न माग
लुम्बिनी प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नदी कटान नियन्त्रणलाई प्राथमिकता दिन माग गरिएको छ ।
स्वास्थ्य बीमाको पहुँच
अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको छ । पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् ।
बुद्धको मावली देवदहमा उत्खनन सुरु
बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन सुरु भएको छ। बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो।
गाउँमै चोयाचित्रो उद्योग स्थापना
झिमरुक गाउँपालिका–५ की शर्मिला थापाको दैनिकी अहिले फेरिएको छ । घरायसी काम र खेतबारीका काममा व्यस्त हुने शर्मिला अहिले भने गाउँमै चोयाचित्रोको सिप सिक्न व्यस्त हुनुहुन्छ । बिहान खाना खाएपछि उहाँ गाउँको सामुदायिक भवनमा पुगेर बाँसका सामग्री बनाउन थाल्नु हुन्छ ।
रोड्स चितवन विजयी
पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ अन्तर्गत बुधबारको खेलमा सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रोड्स चितवन विजयी भएको छ ।
छिमेकी चरा गणना सुरु, मोबाइल एपमार्फत गणना गरिने
मानव बस्ती आसपास आउने चराको गणना सुरु भएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा जेठ १८ गतेदेखि छिमेकी चरा गणना हुने भएको हो ।
स्थानीय तहका आधुनिक भवन बन्दै
बाँकेको डुडुवा गाउँपालिकाले १३ करोड २६ लाखको लागतमा वडा नम्बर ३ को बनकट्टीमा नयाँ आधुनिक भवन निर्माण गरेको छ ।
जङ्गली पशुपन्छीलाई पानी, किसानलाई सिँचाइ
जङ्गलबीचमा पोखरी बनाइएपछि जङ्गली जीव जनावरलाई पानी र किसानलाई सिँचाइको सुविधा भएको छ । डिभिजन वन कार्यालय दाङ र दाङ उपत्यका वृहत् सिँचाइ आयोजनाले उपत्यकाभित्रका चार वटा पालिकाकामा जलाशय र पोखरी बनाउँदै आएको छ ।
वर्षौँपछि हात लाग्यो पुर्जा
रसिदका भरमा दुःखले किनेको घरघडेरीको प्रमाण पुर्जा नपाउँदा ढालबहादुर मल्ललाई निकै पिरोल्थ्यो । हातमा जग्गाधनी प्रमाण पुर्जा नहुँदा किनबेच, बैङ्कबाट ऋण झिक्न नपाउँदा उहाँका धेरै योजना र इच्छा विलीन हुन पुगे ।